Live on
Your Voice, Your Power
काठमाडौँ- सुकुम्बासी बस्ती हटाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध परेको रिटमा पाटन उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नारायणप्रसाद पौडेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । काठमाडौँ महानगरले यसअघि सूचना जारी गर्दै नदी किक्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन आह्वान गरेको थियो ।