राजनीति « Khabarhub

बिन्दाबासिनी कंशाकार महिला तथा सामाजिक समितिको सदस्यमा मनोनीत

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद बिन्दाबासिनी कंशाकार संसदीय समितिको सदस्यमा मनोनीत भएकी छन्। आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सांसद कंशाकारको नाम संसदबाट स्वीकृत गराएका हुन्। प्रतिनिधिसभा नियमावली २०७९ को नियमावली १७७ बमोजिम उनलाई महिला तथा सामाजिक समितिको सदस्यमा मनोनीत गरिएको हो। रास्वपाले निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा कंशाकारलाई पठाएको थियो।…