Live on
Your Voice, Your Power
लण्डन- इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति एभर्टनसँग २-२ को बराबरीमा सकिएको खेलमा मैदानमै रातो कार्ड खाएका लिभरपुलका प्रशिक्षक आर्न स्लटलाई दुई खेलको प्रतिबन्ध लागेको छ । एभर्टनले खेलको अतिरिक्त समयको सातौँ मिनेटमा बराबरी गोल गरेपछि मैदानमा तनाव भएको थियो । चारवटा रातो कार्ड प्रयोग भएको उक्त खेलमा लिभरपुलका प्रशिक्षक स्लटले मैदानमै प्रशिक्षकसँग सवाल-जवाफ गरेका थिए ।…