Live on
Your Voice, Your Power
काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा नेपालले शनिबार उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। खेलका लागि नेपालले आफ्नो सुरुवाती ११ खेलाडीको घोषणा गरिसकेको छ। श्रीलंकाविरुद्धको अघिल्लो खेलमा मैदान उत्रिएको टोलीमा एक मात्र परिवर्तन गरिएको छ। प्रीति राईको स्थानमा मिडफिल्डर पूजा रानालाई अवसर दिइएको छ । नेपालको गोलपोस्टको जिम्मेवारी अन्जना रानामगरले सम्हाल्नेछिन्।…