स्टोरी « Khabarhub

सविन महर्जनलाई कसले पुर्‍यायो बल्खुबाट तीनकुने ?

काठमाडौं - चैत १५ गते शुक्रबार तीनकुनेमा भएको पूर्वराजावादीको प्रदर्शनका क्रममा कीर्तिपुरका नगरपालिका–४ गाम्चाका २९ वर्षीय सविन महर्जनको मृत्यु भयो । तीनकुनेबाट कोटेश्वर चोकतर्फको उकालोमा तनाव बढ्दा प्रहरीले गोली चलाएको थियो । पोस्टमार्टम प्रतिवेदनबाट पनि महर्जनको शरीरमा एक गोली लागेको पुष्टि भएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार; गोली सविनको कोख हुँदै ढाडबाट निस्केको थियो ।…