Live on
Your Voice, Your Power
काठमाडौं- परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेशसचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता गरेका छन् । त्यस भेटवार्ताका क्रममा नेपाल-भारत सम्बन्धका विविध आयामहरूको चर्चा गर्दै आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयहरूमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटका क्रममा मन्त्री डा राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैँ उच्च महत्त्व दिँदै आएको बताइन् ।…