स्टोरी « Khabarhub

बसुन्धरा–कोटेश्वर खण्डमा चक्रपथ साँघुरो पार्ने पाँच विवाद

काठमाडौं– सङ्घीय राजधानी काठमाडौँको भित्री चक्रपथको कुल लम्बाइ २६.८ किलोमिटर छ । सुरुमा दुई लेन चौडाइको यो चक्रपथ आठ लेन फराकिलो बनाउन खोज्दा अनुदानदाता, सरकार र नागरिकले अनेक चक्कर खेपिरहेका छन्‌ । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा वि.सं. २०३३ माघदेखि थालिएको चक्रपथ निर्माण गर्न तत्कालीन समयमै करिब चार अर्ब ६६ करोड रुपैयाँ खर्च भएको थियो…