स्टोरी « Khabarhub

प्रचण्डको भवितव्य : बुझिनँ मैले, बुझाइदेऊ कसैले…

काठमाडौं– भनिन्छ, पराजित सेनापतिबारे बोल्दा संयमित हुनुपर्छ । हारका कारणहरुबारे विश्लेषण गर्दा पराजित सेनापतिको चित्त दुख्न सक्छ । तर, इतिहास निर्मम हुन्छ । इतिहासले पराजित सेनालाई निन्दा गर्छ, गिज्याउँछ । इतिहास जित्नेहरुको शास्त्र हो, जहाँ पराजित सेनापतिले सहानुभूतिको अपेक्षा गर्नु मूर्खता शिवाय केही होइन । अहिले माओवादी अध्यक्ष प्रचण्डको अवस्था पराजित सेनापतिको जस्तै बनेको छ…