Live on
Your Voice, Your Power
अछाम- अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अछामको ढकारी गाउँपालिका-७ सेरा बस्ने २० वर्षीय भरत बुढाको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको हो । सोही ठाउँस्थित जंगलमा गाई गोरु चराई जंगलबाट घरतर्फ फर्कने क्रममा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।