Live on
Your Voice, Your Power
काठमाडौं- मुस्ताङका पहिलो कोरोना संक्रमित पुरुष निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको हो । मुस्ताङका कोरोना संक्रमित ८३ वर्षीय पुरुष निको भएर मंगलबार घर फर्किएको स्वास्थ्य कार्यालय, मुस्ताङका प्रमुख टिकाराम भण्डारीले समेत जानकारी दिएका हुन् । फोटो- टिकाराम भण्डारी