राजनीति Archives | Page 87 of 1909 | Khabarhub Khabarhub

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौँ– मन्त्रिपरिषद बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको नियमित बैठक मंगलबार बस्ने गरेको भएपनि प्रधानमन्त्री दाहालले आजका लागि बैठक बोलाएका हुन् । बैठकमा नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामालगायतका विषयमा छलफल हुने बुझिएको छ ।