राजनीति Archives | Page 1909 of 1920 | Khabarhub Khabarhub

दिवंगत नेता अधिकारीको शव यात्रा शुरु

  काठमाडौं– शनिबार राति निधन भएका पूर्वउप्रधानमन्त्री तथा अर्थमन्त्री एवम् नेकपाका नेता भरतमोहन अधिकारीको शवयात्रा शुरु भएको छ । धुम्बाराहीस्थित नेकपाको मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि अधिकारीको शव यात्रा शुरु भएको हो । अधिकारीको पार्थीव शरीरलाई धुम्बाराहीस्थित पार्टी कार्यालयबाट पशुपति आर्यघाट लगिएको छ । अधिकारीको आइतवारै अन्त्येष्टि गरिने छ ।