Live on
Your Voice, Your Power
मकवानपुर– मकवानपुरको थाहा नगरपालिका १२ गैरीगाउँमा बिहीबार झगडा हुँदा कोदालोको बिँडले प्रहार गरेर ८९ वर्षीय वृद्धको ज्यान गएको छ । गैरीगाउँ बस्ने ३५ वर्षीय टाइसन गोले र सोही स्थानका ८९ वर्षीय आइतसिंह स्याङ्तानबीच आपसमा भनाभनको क्रममा झगडा भएको प्रहरीले जनाएको छ । झगडाको क्रममा टाइसन गोलेले कोदालोको बिँडले आइतसिंह स्याङ्तानको टाउकोमा हानी गम्भीर घाइते बनाएका…