Khabarhub

फुतफुते झरना लोभ्याउदै पर्यटक

म्याग्दी– गत हप्ता अन्नपूर्ण हिमालको आधार शिविरको पदयात्रामा गएका पूर्व मुख्य सचिव डा सोमलाल सुवेदी करिब एक घण्टा फुतफुते झरनामा बिताए। उनीसँगै आएका पर्यटनविद् रामहरि लामिछाने पनि अन्नपूर्ण गाउँपालिका–४ स्थित फुतफुते झरनाको सौन्दर्यमा रमाए । 'फुतफुते झरना अवलोकन गर्दा प्रकृतिको दाइने आँखाको मोति खसेझै महसुस भयो,' उनले भने 'अमेरिकाको नाग्रा फल्स भन्दा धेरै सुन्दर लाग्यो…