समाचार « Khabarhub

म्याग्दीको पहिरोमा बेपत्ता थप एकको शव फेला

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका-६, मराङमा तीन दिनअघिको पहिरोमा हराइरहेका थप एकजनाको शव भेटिएको छ। मराङको कुम्रीका खिमबहादुर जुग्जालीको शव भेटिएसँगै म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरोमा परिएर मृत्यु हुनेको संख्या २८ जना पुगेको प्रहरी नायव उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए। प्रहरीका अनुसार बेपत्ता भएका तीनजना जीवितै सम्पर्कमा आएका छन्। चारजना अझै बेपत्ता छन्।…