Live on
Your Voice, Your Power
काठमाडौँ- रसुवामा आयोजनास्थल रहेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजनाको भौतिक निर्माणको काम शुरु भएको छ । भूमिगत विद्युत्गृह जान प्रयोग हुने ‘भेन्टिलेसन टनेल’ को काम शुरु गरिएसँगै आयोजनाको निर्माण शुरु भएको हो । कूल २४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोर्न कामका लागि मङ्गलबार पहिलो विष्फोट गराइएको आयोजनाले जनाएको छ ।…