समाचार « Khabarhub

लकडाउनका कारण ‘ग्राउन्डेड’ हवाई कम्पनीलाई सहुलियत प्रदान गरिने

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत कोरोना महामारीका कारण उडान गर्न नसकेका हवाई कम्पनीहरुलाई सहुलियत दिने भएको छ। बजेटमार्फत सरकारले लकडाउनका कारण उडान हुन नसकी ग्राउन्डेड भएका नेपाली वायुसेवा कम्पनीहरुलाई छुट दिने घोषणा गरेको हो। यसका लागि सरकारले उक्त वायुसेवा कम्पनीहरुले भुक्तानी गर्नुपर्ने सेवा शुल्क, इन्धन, पार्किङ लगायतमा छुट दिने व्यवस्था बजेटमा मिलाइएको छ।