समाचार « Khabarhub

कोरोना प्रभावित वुहानबाट स्वदेश फर्कने तयारी (तस्वीरसहित)

काठमाडौं– चीनको हुबेई प्रान्तको वुहानमा रहेका नेपालीलाई आज उद्दार गरी स्वदेश ल्याइँदैछ । उनीहरुलाई नेपाल ल्याउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान चीनका लागि उडिसकेको छ । चीनस्थित नेपाली दूतावासले हुबेई प्रान्तमा रहेका नेपालीहरूलाई स्वदेश पठाउनका लागि राजधानी वुहानमा भेला गरिसकेको छ । हुबेई प्रान्तका विभिन्न शहरूबाट बस चढाएर उनीहरूलाई वुहानस्थित अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइएको थियो ।…