आज दिनभर आफ्नो अभिव्यक्तिबारे बबन्डर मच्चाउन खोजिएको प्रधानमन्त्री प्रचण्डको भनाइ, प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै संसद अवरुद्ध प्रधानमन्त्रीको जवाफ नभइ राजीनामा चाहिएको एमाले अध्यक्ष ओलीको भनाइ, प्रधानमन्त्री प्रचण्डले जनादेशको अपमान गरेर पदमा बसिरहने आधार पनि गुमाएको एमालेको निष्कर्षलगायतका समाचारले प्रमुख स्थान पाए ।
मेरो अभिव्यक्तिबारे बबन्डर मच्चाउन खोजियो, यसबाट केही पनि हुँदैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रीतम सिंहबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर बबन्डर मच्चाउन खोजिएको आरोप लगाएका छन् ।
बुधबार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसबाट विपक्षीहरुको पूर्वाग्रह देखिएको टिप्पणी गरे । उनले विपक्षको पूर्वाग्रहबाट केही पनि नहुने उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले आफूले उनले बोलेको कुरालाई नै आफूले भनेको बताए ।
कार्यक्रममा उनले भने, ‘अब आज म सुन्दैछु, एउटा किताब विमोचन गर्दै गर्दा मैले बोलेको, उनले बोलेको कुरा मैले बोलेको, मेरो कुरा होइन । उनले बोलेको ।’
एमालेको निष्कर्ष- प्रधानमन्त्री प्रचण्डले जनादेशको अपमान गरे, पदमा बसिरहने आधार पनि गुमाए
प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनादेशको अपमान गरेको निष्कर्ष निकालेको छ ।
संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको एमाले संसदीय दलको बैठकले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक दिल्ली गएको भन्ने अभिव्यक्तिपछि प्रधानमन्त्री प्रचण्डले पदमा बसिरहने राजनीतिक र नैतिक आधार गुमाएको निष्कर्ष निकालेको एमाले सचेतक महेश बर्तौलाले बताए ।
प्रधानमन्त्रीको जवाफ होइन, राजीनामा चाहियो : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताएका छन् ।
बुधबार संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधिनताविपरीतको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभई राजीनामा चाहिएको बताएका हुन् । ओलीले राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अस्वभनीय र आपत्तीजनक रहेको जिकिर गरे ।
प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै संसद अवरुद्ध
संघीय संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागिएको छ । बुधबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेको हो ।
आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो ।
प्रधानमन्त्रीको जवाफ होइन, राजीनामा चाहियो : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताएका छन् ।
बुधबार संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधिनताविपरीतको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभई राजीनामा चाहिएको बताएका हुन् । ओलीले राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अस्वभनीय र आपत्तीजनक रहेको जिकिर गरे ।
प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले जननिर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित र अवमूल्यन गरेको बताएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले संसदकै अपमान गरेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिको आशय नबुझी राजीनामा माग्नु संसदीय मर्यादाविपरित : मन्त्री बस्नेत
नेकपा माओवादी केन्द्रका नेता एवं ऊर्जामन्त्री शक्ति बस्नेतले प्रधानमन्त्रीको अभिव्यक्तिको आशय नबुझी राजीनामा माग गर्नु र संसद अवरुद्ध गर्नु संसदीय मर्यादाविपरित रहेको बताएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको आशय बुझ्न संसदले आवश्यक ठाने प्रधानमन्त्रीसँग बुझ्ने अधिकार संसदले राख्ने भएपनि आशय नै नबुझी राजीनामा माग गर्नु र संसद अवरुद्ध गर्नु संसदीय मर्यादा विपरित रहेको बताएका हुन् ।
मिटरब्याजीलाई कारवाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद अवरोध गरे : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीहरूलाई कारवाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद अवरोध गर्न खोजेको आरोप लगाएका छन् ।
बुधबार दिउँसो माओवादी केन्द्रसम्वद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले एउटा पुस्तक बिमोचनमा सन्दर्भवश भनेको कुरालाई बंग्याएर संसद अवरुद्ध गर्ने कोसिस हुँदैछ । खासमा यसको अर्थ अर्कै छ । मिटरब्याजीहरूलाई कारवाही गर्ने ऐन आज संसदबाट पास हुने कार्यसूचि थियो । कतिपय दललाई मिटरब्याजीलाई कारवाही गर्न खोजेको कुरा मन परेको छैन । भ्रष्टाचारीलाई कारवाही गर्ने कुरा मन परेको छैन । यसलाई रोक्न संसद अवरुद्ध गरिँदैछ ।’
अनलाइन प्रणालीबाट सवारी चालक अनुमतिपत्रको सेवा सुरु
सवारी चालक अनुमतिपत्रको अनलाइन भुक्तानीसहित विद्युतीय माध्यमबाट सेवा प्रणालीको शुभारम्भ भएको छ ।
बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नयाँ सुविधायुक्त सवारी चालक अनुमतिपत्रको अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन् । नयाँ प्रणालीलाई कास्कीबाट सुरु गरिसकेको र एक महिनाभित्र देशका सबै कार्यालयबाट अनलाइन प्रणालीबाट काम हुने भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
प्रतिक्रिया