आजका समाचार : विद्यार्थीको शक्तिले ढल्यो बंगलादेशको सत्ता, प्रधानमन्त्री फास्ट ट्रयाकतिर र भलिबलमा नेपालको जित   | Khabarhub Khabarhub

आजका समाचार : विद्यार्थीको शक्तिले ढल्यो बंगलादेशको सत्ता, प्रधानमन्त्री फास्ट ट्रयाकतिर र भलिबलमा नेपालको जित  


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


17k
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच नेपालको हवाई सुरक्षाबारे छलफल
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हवाई सुरक्षाबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू र पार्टीका नेताहरूका साथ प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति देउवाले हवाई सुरक्षाका बारेमा छलफल गरेका हुन् ।


छलफलमा सहभागी सांसद उदय शमशेर राणाका अनुसार प्रधानमन्त्री ओलीले नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउनु पर्ने आइकाओ र इयूको सुझाव कार्यान्वयन गर्न निर्देशन दिइसकेको जानकारी दिएको बताए ।

द्रूतमार्गको अर्को सुरुङ ‘ब्रेक थ्रू’, प्रधानमन्त्रीले भने- देश नयाँ युगमा प्रवेश गर्दैछ

प्राविधिकहरूको टोलीसहित ‘फास्ट ट्रयाक’ अनुगमनमा प्रधानमन्त्री

बंगलादेशका नेपाली विद्यार्थीको सुरक्षामा ध्यान दिन परराष्ट्रमन्त्रीको निर्देशन

बाढी-पहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन

प्रजातन्त्र सेनानीलाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति पौडेल

परराष्ट्रमन्त्रीसँग थाई राजदूतको भेट, दुईदेशीय सम्बन्धबारे छलफल

संवादका माध्यमबाट समस्या समाधान गर्नुपर्छ : कमल थापा

सहकारी छानबिन समिति : प्रतिवेदन तयार गर्न गृहकार्य सुरु

सोविताको दाबी- बाटो छेकेर राष्ट्रिय दलकै कार्यकर्ताले तर्साए, दुर्व्यवहार गरे
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफूलाई आइतबार साँझ काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका(६ मा पुग्दा दुर्व्यवहार भएको बताएकी छन् ।

बाढी-पहिरोले पुर्‍याएको क्षतिको अनुगमनका क्रममा पुगेका बेला आफूलाई दुर्व्यवहार भएको दाबी उनले सोमबारको संसद् बैठकमा गरेकी हुन् ।


स्थानीयबासीले आफूलाई पहिरो झरेको ठाउँ देखाएर फर्किने क्रममा टोलमा जम्मा भएका युवाहरूले घेरेर दुर्व्यवहार गरेको उनले सोमबार बसेको संसद् बैठकमा बताइन् ।

‘पहिरो हेरेर फर्किने क्रममा युवा साथीहरू त्यहाँको सडकमा चिया पिइरहेका थिए । १५र२० जना युवा साथीहरू जम्मा भएका थिए। कोही गाँजाको नशामा र रक्सीले लठ्ठ भएका थिए’, उनले भनिन्, ‘बुढो मान्छेले बोलाएको ठाउँमा मात्रै जाने, हामीले बोलाएको ठाउँमा नआउने भनेर दुर्व्यवहार गरे । मलाई घेर्ने काम भयो । १० जनाजति एकै स्वरमा कराएर के गरिस् फोहोरी भन्दै फोहोरी शब्द प्रयोग गरेर गाली गरे ।’

राप्रपाका युवाले गरेका थिए सांसद सोवितासँग गलफत्ती, २ मिनेटको भिडियोमा के छ ?

माधव सापकोटा भन्छन्- सरकारले देशमा ‘अटोक्रेसी’ चलाउन खोज्दैछ

माओवादी नेताको आरोप- सरकार देशलाई प्रतिगमनतिर लैजाँदैछ

अमरेशकुमारले भने-शेयरमूल्य कृत्रिम रुपमा बढाइयो, निगरानी होस्

बन्दुक नवीकरण गर्न नदिएको भन्दै राप्रपा सांसदको आपत्ति

सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षीलाई दिन माग

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत, पक्षमा २३ विपक्षमा १४
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् ।

मुख्यमन्त्री कँडेलले पेश गरेको विश्वासको मतको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १४ मत परेको थियो । मतदान प्रक्रियामा ३७ सांसदले भाग लिएका थिए ।

केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेपछि कर्णालीमा पनि माओवादी केन्द्र सरकारबाट बाहिरिएर कांग्रेस सरकारमा गएको छ ।

गुडिरहेको माइक्रोमाथि रूख ढल्दा नौ जना घाइते

आँबुखैरेनी अस्पतालमा शल्यक्रिया कक्ष तयार

खुकुरी प्रहार गरेको अभियोगमा तीनजना पक्राउ

सिरहामा एक भारतीय युवक मृत भेटिए

आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण गर्दै सहकारी

काभा महिला भलिबल : नेपालले माल्दिभ्सलाई हरायो
काभा महिला नेसन्स भलिबल लिगअन्तर्गत आजको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।


नेपालले मल्दिभ्समाथि पहिलो सेटमा २५-८, दोस्रो सेट २५-१९ र तेस्रो सेटमा २५-१८ ले पराजित गर्‍यो । नेपाल समूह चरणको अंक तालिकामा दोस्रो स्थानमा रह्यो । नेपालले यसअघि श्रीलंका र भारतलाई पराजित गरेको थियो भने इरानसँग पराजित भएको थियो ।

नेपालले सेमिफाइनलमा इरानसँग खेल्नेछ । इरान अंक तालिकाको तेस्रो स्थानमा रह्यो । नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको भन्दै सेमिफाइनलमा इरानलाई पराजित गर्नेमा विश्वास व्यक्त गरे। नेपाली टोलीकी कप्तान अरुण शाहीले आफ्नो टोलीमा भएको कमजोरीलाई सुधार गर्दै इरानविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए ।

पेरिस ओलम्पिक : अल्कारेजलाई हराउदै जोकोभिचले जिते स्वर्ण पदक

काभा भलिबल : आज नेपाल र माल्दिभ्स भिड्ने

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन्, प्रदर्शनकारी पसे सरकारी निवासमा
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छन् । गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजिनामा दिएर राजधानी ढाका छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले आफ्नी बहिनीकासाथ बंगलादेश छाडेको बीबीसी हिन्दीले खबर प्रकाशित गरेको छ । यस्तै प्रदर्शनकारीहरु सरकारी निवासमा पसेपछि तनाव झनै बढेको थियो ।

बीबीसीका अनुसार प्रधानमन्त्रीको आवासमा प्रदर्शनकारीको समूह प्रवेश गरेको छ । बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए । उनीहरु सरकारी जागिरमा कोटा प्रणाली खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।

शेख हसिना सवार जहाज उत्तर प्रदेशको गाजियाबादमा अवतरण

शेख हसिना : पिताले स्वतन्त्रता दिलाएको देशबाट भाग्न बाध्य छोरी

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना उडिन् भारतको अगरतला

बंगलादेश सत्तापलट : अन्तरिम सरकार बनाउने सेनाको घोषणा

दिल्लीतर्फ जाँदैछ शेख हसिना सवार बंगलादेशी सेनाको जहाज

शेख हसिना देशबाट भागेकै दिन ढाकामा मारिए ६ विद्यार्थी

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन्, प्रदर्शनकारी पसे सरकारी निवासमा

आइतबार मात्रै बंगलादेशमा मारिएका थिए ९३ विद्यार्थी, देशभर कर्फ्यू लगाएर बसेकी थिइन् शेख हसिना

भारतकी राष्ट्रपति मुर्मू वैदेशिक भ्रमणमा

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ७ : ५७ बजे

टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्बजनिक, के के छन् विशेषता ?

काठमाडौं – एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’

इजरायली आक्रमण कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु

गाजा – उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो

महिला टी–२० विश्वकप : श्रीलंकाविरुद्ध न्यूजिल्याण्डको उत्कृष्ट जित

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत न्यूजील्याण्डले श्रीलंकालाई पराजित

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छः सञ्चारमञ्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई

नेपालबाट यसबर्षको मनसुन बाहिरियो

काठमाडौं – नेपालबाट यसबर्षको मनसुन बाहिरिएको छ । जल तथा