आजका समाचार : नयाँ मन्त्रीको सपथदेखि त्रिशूलीमा बस दुर्घटनासम्म | Khabarhub Khabarhub

आजका समाचार : नयाँ मन्त्रीको सपथदेखि त्रिशूलीमा बस दुर्घटनासम्म


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

दिनभर आज नयाँ मन्त्रीले लिए सपथ, नाउपाले केन्द्रमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने, बागमती सरकारका छ मन्त्रीले दिए सामूहिक राजीनामा, त्रिशूलीमा बस दुर्घटना, महाशिवरात्रि पर्व भव्य बनाउन पाशुपत क्षेत्रमा तयारीलगायतका समाचारले प्रमुख स्थान पाए ।

 

नयाँ मन्त्रीले लिए सपथ

आज मन्त्रिपरिषदमा थपिएका १६ जना मन्त्रीहरुले सथप ग्रहण गरेका छन् । आजै ५ बजे सपथ ग्रहण तय भएपनि नेकपा एकीकृत समाजवादीले ढिला गरी सरकारमा सहभागी हुने निर्णय गरेपछि सपथ ग्रहण समारोह पनि अबेर भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष १६ जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका हुन् । राष्ट्रपति पौडेलले तीन जना उपप्रधानमन्त्रीलाई बेग्लै र बाँकी १३ जना मन्त्रीहरुलाई बेग्लै सपथ गराएका छन् ।

सामाजिक एकताका साथ अघि बढ्नुपर्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक एकताका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

बुधबार बागलुङको सर्वसिद्धिधाम पन्चकोटमा चलिरहेको अनन्तश्री ब्रम्हाण्डीय महायज्ञमा पुगेर ओलीले यस्तो बताएका हुन् । उनले ब्रह्माण्डीय महायज्ञ मानव जातीको कल्याणको लागि भएको भन्दै प्रसंसा गरे ।

सुशासनको अभियानलाई निरन्तरता दिनुहोस् : निवर्तमान उपप्रधानमन्त्री श्रेष्ठ

निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिका अभियानमा मन्त्रालयका कर्मचारी, सुरक्षा निकाय तथा आम नागरिकबाट प्राप्त सहयोगका लागि आभार प्रकट गरेका छन् ।

गृह मन्त्रालयमा आज आयोजित बिदाइ समारोहमा उनले भने, “सरकारले सुरु गरेको सुशासनको अभियानलाई भरपूर सहयोग गर्नुभयो, अब पनि यसलाई निरन्तरता दिनुहोस् ।” निवर्तमान उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता तथा सार्वभौमिकताको रक्षार्थ थालनी गरिएको कामलाई निरन्तरता दिन पनि आग्रह गरे ।

यो सरकार फतक्क कुहिएर झर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल नेतृत्वको नयाँ गठबन्धन सरकार कुहिएर झर्ने टिप्पणी गरेका छन् ।

बुधबार साँझ शीतल निवासमा शपथ ग्रहणको तयारी भइरहँदा थापाले भिडियोमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार फतक्क कुहिएर झर्ने बताएका हुन् ।

नाउपाले केन्द्रमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने

नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष रेशमलाल चौधरीले केन्द्रीयसमितिको बैठकले आफूहरु अहिले सरकारमा सहभागी नहुने र प्रतिपक्षीमा रहने निर्णय गरिएको जानकारी दिए ।

बागमती सरकारका छ मन्त्रीले दिए सामूहिक राजीनामा

बागमती प्रदेश सरकारका छ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन् ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्काले मुख्यमन्त्रीसमक्ष संयुक्तरुपमा राजीनामा दिएका हुन् ।

त्रिशूलीमा बस दुर्घटना

धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा बस दुर्घटना भएको छ । दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

कपिलवस्तुबाट काठमाडौँतिर आउँदै गरेको लु २ ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीमा दुर्घटनामा परेको थियो । बुधबार बिहान भएको सो दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए।।

महाशिवरात्रि पर्व भव्य बनाउन पाशुपत क्षेत्रमा तयारी

यस वर्षको महाशिवरात्रि पर्व भव्यरुपमा मनाउने तयारी भएको छ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न तयारी समिति तथा उपसमिति गठन गरी काम गरिरहेको जनाएको छ ।

महाशिवरात्रिका लागि आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साधुसन्तहरू आउने क्रम सुरु भएको छ । नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत साधुसन्त आउन थालेका विकास कोषले जनाएको छ । यस वर्ष पशुपतिनाथमा तीन हजारभन्दा बढी साधुसन्त आउने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय…

युवती प्रकरणमा परेपछि पेरूका शक्तिशाली प्रधानमन्त्रीले दिए राजीनामा

ल्याटिन अमेरिकी मुलुक पेरूका शक्तिशाली प्रधानमन्त्री अल्बर्टो ओटारोलाले राजीनामा दिएका छन् । एक युवतीलाई अवैध काममा सहयोग गरेको आरोप लागेपछि उनले मङ्गलबार राजीनामा दिएका हुन् । ओटारोलाले लिमामा पत्रकारहरूसँग कुरा गर्दै भने, “राष्ट्रपतिसँग मैले आफ्नो पदबाट राजीनामा पेश गर्ने निर्णयको घोषणा गरेको छु ।” ओटारोला एक अनुभवी राजनीतिज्ञ र वकिल हुन् ।

उनले राष्ट्रपति डिना बोलुआर्टेको चीफ अफ स्टाफको रूपमा कामसमेत गरेका थिए । ओटारोलाले एक २५– बर्षीया युवतीलाई क्यानाडाको आधिकारिक भ्रमणबाट घर फर्कन आदेश दिएका थिए । ५७ वर्षीय ओटारोला विवाहित हुन् र उनका पाँच सन्तान छन् ।

पाकिस्तानमा अप्रत्याशित हिमपात, ३५ जनाको मृत्यु

पाकिस्तानका दुर्गम क्षेत्रहरूमा गएको सप्ताहन्तमा जमेको चिसो वर्षा र अप्रत्याशित हिमपातका कारण कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
सो हिमपातमा परी दर्जनौं बढी घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु हुनेहरूमध्ये २२ जना बालबालिका रहेको र ती मध्ये धेरैजसो हिम पहिरोमा परेर घरमा पुरिएका विपद् व्यवस्थापन अधिकारीहरूले भनेका छन ।

सुडानमा भोकमरीको जोखिम : डब्ल्यूएफपी

सुडानमा प्रतिद्वन्द्वी जनरलहरूबीच करिब ११ महिनादेखि जारी युद्धले ‘विश्वको सबैभन्दा ठूलो भोकमरी सङ्कट निम्त्याउने खतरा’ रहेको संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी ) ले बुधबार चेतावनी दिएको छ ।

सेना प्रमुख अब्देल फतह अल बुरहान र उनका पूर्व डेपुटी मोहम्मद हमदान डग्लोबीच भएको युद्धमा दशौं हजारको मृत्यु भएको छ, सुडानको पूर्वाधार र अर्थतन्त्र ध्वस्त भएको छ ।

खेलकुद…

विश्वकप टी २० मा क्रिकेट टिमको तयारीका लागि ५ करोड बिनियोजन

विश्वकप टी २० मा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमको तयारीस्वरुप सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आउँदो जुन महिनामा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी २० विश्वकपमा क्रिकेट टिमको सहभागिताको तयारीका लागि सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

आर्मी झापा गोल्डकपको सेमिफाइनलमा

झापा गोल्डकपको चार पटकको विजेता त्रिभुवन आर्मी क्लब छैटौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विर्तामोडस्थीत डोमालाल राजवंशी रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई २ –१ गोलको जित निकाल्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीका लागी खेलको ६१ औं मिनेटमा नवयुग श्रेष्ठले पहिलो गोल गरे भने ८० औं मिनेटमा बसन्त जिम्बाले थप गोल गरि नजिता दोब्बर बनाए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ८ : २५ बजे

एक सय ३२ जना महिला र बालबालिकाको उद्धार

पर्सा – माइती नेपाल शाखा कार्यालय वीरगञ्जले सन् २०२४ वीरगञ्ज

डीपी अर्यालको टिप्पणी : रवि लामिछानेको जीवनमा दुईवटा पाटा छन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी)

आजका समाचार : ‘जनयुद्ध’ शब्द प्रयोग गर्न नपाइने, सुदूरपश्चिम र जनकपुरबीच उपाधि भिडन्त र नयाँ विकल्पमा सिरिया

‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सरकारलाई सर्वोच्चको आदेश सर्वोच्च अदालतले सरकारी

‘सरुवा र बढुवामा हुने मनपरी रोक्ने ऐन बनाउन आवश्यक’

काठमाडौं – प्रतिनिधिसभाका सदस्यहरूले निजामती कर्मचारीको मनपरी रूपमा हुने सरुवा

युक्रेनसँगको युद्धमा १०० उत्तर कोरियाली सैनिक मारिएको दाबी

मस्को- रसियामा युक्रेनविरुद्ध युद्धमा सहभागी उत्तर कोरियाका १०० जना सैनिक