समाचार

आजका समाचार : भष्ट्राचार नगर्ने ओलीको बाचा, बङ्गलादेशमा संसद भंग र नेपाली महिला टोली काभा भलिबलको फाइनलमा 

By खबरहब

August 06, 2024

‘मैले कहिल्यै भ्रष्टाचार गरिनँ, चित्रगुप्तलाई पनि जवाफ दिन तयार छु’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार नसहने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

मंगलबार संघीय संसद्अन्तर्गत राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धको आफ्नो पुरानो प्रतिबद्धता यथावत् रहेको बताए ।

‘मैले जिन्दगीमा कहिल्यै भ्रष्टाचार गरिनँ, सहिनँ पनि, मेरो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो’, ओलीले भने ।

राजनीतिक रूपमा कसैले लाञ्छित गर्न खोज्नु र हिलो छ्याप्ने प्रयास गर्नु बेग्लै भए पनि आफू कुनै भ्रष्टाचारका घटनामा संलग्न नरहेको ओलीले दाबी गरे ।

टीआरसीसम्बन्धी प्रतिवेदन बुधबार प्रधानमन्त्रीसहित तीन नेतालाई बुझाइने

मुलुक समृद्धिका लागि भष्ट्राचार तगारो : प्रधानमन्त्री ओली

राज्य व्यवस्था समितिको बैठकमा उपस्थित भए प्रधानमन्त्री ओली

टीआरसी विधेयकका छलफललाई निष्कर्षमा पुर्‍याउनुपर्छ : कानूनमन्त्री

मन्त्रीस्तरीय बिम्स्टेक सम्मेलनमा भागलिन मन्त्री भण्डारी भारत प्रस्थान

परराष्ट्रमन्त्री र जर्मन राजदूतबीच भेट

फास्ट ट्रयाकको भौतिक प्रगति ३५ प्रतिशत, २०८३ चैत मसान्तसम्म सेनाले गाडी गुडाउने

सरकारले जनताका निराशाको अन्त्य गर्छ : उपप्रधानमन्त्री सिंह

माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष प्रचण्डको प्रण

काभा नेसन्स लिग भलिबल स् इरानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा पुगेको छ । नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो।

यससँगै नेपालले यसअघि भोगेको हारको बदला पनि लिन सफल भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा मंगलबार भएको दोस्रो सेमिफाइनल भिडन्तमा नेपालले इरानलाई ३-० को सोझो सेटमा हरायो ।

नेपालले इरानविरुद्ध पहिलो सेटमा २५-२१, दोस्रोमा २८-२६ र तेस्रोमा २५-२० को जित निकालेको हो । यसअघि समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेर इरानसँगको भेट पक्का गरेको थियो।

काभा नेसन्स लिग भलिबल स् इरानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा

भारत काभा महिला भलिबलको फाइनलमा

अर्जेन्टाइन स्ट्राइकर जुलियन अल्भारेज सिटीबाट मड्रिड जाने पक्का

काभा महिला भलिबल : सेमिफाइनलमा आज नेपाल र इरान भिड्ने

मधेशका मुख्यमन्त्री सिंहले प्रधानमन्त्री ओलीलाई बुझाए २२ बुँदे माग मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेर मुख्यमन्त्री सिंहले मधेशको विकासका लागि २२ बुँदे माग पेश गरेका छन् ।

मुख्यमन्त्री सिंहले मधेशको समग्र विकासका लागि संघीय सरकारले दीर्घकालीन योजना ल्याउन आवश्यक रहेको बताएका छन् ।

यस्तै जनकपुरधामस्थित बाह्रबिघा रंगभूमि मैदानलाई व्यवस्थित गर्न आवश्यक पहल हुनुपर्ने, मधेश प्रदेशका आठवटा जिल्लाहरू भारतीय नाकासँग जोडिएको हुनाले पर्यटक भित्र्याउन पर्यटकीय कोरिडोरको निर्माण हुनुपर्ने माग पनि मुख्यमन्त्री सिंहले राखेका छन् ।

सिमलताल दुर्घटनाको मुख्य कारण भरतपुर महानगरले खनेको ग्रामीण सडक

कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन-आजको काम आजै गर्नुहोस्

सिमलताल बस दुर्घटना : अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

बागमतीको बाढीले डुबानमा टेकु र कुलेश्वर क्षेत्र मनहरा र हनुमन्तेको समेत बाढी मिसिएपछि विशाल रुप लिने बागमतीको बाढीका कारण मंगलबार पनि काठमाडौंका टेकु र कुलेश्वर क्षेत्र डुबानमा परेका छन् ।

सोमबार रातिदेखिको निरन्तर बर्षाका कारण उपत्यकाका खोला(नदीमा ठूलो बाढी आएको थियो । बाढीका कारण उपत्यकाका टेकु र कुलेश्वर क्षेत्रमा प्रभाव परेको छ।

टेकु र कुलेश्वर क्षेत्रस्थित बागमती किनारका बस्तीमा बाढी पसेको हो । बाढी पसेपछि होचो क्षेत्रका घरको भित्रैसम्म पानी पसेको छ ।

बागलुङ पहिरो : सात जनाको मृत्यु, चारको उद्धार

बागमतीको बाढीले डुबानमा टेकु र कुलेश्वर क्षेत्र (तस्बिरहरू)

हनुमन्ते नदी बस्तीमा पस्यो, जनजीवन प्रभावित

निरन्तर वर्षा जारी, कस्तो छ सडकको अवस्था ?

पहिरोमा चार घर पुरिए, एकजनाको मृत्यु

पहिरोले बगाएको सिँचाइ नहर मर्मत

बंगलादेशका राष्ट्रपतिले भंग गरे संसद् बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले मंगलरबार एक आदेश जारी गर्दै देशको संसद्‍ भंग गरिदिएका छन् ।

राष्ट्रपति कार्यालयको प्रेस विभागले मंगलबार एक सूचना निकालेर संसद् भंग भएको जानकारी दिएको हो ।

उक्त सूचनामा तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका नेतासँग राष्ट्रपतिको वार्तापछि यो निर्णय लिइएको उल्लेख छ।

बंगलादेशमा यसै वर्ष ७ जनवरीमा चुनाव भएको थियो । त्यस चुनावमा शेख हसिना नेतृत्वको अवामी लीगले दुईतिहाइ बहुमत ल्याएको थियो ।

तर विद्यार्थी आन्दोलनका कारण शेख हसिनाले राजीनामा दिएर देश छाडिसकेकी छन् । यस्तोमा सोमबार राष्ट्रपतिले एक आदेश जारी गर्दै बीएनपी नेता खालिदा जियासमेत कयौँ विपक्षी नेतालाई पनि नजरबन्दबाट मुक्त गर्न आदेश दिएका छन् ।

बंगलादेश : प्रदर्शनकारीले अवामी लीगका नेताको होटल जलाउँदा २४ जनाको जलेर मृत्यु

खालिदा जिया र शेख हसिना : कट्टर दुस्मन बङ्गलादेशी बेगम

शेख हसिनाले देश छाडेको भोलिपल्ट रिहा भइन् खालिदा जिया

बंगलादेशमा डा. मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान

बंगलादेशमा ज्यान जोगाउन चौकी छाडेर भाग्दै प्रहरी, जलाइयो देशका संस्थापकको संग्रहालय

हिरोसिमामा बम आक्रमणको ७९औँ वर्ष पुरा