आजका समाचार : जसपाले पनि छोड्यो प्रचण्डको साथ, कांग्रेस-एमाले सहमतिबारे संसद्‌मा प्रश्नै प्रश्न | Khabarhub Khabarhub

आजका समाचार : जसपाले पनि छोड्यो प्रचण्डको साथ, कांग्रेस-एमाले सहमतिबारे संसद्‌मा प्रश्नै प्रश्न


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

जसपाका मन्त्रीहरूको राजीनामा स्वीकृत
जसपाका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष दिएको राजीनामा स्वीकृत गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क)बमोजिम आ(आफ्नो पदबाट राजिनामा दिएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा उनीहरूले सम्हाली आएका उक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए राजीनामा

सहकारीबाट रकम फर्काउन गभर्नरले सुझाए तीन तहको वर्गीकरण

प्रधानमन्त्रीको बचाउमा रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संविधान र मुलुकको प्रणालीलाई दलहरूले अविश्वास गरेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै झाले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिन खोजेपछि त्यसबाट डराएर राजीनामा मागिरहेको बताएका हुन् ।


यसले संविधान र मुलुकको प्रणालीलाई दलहरूले अविश्वास गरेको देखिएको दाबी उनले गरे।

कांग्रेस–एमालेलाई चारदिनमा अर्को राजनीतिक परिस्थिति सिर्जना हुने डर पैदा भएको आरोपसमेत लगाएका छन्।

माओवादीलाई पनि साथमा लिएर संविधान संशोधन गर्छौँ : योगेश भट्टराई

अल्पमतमा परेपछि एक सेकेण्डपनि सत्तामा बस्न मिल्दैन : ठाकुर गैरे

संसद्‍मा एमालेको तर्क- नयाँ सरकार रोकेर प्रचण्डले मुलुकलाई अस्थिरतातिर लान खोजे

ठाकुर गैरेको तर्क : प्रचण्डसँग एक सेकेन्ड पनि सरकारमा बसिरहने नैतिक आधार छैन

मुलुकलाई अस्थिरतातर्फ लैजाने कोसिस भइरहेको छ : महेश बर्तौला

कांग्रेस-एमालेको समीकरणले राजनीतिक स्थिरता हुनेमा शंका नै छ : माओवादी

कञ्चनपुरमा एक हजार सात सय घर डुबान
दुई दिनदेखिको वर्षाका कारण कञ्चनपुरमा हालसम्म एक हजार सात सय ५० घर डुबानमा परेका छन् । आइतबार रातिदेखि भीमदत्त, वेदकोट, दोधारा चाँदनी र पुर्नवास नगरपालिका तथा बेल्डाँडी गाउँपालिकाका सयौँ घर डुबानमा परेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले आइतबार राति बाढीमा फसेका ३९ जनाको उद्धार गरेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए। जिल्लाभर डुबानमा परेकाको उद्धारका लागि ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


‘हालसम्म एक हजार सात सय ३८ जनालाई सुरक्षित स्थानमा लगिएको छ’, उनले भने ।

कञ्चनपुरका नौवटै स्थानीय तह बाढी र डुबानबाट प्रभावित छन् । भीमदत्त नगरपालिका, दोधारा चाँदनी, वेदकोट र पुर्नबास नगरपालिका तथा बेल्डाँडी गाउँपालिका बाढीबाट बढी प्रभावित छन् ।

कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता

कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध

रौतहटमा दुई जनाको शव भेटियो, एक जना बेपत्ता

पहिराले बुद्धसिंह मार्ग दुई दिनदेखि अवरुद्ध

कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द

पहिरोमा पुरिएर तीन जनाको मृत्युपछि पुरै गाउँ शोकमा

जयपृथ्वी राजमार्ग पुनः अवरुद्ध, लगातारको वर्षाले पहिरो पन्छाउन समस्या

बाढीपहिरोले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता

कञ्चनपुरमा बाढीले विनाश : डुबानमा गाउँबस्ती, राजमार्ग पनि भत्कियो

भाडाको फ्ल्याटबाट तस्करी
ललितपुरमा अवैध रुपमा सुनचाँदीको कारोबार गरिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-१४ ताल्छिखेलस्थित एक निर्माणाधीन घरको तेस्रो तलामा अवैध शंकास्पद कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटोको टोलीले छापा मारेको थियो ।


उक्त घरमा छापा मार्ने क्रममा प्रहरीले भारतीय नागरिक युवराज विभुतेले भाडामा लिएको फ्ल्याटबाट ६ जना समातिएका हुन् ।

प्रहरीले खानतलासीका क्रममा पक्राउ परेकाहरूलाई सोधपुछ गर्दा काठमाडौं र ललितपुरका अन्य स्थानमा पनि फ्ल्याट भाडमा लिएर अवैध कारोबार गरेको भेटिएको छ ।

‘अफलाइन राइडिङ’ गर्दा युवतीले गुमाइन् ज्यान

बिलबीजक नभएको एक करोड ८९ लाख बराबरका सामान बरामद

रसिया भ्रमणमा निस्किए भारतीय प्रधानमन्त्री मोदी, पुटिनसँग वार्ता गर्ने
तेस्रो कार्यकाल प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रसिया भ्रमणमा निस्किएका छन् ।

नयाँ दिल्लीबाट मस्कोतर्फ प्रस्थान गर्नुअघि उनले सामाजिक सञ्जाल एक्समा निकट मित्र भ्लादिमिर पुटिनसँग आपसी सहयोगको अवस्थाबारे समीक्षा गरिने बताएका छन् ।

मस्कोतिर उड्नुअघि उनले आफ्ना मित्र राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय सहयोगका सबै पक्षहरूको समीक्षा गर्न उत्सुक रहेको बताएका छन् । रूसका अलावा मोदी अस्ट्रिया भ्रमणमा पनि जाने छन् ।

मोदी सोमबार मस्कोतिर जानुअघि अमेरिकासँग भारतको सम्बन्ध चिसिँदै गएको छ । अमेरिकाले कयौँ भारतीय हिरा व्यापारीको अर्बौं डलर रुपैयाँ फ्रीज गरिदिएको छ । यसका कारण दुई देशबीचको सम्बन्धमा तनाव देखिएका बेला मोदी रूस निस्किएका हुन् । उनी मस्कोबाट सिधै अस्ट्रियाको भियान पुग्नेछन् ।

यो भ्रमणअघि मोदीले भारत(रूसबीच सम्बन्धका कयौँ पक्षबारे प्रकाश पार्ने कोसिस गरेका छन् । उनले दुई देशबीच विशेष रणनीतिक साझेदारी पछिल्ला १० वर्षमा तीव्र गतिमा अघि बढेको बताएका छन् ।

 रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० जनाको मृत्यु

बंगलादेशी प्रधानमन्त्री चीनतिर, भुटानका राजा मंगोलियातिर

भारतमा टीएनटीभन्दा खतरनाक विष्फोटक पदार्थको विकास

भारतको बिहारमा चट्याङ लागेर १२ जनाको मृत्यु

फ्रान्समा वामपन्थी गठबन्धनको जित, पेरिसमा कतै हिंसा, कतै उत्साह

इन्डोनेसियामा बाढी पहिरोबाट ११ जनाको मृत्यु, १७ जना बेपत्ता

जापान र फिलिपिन्सबीच रक्षा सम्झौतामा हस्ताक्षर

फ्रान्सका वाम नेताको घोषणा- सरकार बन्नेबित्तिकै प्यालेस्टाइनलाई राज्यको मान्यता दिन्छौँ

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ८ : ०१ बजे

बाढीपहिरोको विपत्ति : राहत र पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा जुट्यो अर्थ

काठमाडौं – अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव

एभरेष्ट बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा आज सम्पन्न

एनपीएल अक्सन: देवलाई कर्णाली र अर्जनुलाई सुदूरपश्चिमले किन्यो

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट

आजका समाचार : प्रधानमन्त्री उद्धार कोषमा बढ्दै सहयोग, रविको बचाउमा प्रचण्ड, जोडिँदै सुनकोशीमा बेलिब्रिज

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग नेपाली कांग्रेसले

एनपीएल अक्सन: सन्दीप, सूर्य र विवेकलाई लुम्बिनीले १५-१५ लाखमा किन्यो

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा मिडल अडर ब्याट्सम्यान सन्दीप जोरालाई