आजका समाचार : काेशीमा सरकार विस्तारदेखि माओवादी बैठकसम्म | Khabarhub Khabarhub

आजका समाचार : काेशीमा सरकार विस्तारदेखि माओवादी बैठकसम्म


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा अध्यागमनले आजदेखि सुरु गर्‍यो ई-भिसा, बिदामा बसेका विमानस्थल सुरक्षा प्रमुख चन्दको सरुवा, क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त,अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय व्यापार तथा लगानी सम्झौता, फोहोर व्यवस्थापन नगर्ने स्वास्थ्य संस्थालाई महानगरले कारबाही गर्नेनेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबललगायतका समाचारले प्रमुख स्थान पाए।

अध्यागमनले आजदेखि सुरु गर्‍यो ई-भिसा

अध्यागमन विभागले आजदेखि ई–भिसा लागू गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई-भिसा प्रिन्ट गरेर दिँदै यसको सुरुवात गरेका हुन् ।

ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक सुरुवात भएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी बताए ।

बिदामा बसेका विमानस्थल सुरक्षा प्रमुख चन्दको सरुवा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दको सरुवा भएको छ ।

गृहमन्त्रालयले डीआईजी चन्दलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको हो ।

क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि आवासीय राजदूतमा नियुक्त गरेका छन् । क्यानडा लागि भरतराज पौडेल र पोर्चुगलका लागि शनिल नेपाललाई आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले क्यानाडाका लागि पौडेल र पोर्चुगलका लागि नेपाललाई आवासीय राजदूतमा नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय व्यापार तथा लगानी सम्झौता

अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय व्यापार तथा लगानी सम्झौतामा हस्ताक्षर भएको छ । आज परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अष्ट्रेलियाका विदेशमन्त्री पेनी वङ्गको उपस्थितीमा सम्झौता भएको हो । अष्ट्रेलियाको पर्थ शहरमा २६–२७ माघमा जारी सातौं प्रशान्त महासागर सम्मेलनको साइडलाइनमा सम्झौता भएको नेपालस्थित अष्ट्रेलियन दूतावासले जनाएको छ । सम्झौता भएको हो ।

अष्ट्रेलियाली सहायक परराष्ट्रमन्त्री टिम वाट्स, अधिकारी ग्यारी कोवान र अष्ट्रेलियास्थित नेपाली राजदूत कैलाशराज पोखरेलले उक्त सम्झौतामा हस्ताक्षर गरे । यो सम्झौताले अष्ट्रेलिया र नेपालबीचको आर्थिक सम्बन्धलाई थप गहिरो बनाउनुका साथै व्यापारलाई थप विस्तार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

वर्तमान राजनीतिक परिस्थिति जटिल र पेचिलो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति जटिल र पेचिलो बन्दै गएको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकमा धारणा राख्दै प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले वर्तमान परिस्थिति अहिले तरलका साथै जटिल र पेचिलो भएको बताएका हुन् । अहिलेको कार्यभार कानूनहरु बनाउने र मुख्यतः शान्ति प्रक्रियालाई टुंगोमा पुराउन अन्य दलहरुसँग छलफल भइरहेको प्रचण्डले बताएको बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

सरकारले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउँदै लैजान्छ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउँदै लैजाने बताएका छन् ।

मेची आँखा अस्पतालको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार झापामा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले २०५४ देखि स्वास्थ्य क्षेत्रमा दरबन्दी नबढाएको बताउँदै वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा आवश्यक कर्मचारी परिपूर्ति गर्न दरबन्दी बढाउदै लैजाने बताए ।

विमानस्थल बनाउनभन्दा चलाउन गाह्रो : मन्त्री किराँती

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले विमानस्थल बनाउनभन्दा चलाउन कठिन रहेको बताएका छन् ।

शुक्रबार उदयपुरमा निर्माणाधीन सगरमाथा आन्तरिक विमानस्थलको निरीक्षण अवोलकन गर्दै मन्त्री किराँतीले नेपाल जस्तो मुलुकमा विमानस्थल बनाउनसमेत सजिलो नभएको र निर्माण भइसकेपछि पनि सञ्चालन गर्न कठिन रहेको बताएका हुन्

एनसेल प्रकरणमा छानबिन समितिको प्रतिवेदनलाई कार्ययोजना बनाएर कार्यान्वयन गरिन्छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदनलाई कार्ययोजना बनाएर कार्यान्वयन गर्ने निर्णय भएको जानकारी दिएकी छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा मन्त्री शर्माले उक्त प्रतिवेदन हाल मन्त्रिपरिषदमा रहेको र अध्ययन भइरहेको भन्दै कार्ययोजना बनाएर कार्यान्वयन गर्ने निर्णय भएको जानकारी दिइन् ।

फोहोर व्यवस्थापन नगर्ने स्वास्थ्य संस्थालाई महानगरले कारबाही गर्ने

काठमाडौं महानगरपालिका भित्रका स्वास्थ्य संस्थाले फोहोर व्यवस्थापन नगरे कारबाही हुने भएको छ ।

महानगरपालिकाले आज सूचना जारी गरी आफ्नो संस्थाबाट निस्किएको फोहरमैला आफैँ व्यवस्थापन गर्न आह्वान गरेको हो ।

अन्तराष्ट्रिय 

युक्रेनमा रूसलाई हराउन असम्भव : पुटिन

राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी टेलिभिजनका लागि अन्तवार्ता कार्यक्रमका प्रस्तोता टकर कार्ल्सनलाई बिहीबार दिएको अन्तर्वार्तामा युक्रेनमा रूसलाई परास्त गर्न ‘असम्भव’ छ भनेर पश्चिमा मुलुकले बुझ्नुपर्ने बताएका छन् ।

सन् २०१९ पछि पश्चिमा सञ्चारमाध्यमले प्रशारण गरेको पुटिनको यो पहिलो अन्तरवार्ता हो । यद्यपि ह्वाइट हाउसका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका निकट मानिने कार्ल्सनले केही कूटनीतिक प्रश्नहरू सोध्दै रूसी इतिहास र पुटिनको विचारको बारेमा व्याख्या गर्ने अवसर दिएका थियो । अन्तवार्तामा रूसी नेता पुटिनले रूसलाई पश्चिमी विश्वासघातको शिकारको रूपमा चित्रण गर्दै सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने आफ्नो निर्णयको बचाउ गरेका छन् ।

पाकिस्तान निर्वाचन : इमरान निकट स्वतन्त्र उम्मेदवारको समूहलाई अग्रता

पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)ले प्रारम्भिक मतगणनाका क्रममा १५० सिटमा अग्रता लिएको दाबी गरेको छ । पीटीआईका अध्यक्ष ब्यारिस्टर गोहरको एक्स (ट्वीटर) अकाउन्टमा शेयर गरेको एक भिडियोमा पूर्व प्रधानमन्त्री खानले पीटीआईले १५० मतको अग्रता लिएको उल्लेख गरिएको छ ।

यद्यपि, एएफपीका अनुसार शुक्रबार बिहानसम्म सार्वजनिक १३ स्थानको नतिजामा खान निकट स्वतन्त्र उम्मेदवारले पाँच र पूर्व प्रधानमन्त्री नवाज सरिफ निकट पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) ले चार स्थानमा जीत हासिल गरेका छन् । मत गणनासँगै थप उर्जावान बनेका खानले भिडियोमा पञ्जाब, खैबर पख्तुनख्वालगायत सम्पूर्ण पाकिस्तानमा पीटीआईको नेतृत्वमा सरकार बनाउने दाबी गरेका छन् ।

खेलकुद

नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल

चिनियाँ नयाँ वर्षको अवसरमा माघ २७ गते शनिबार नेपाल र चिनियाँ युवा टोलीबीच दशरथ रंगशालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ ।

चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोली र नेपालको यू–२३ फुटबल टिमबीच मैत्रीपूर्ण फुटबल हुन लागेको हो । मैत्रीपूर्ण फुटबल प्रतियोगीतालाई महत्वका साथ हेरेको र तयारी पनि राम्रोे भएको दुवै टोलीका प्रशिक्षक एवं खेलाडीहरुले जनाएका छन् ।

विश्वकप खेलेको टिमको कप्तान बनेर क्रिकेटमा फर्कदै पारस

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का फेरी एक पटक घरेलु मैदानमा क्रिकेट खेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव खडकालाई खेलाएर नीजि क्षेत्रबाट निर्मित नेपालको पहिलो क्रिकेट रंगशाला एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन हुने भएको हो ।

अस्ट्रेलिया यू-१९ विश्वकपको फाइनलमा

अस्ट्रेलिया जारी यू-१९ क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको १८० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४९.१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ८ : ०१ बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ