आजका समाचार : प्रतिनिधिसभा बैठकदेखि राष्ट्रियसभा उपाध्यक्ष निर्वाचितसम्म | Khabarhub Khabarhub

आजका समाचार : प्रतिनिधिसभा बैठकदेखि राष्ट्रियसभा उपाध्यक्ष निर्वाचितसम्म


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय हित संरक्षणमा नेपाली सेनाको योगदान महत्वपूर्ण : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि संकटको बेलामा राष्ट्रिय स्वार्थ र राष्ट्रिय हितहरूको संरक्षणमा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् ।

आज नेपाल सैनिक प्रतिष्ठान खरिपाटीमा आयोजित स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रममा उनले देशभित्र विपद् व्यवस्थापन, पर्यावरण संरक्षण, विकास निर्माणका कामदेखि संकटका बेलामा राष्ट्रिय स्वार्थ र हितको संरक्षणमा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा नेपाली सेनाले शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ पुर्‍याएको योगदानले नेपाललाई ‘शान्ति सैनिकको देश’ को रूपमा विश्वसामु परिचित गराएको उनले बताए।

देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

सुरक्षित आन्तरिक रोजगारी पहिलो प्राथमिकतामा : श्रममन्त्री अर्याल

सहिदहरुको सम्मान हुन सकेन : सभापति देउवा

सबै मतभेद हटाएर एक ढिक्का भइ अगाडि बढ्न सभापति देउवाको आग्रह

प्रधानमन्त्रीले मलाई र गृहमन्त्रीलाई राखेर व्यवसायी नतर्साउन निर्देशन दिनुभएको छ : अर्थमन्त्री

चिकित्सा शिक्षा जाँचबुझ प्रतिवेदन सार्वजनिक

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित
राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि प्रस्तावित नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीको पक्षमा १६ मत मात्रै परेको थियो । घिमिरेको पक्षमा भने ३९ मत परेको छ । उनलाई नेकपा एकीकृत समाजवादीका सांसदले पनि मत दिएका छन् ।

जम्मा ५५ संसद्को उपस्थित रेको थियो । उनी बहुमतले निर्वाचित भएको अध्यक्ष नारायण सुवेदीले सुनाए ।

घिमिरेको पक्षमा माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ सहित ३९ सांसदले मतदान गरेको थिए । उनी एमाले केन्द्रीय कमिटी सदस्य हुन् । उनी कपिलवस्तु जिल्लाबाट राष्ट्रियसभामा प्रतिनिधि छन् ।

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण गराउँदै सांसद

राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन : कांग्रेसकी विष्णुदेवीको पक्षमा १६ मत

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुँदै

तटस्थ र निष्पक्ष भएर काम गर्छु : नवनिर्वाचित उपाध्यक्ष घिमिरे

प्रतिनिधिसभा बैठक बैशाख २ गतेसम्मका लागि स्थगित
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।

बुधबारको बैठकमा सभामुखले शून्य समय शुरु गर्नासाथ कांग्रेस र राप्रपाका सांसदले उठेर विरोध गरेका थिए ।


यसअघि सभामुखले दलीय आधारमा सांसदहरूलाई बोल्ने समय दिएका थिए । दलीय आधारमा सांसदहरूलाई बोल्न भने अवरोध गरिएको थिएन ।

लगातारको अवरोधपछि सभामुखले संसद्को बैठक बैशाख २ गते ११ बजेसम्म

गृहमन्त्रीले राप्रपाको आन्दोलनलाई दमन गरे : ज्ञानेन्द्र शाही

लामिछाने गृहमन्त्री भएदेखि सहकारी ठगीको छानबिन अवरुद्ध भयो : कांग्रेस

संसद् अवरुद्धको जिम्मेवारी सरकारले लिनुपर्छ : सुशीला थिङ

संसदको मान्यतालाई धज्जी उडाउँदै कांग्रेसले संसद् अवरोध गर्‍यो : महेश बर्तौला

कर्णालीका मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिए
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले मुख्यमन्त्री यामलाल कँडेलले शपथ लिएका छन् ।

एमाले संसदीय दलका नेता उनले प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन ।


कँडेल मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका ९ ,माओवादी केन्द्र १३ र एकीकृत समाजवादी १० ले सांसदले समर्थन गरेका थिए ।

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश

कोशीमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान

सर्लाहीको बागमती नगरपालिकाका मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दा

बझाङ उपनिर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न प्रदान

रातु नदी उत्खननविरुद्ध अन्तरिम आदेशको निरन्तरता

वायु प्रदूषण यस वर्षकै उच्च
आज मुलुकको वायु प्रदूषण बढेर वर्षकै उच्च विन्दुमा पुगेको छ । देशका विभिन्न स्थानमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो ।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँको वायु गुणस्तर सूचकांक ९एक्यूआई० दुई सय ६५ पुगेको छ । मंगलबार एक्यूआई दुई सय पुगेको थियो ।

मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोसँगै वायु प्रदूषण अझै बढ्नसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँ विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा सूचीकृत भएको छ ।

स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न आग्रह

वन डढेलो संकट घोषणा गर्न माग

काठमाडौँ विश्वकै बढी वायु प्रदुषित शहर

चिनियाँ राष्ट्रपति सी र ताइवानका पूर्वनेता माबीच भेटवार्ता
चीनका राष्ट्रपति सी चिनफिङ र ताइवानका पूर्वराष्ट्रपति मा यिङ–जेउबीच बुधबार बेइजिङमा भेटवार्ता भएको छ ।

‘राष्ट्रपति सीले बेइजिङमा मा नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभएको छ,’ चीनको सरकारी प्रसारक सिसिटिभीले आफ्नो समाचारमा जनाएको छ ।


बेइजिङ र ताइपेइमा उनीहरूबीच दुर्लभ भेट भएको छ र यो सन् २०१५ मा सी र माबीच भएको ऐतिहासिक ‘क्रस स्ट्रेट’ शिखर बैठकपछि पहिलो बैठक हो ।

ताइवानलाई आफ्नो भूभाग दाबी गर्ने र स्वशासित टापुलाई आफ्नो नियन्त्रणमा ल्याउन बल प्रयोग गर्न कहिल्यै नछोडेको बेइजिङसँगको तनाव शान्त पार्न पूर्व राष्ट्रपति मा ‘शान्तिको यात्रा’ का लागि अप्रिल १ मा चीन आएका थिए ।

दक्षिण कोरियामा संसदीय निर्वाचनका लागि मतदान जारी

बाढीको चपेटामा रूस

जर्मनीमा आपराधिक गतिविधि बढ्दो

सिङ्गापुरमा अनलाइन ठगीमा दोब्बर वृद्धि

उच्च अदालतको आदेशलाई चुनौती दिँदै केजरीवाल सर्वोच्चमा

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ८ : ०१ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले