आजका समाचार : म्याराथन भेटघाटपछि फर्किए भारतीय विदेशसचिव, मंसिरमा उपनिर्वाचन र पार्टी नफुट्ने प्रचण्डको विश्वास  | Khabarhub Khabarhub

आजका समाचार : म्याराथन भेटघाटपछि फर्किए भारतीय विदेशसचिव, मंसिरमा उपनिर्वाचन र पार्टी नफुट्ने प्रचण्डको विश्वास 


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

देशका ३४ स्थानीय जनप्रतिनिधिको पद रिक्त, मंसिरमा उपनिर्वाचन गर्ने तयारी
प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूसँग स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुुक्त हुने सुझाव दिएको छ ।


प्रधानमन्त्री ओलीले जाडोअगावै निर्वाचन मिति तय गर्न र निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गरेका छन् ।

मिति घोषणाअघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आव्हान गर्ने जानकारी गराएको छ ।

प्रधानमन्त्रीलाई मुकुलको पत्र- केही नसोची प्रदेश संरचना खारेज गरौँ

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक स्थगित

कांग्रेस प्रमुख सचेतकले नै उठाए पार्टीको सिद्धान्तमाथि प्रश्न

१८ देशका राजदूतको सुनवाई भोलिदेखि

उद्योगमन्त्रीले भने- परिणाम दिन नसक्नेले जिम्मेवारी छाडे हुन्छ

क्रसर उद्योग महासङ्घद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन पार्टीसँग मन्त्री पौडेलको आग्रह

होटल हिल्टनमा नेपाल–भारत परराष्ट्र सचिवस्तरीय वार्ता, कुनै सम्झौतामा हस्ताक्षर भएन
परराष्ट्र सचिव सेवा लम्साल र नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच सोमबार अपरान्ह भेटवार्ता भएको छ ।

काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा सोमबार मध्यान्ह भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए।

‘उहाँहरूबीच नेपाल र भारतको सम्बन्धका सबै पक्षको समीक्षा गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा छलफल भएको छ’, प्रवक्ता राईले भने, ‘दुई देशबीच गठित विभिन्न संयन्त्रको नियमित बैठक गर्ने तथा भारतीय सहयोगबाट नेपालमा सञ्चालित विभिन्न परियोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि थप कसरी अघि बढ्नेबारे छलफल भयो ।’

परराष्ट्रमन्त्रीले भारतीय विदेश सचिवसँग उठाइन् नयाँ हवाई रुटको विषय

भारतीय विदेशसचिवसँग गृहमन्त्रीले भने- नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौँ

अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिवबीच भेट, दुईदेशीय सम्बन्धबारे छलफल

झोलुंगे पुल निर्माणमा सहजीकरण गरिदिन भारतीय बिदेशसचिवसँग अनुरोध

विदेश सचिव मिस्रीको भ्रमणपछि भारतले भन्यो- नेपालसँगको सम्बन्ध जनस्तरमै बलियो हुँदैछ

प्रचण्ड भन्छन्- माओवादीमा कसैले तलमाथि गर्दैन, पार्टी विभाजन हुँदैन

काठमाडौं– प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी विभाजन हुने कुनै गुञ्जायस नरहेको बताएका छन् ।

सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानीका क्रममा दाहाले यस्तो बताएका हुन् ।


उपममहासचिव जनार्दन शर्माले दस्तावेज नै पेश गरेर अब प्रचण्डले नेतृत्वको विकल्प दिनुपर्ने बताएको सन्दर्भमा उनले पार्टीमा तलमाथि केही नहुने बताउँदै सबै मिलेर अघि बढ्ने जवाफ दिए ।

‘पार्टी बैठकमै नेतृत्व हस्तान्तरणको पस्ताव आएको छ, यसमा के छ तपाईंको धारणा?’ सोमबार उनलाई पत्रकारहरूले घेरेर सोधे । जवाफमा प्रचण्डले भने, ‘हाम्रो पार्टीभित्र केही हुँदैन, सबै मिलेर अगाडि बढ्छन् । तपाईंहरूलाई न छ तनाव त, हामीलाई केही भएको छैन ।’

पाँच लाख नयाँ सदस्य थप्न चार महिने अभियान चलाउँदै जसपा नेपाल

सहकारीको बचत हिनामिना-संसदीय समितिले लियो पूर्वराजाका ज्वाइँसँग बयान

मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

मधेशका चार स्थानीय तहमा खाद्य तथा पोषण कार्यक्रम विस्तार

मनसुन अवधिभर एक करोड वृक्षरोपण गर्न वनमन्त्री शाहीको निर्देशन

कांग्रेसका तीन गुटको किचलोले कोशी सरकार अधुरै

उद्योगीलाई विद्युतको बक्यौता छुट दिन नहुने भन्दै प्रदर्शन
नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको समर्थनमा सोमबार पनि युवाहरूले प्रदर्शन गरेका छन् ।

कुलमानका कारण मुलुकको विद्युत क्षेत्र बलियो भएको भन्दै उनको समर्थनमा युवाहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले ठूला उद्योगीहरूलाई विद्युतको बक्यौता छुट दिन नहुने भन्दै नारावाजी गरेका थिए ।


बक्यौता रकम असुल गर्ने कामबाट फिर्ता नहुने भन्दै उनीहरूले आफूहरू कुलमानको साथमा रहेको जनाएका छन् । प्रदर्शनमा सहभागीहरूले २२ अर्ब विद्युत बक्यौता रकम असुल गर, विद्युत प्राधिकरणभित्रको चलखेल बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्रिवि क्रिकेट रंगशाला स्तरोन्नतिबारे सम्बद्ध निकायबीच सहकार्य

वैतेश्वरमा बाँदर आतंक : बारीको मकै र पस्केको भात पनि छोडेन

७१ लाख बढीको सामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा

नेपालमा डेंगुबाट २ जनाको मृत्यु, सङ्क्रमण बढ्दै

वैतेश्वरमा बाँदर आतंक : बारीको मकै र पस्केको भात पनि छोडेन

बंगलादेशको राजधानीका सडकमा फर्किए प्रहरी

बङ्गलादेशको राजधानी ढाकाका सडकहरूमा प्रहरी फर्किएका छन् ।

सोमबार बिहानैबाट ढाका, बड्डा, बसुन्धरा, मोहाखली, तेजगांव, बाङ्ला मोटर, कारवां बजार, विजय सरानी, जहांगीर गेट, शाहबाग र गुलिस्तान क्षेत्रमा ट्राफिक प्रहरी ड्युटी तैनाथ देखिएका छन् ।


गत सातदिनसम्म विद्यार्थी र स्वयंसेवक सडकमा ट्राफिक सम्हाल्दै आएका थिए । बङ्गलादेशमा अगस्ट ५ मा सरकारको पतनपछि देशभर कयौँ प्रहरी कार्यालय, चौकी, र ट्राफिक प्रहरीका बुथहरूमा आक्रमण भएको थियो ।

आक्रमणबाट कयौँ सुरक्षाकर्मी घाइते भएका थिए । आन्दोलनकारीको डरले सुरक्षाकर्मीहरू चौकी छाडेर भागेका थिए । केही सुरक्षाकर्मीले शान्ति व्यवस्था बहाल नहुँदासम्म काममा नफर्किने घोषणा गरेका थिए ।

बङ्गलादेशी गृह मामिला सल्लाहकार सखावत हुसेनले मागे माफी, भने– सुरक्षा दिन सकेनौँ

युवालाई सहयोग गर्न राष्ट्रसङ्घका उपमहासचिवको आह्वान

थाइल्याण्डका प्रधानमन्त्री श्रेथाको पद जोखिममा

रूसले स्वीकार्‍यो– युक्रेनी सेना सीमाक्षेत्रभन्दा ३० किलोमिटरभित्र पस्यो

बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा सात जनाको मृत्यु, नौ घाइते

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ७ : ५८ बजे

तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे

काठमाडौं – तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीमा

बाढीले क्षति पुर्‍याएको त्रिशूलीको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

गोरखा – त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएको झोलुङ्गे पुल

बाढीपहिरो पीडित आफन्तकहाँ आश्रय लिएर दशैं मनाउँदै

खोटाङ – बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार

बैतडीका भगवती मन्दिरमा जात्रा सम्पन्न, एक हजार पशुबलि चढाइयो

बैतडी । यहाँका विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको

दशैंको किनमेल स्थानीय हाटबजारमा

नवलपरासी – नवदुर्गा सुरु भएसँगै गाउँघरको वातावरण रमाइलो हुने गरेको