दिनभर आज : कांग्रेस महासमिति बैठकको तयारीदेखि माओवादी अधिवेशनसम्म | Khabarhub Khabarhub

दिनभर आज : कांग्रेस महासमिति बैठकको तयारीदेखि माओवादी अधिवेशनसम्म


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने बलियो मत, पदाधिकारीबारे माओवादी अधिवेशनमा विवाद, एमालेले सचिवहरूलाई बुझायो ज्ञापनपत्र, कांग्रेसमा महासमिति बैठकको तयारी तीव्र, राप्रपाले ९ फागुनमा काठमाडौंमा प्रदर्शन गर्ने, लुम्बिनी गुरुयोजनामा रास्वपाको दबाब यात्रा, रवि र जीबीको विवरण पठाउन २० वटा बैंकलाई सम्पत्ति शुद्धीकरण विभागको चिठी, विकल र सुनिललाई थुनामा राखेर अनुसन्धान गर्ने अनुमति, नेपाल ए टिमको सम्भावित ३६ खेलाडी घोषणालगायत रहनेछन् ।

प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने बलियो मत
नेकपमा ओवादी केन्द्रको विधान अधिवेशनका क्रममा सुझाव संकलन गर्ने क्रम आजका लागि सकिएको छ । विभिन्न २० समूहमध्ये आज १३ समूहबाट सुझाव प्रस्तुत भएको छ । भोलि ७ समूहले सुझाव पेश गर्ने छन् ।

सुझाव पेश गर्ने क्रममा कञ्चन खनालले महाधिवेशन प्रतिनिधि पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र सहिद, बेपत्ता र घाइतेका सदस्यका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका रुपमा राख्नुपर्ने सुझाव दिए । उनले पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समुदायलाई समेटेर लैजानुपर्ने बताए ।

पदाधिकारीबारे माओवादी अधिवेशनमा विवाद (विधानको मस्यौदासहित)

माओवादीक‍ो विधान अधिवेशनमा आए चुनाव चिह्नदेखि नामै फेर्नुपर्नेसम्मका सुझाव

माओवादी विधान : पदाधिकारी र केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित!

माओवादी विधान अधिवेशन : २० समूहको सुझाव संकलन सुरु

माओवादीले महिलालाई प्राथमिकता दिएको छ : रेखा शर्मा

माओवादीको स्थायी समिति हटाउन झक्कु सुवेदीको सुझाव

एमालेले सचिवहरूलाई बुझायो ज्ञापनपत्र
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ‘झुलाघाट-चुवा भञ्ज्याङ’ अभियानका क्रममा संकलित नागरिकका समस्या तथा सुझाव समेटिएको ज्ञापनपत्र मुख्यसचिव र विभिन्न मन्त्रालयका सचिवलाई बुझाएको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेल र सो पार्टीका मुख्य सचेतक पदम गिरीले आज नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्याललगायत विभिन्न मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाए ।

कांग्रेसमा महासमिति बैठकको तयारी तीव्र

नागरिकको गुनासो बढ्यो: महामन्त्री थापा

गुणस्तरीय शिक्षाको विकासमा केन्द्रित हुन राष्ट्रपतिको आह्वान

विद्यार्थीले देशको हितमा खोज गर्दै अघि बढ्नुपर्छ : उपराष्ट्रपति यादव

देशभित्रै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउँदैछौँ : स्वास्थ्यमन्त्री बस्नेत

आन्तरिक लोकतन्त्र र नियमको पालना हुनुपर्छ : प्रमुख थपलिया

राप्रपाले ९ फागुनमा काठमाडौंमा प्रदर्शन गर्ने

लुम्बिनी गुरुयोजनामा रास्वपाको दबाब यात्रा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार लुम्बिनी गुरुयोजनामा दबाब यात्रा गरेको छ ।

बुधबार बिहान १० बजे लुम्बिनीको १२ नम्बर गेटबाट दबाब यात्रा सुरु गरेको रास्वपाका महामन्त्री मुकुल ढकालले बताए ।


दबाब यात्राको नेतृत्व सांसद लक्ष्मी तिवारीले गरेकी छन् । दबाब यात्रामा कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय सदस्य इश्रा मुल्ला मिया, प्रमीला कुलुजू सहभागी हुनेछन्। त्यस्तै विभागका तर्फबाट गणेश पौडेल, रामहरि लामिछाने, आशिका श्रेष्ठ लगायतका नेता सहभागी रहेका छन् ।

राप्रपासँग कुनै किसिमको एकता हुन सक्दैन : दुर्गा प्रसाईँ

रवि र जीबीको विवरण पठाउन २० वटा बैंकलाई सम्पत्ति शुद्धीकरण विभागको चिठी

दश मेगावाटसम्मका आयोजनाको पिपिए खुलाउने निर्णय

विकल र सुनिललाई थुनामा राखेर अनुसन्धान गर्ने अनुमति

अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन हुने

निमावि तहमा ८३८ शिक्षकको माग

खेलकुद…

नेपाल ए टिमको सम्भावित ३६ खेलाडी घोषणा, प्रशिक्षकमा ज्ञानेन्द्र र कलाम
नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको ए टिमका लागि सम्भावित ३६ खेलाडीको घोषणा गरेको छ । साथै क्यानले ए टिमका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र कलाम अलीलाई प्रशिक्षकको रूपमा तोकेको छ ।

ए टिममा प्रधानमन्त्री यू–१९ वर्ष मूनीको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समावेश गरिएको छ ।

कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

सीताले ह्याट्रिक विकेट लिँदा कुवेतले दियो नेपाललाई ७४ रनको लक्ष्य

अन्तर्राष्ट्रिय…

युक्रेन आक्रमणका आलोचकको सम्पत्ति जफत गर्नेसम्बन्धी कानुनमा पुटिनले गरे हस्ताक्षर
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार क्रेमलिनको युक्रेन आक्रमणविरुद्ध बोलेको अभियोगमा दोषी ठहरिएका व्यक्तिहरूको सम्पत्ति जफत गर्न अधिकारीहरूलाई अनुमति दिने कानूनमा हस्ताक्षर गरेका छन् ।

मस्कोले सन् २०२२ मा युक्रेनमा सेना पठाएपछि कडा कानून लागू गर्दै यसको आलोचनामाथि प्रतिबन्ध लगाएको छ र सार्वजनिकरूपमा यसको विरोध गर्नेहरूलाई कडा कारबाही गरेको छ ।

पाकिस्तानमा नयाँ सरकार बनाउन कसरत जारी

कङ्गोको शरणार्थी शिविरमा भएको बम विस्फोटको यूनिसेफद्वारा निन्दा

अमेरिकी रक्षामन्त्री अस्टिन उपचारपछि घर फिर्ता

अमेरिकी सदनका नेताद्वारा युक्रेनको सहयोग अस्वीकार

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ७ : ५९ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं