आजका समाचार : प्रधानमन्त्री-झलनाथ खनालबीच भेटदेखि मधेशमा लोसपा बाहिरियोसम्म | Khabarhub Khabarhub

आजका समाचार : प्रधानमन्त्री-झलनाथ खनालबीच भेटदेखि मधेशमा लोसपा बाहिरियोसम्म


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री र झलनाथ खनालबीच भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको विषयमा असन्तुष्ट रहेको बेला प्रधानमन्त्री दाहालले नेता खनालसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् ।


भेटका क्रममा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने विषयमा प्रधानमन्त्रीसँग सकारात्मक कुराकानी भएको नेता खनालले बताए।

उनले धेरै ठूलो समस्या नरहेको उल्लेख गर्दै मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने बित्तिकै सबै कुरा मिल्ने आफूले प्रधानमन्त्रीलाई बताएको जानकारी दिए । उनले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने पहिलाको सहमति कार्यान्वयन गर्नु नै समस्याको समाधानको उपाय हुने बताए ।

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासन : प्रधानमन्त्री

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

नैतिक शिक्षा र देश भक्तिको भावना कमजोर भयो : प्रधानमन्त्री

अबको नीति तथा कार्यक्रमले जनतामा आशा जगाउने छ : प्रधानमन्त्री

संविधान कार्यान्वयनमा राजनीति दलको नै असमझदारी छ : प्रधानमन्त्री

विधेयक बनाउँदा आदिवासी जनजाति महिलाका विषय समेट्न माग
सरोकारवालाहरूले विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा साथ राख्न सरोकारवालाले माग गरेका छन् ।

प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले आज आयोजना गरेको छलफलमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी उपाध्यक्ष यशो कान्ति भट्टचन ले आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा राख्न सुझाव दिइन्।


आदिवासी महिला तथा किशोरीको अधिकार सम्बन्धमा संयुक्त राष्ट्र सङ्घीय महिलाविरुद्ध हुने भेद्भाव उन्मूलन समिति(युएन सिड कमिटी) आधारभूत सिफारिस नं ३९ सम्बन्धमा धारणा राख्ने क्रममा उनले महिलाविरुद्धका सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बन्धी महासन्धि (सिड) सिफारिस राज्यपक्षीय विधायिका, नीति निर्माण गर्ने तह तथा सम्बन्धित सबैलाई मार्ग निर्देशनको रुपमा रहेको बताइन्।

कार्यान्वयनमुखी बजेट ल्याउन विज्ञहरुको सुझा

राष्ट्रियसभा अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाका संसदीय टोलीको भेट

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन

सामाजिक सञ्जालमा उपनिर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आयोगको आग्रह

सुदूरपश्चिममा नाउपाका दुवै नेताको दाबी अस्वीकृत, सोडारी मुख्यमन्त्री बन्ने बाटो खुल्यो
सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेको दुवै दाबी अस्वीकृत गरेका छन् ।

प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी नपुगेको भन्दै पुनः २ दिन समय दिएर फेरि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका हुन् ।


यसो हुँदा अब सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने बाटो खुलेको छ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीले नेपाली कांग्रेस र समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारी मुख्यमन्त्री बन्दै

सरकारलाई कांग्रेसले ढाल्नु पर्दैन, आफै ढल्छ : रमेश लेखक

लोसपाले छाड्यो मधेश सरकार

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन
संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए। प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरुजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

कोरम नपुगेपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छ : गगन थापा

लुम्बिनीका संसदीय समिति सर्वसम्मत चुनिँदै

गठबन्धनबाट दुइ-चार सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ :बास्कोटा

चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि
चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार भएको छ । वृद्धि र बलियो मागलाई उत्तेजित गर्ने नीतिहरूले आर्थिक वृद्धिलाई मद्दत गरेको सरकारले जनाएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा जनवरी(मार्चमा वार्षिक आधारमा पाँच दशमलव तीन प्रतिशतले आर्थिक वृद्धि भएको छ । विश्लेषकहरूले चार दशमलव आठ प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए । अघिल्लो त्रैमासिकको तुलनामा अर्थतन्त्र एक दशमलव छ प्रतिशतले बढेको छ ।

काश्मिरमा डुङ्गा डुब्दा छ जनाको मृत्यु, कयौँ बेपत्ता

इन्डोनेसियामा पहिरो : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

इजराइल आक्रमणपछि इरानले गर्‍यो आणविक केन्द्र बन्द

भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ७ : ५६ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले