आजका समाचार : रविलाई कारबाहीको सिफारिस, संसद्को चालु अधिवेशन अन्त्य र ट्रम्प पुगेको स्थानमा फेरि गोली चल्यो | Khabarhub Khabarhub

आजका समाचार : रविलाई कारबाहीको सिफारिस, संसद्को चालु अधिवेशन अन्त्य र ट्रम्प पुगेको स्थानमा फेरि गोली चल्यो


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

रवि, छवि, कुमार र जीबीलाई कारबाही गर्न सिफारिस
विभिन्न सहकारी संस्थाको ८५ करोड रुपैयाँ हिनामिना गरेको विषयमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालकमध्ये सांसद रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीसहित कुमार रम्तेल र जीवी राईलाई कारवाही गर्न संसदीय छानविन समितिले सरकारलाई निर्देशन दिएको छ ।

कारवाहीका लागि सिफारिस गरिएकामध्ये कुमार रम्तेल हाल कारगारमै छन् भने जीबी राई फरार रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशी भने अहिलेसम्म फरार नरहे पनि छानविनको दायरामा आएका छैनन् ।

संसदीय छानविन समितिको निर्देशनसँगै अब रवि र छविलाई पनि पक्राउ गरी अनुसन्धान गरिनुपर्ने दबाव सरकारमाथि परेको छ ।

सहकारी छानबिन प्रतिवेदमा सबै सदस्यको हस्ताक्षर, रविको नाम किटान

रविबारे यस्तो छ समितिको प्रतिवेदन (निष्कर्षको पूर्णपाठ)

स्वर्णिमको दाबी- रविले क्लिन चिट पाउनुभयो, ठूला पार्टीका ठगहरूको उजागर भयो

सहकारीमा धेरै कुरा फेक छन् : सभापति थापा

पाँच लाखसम्मका साना बचतकर्ताको रकम सरकारको जमानीमा फिर्ता गर्न सुझाव

सहकारीमा नक्कली ऋणीहरू खडा, चुक्ता ऋणको लगत कट्टा नगर्ने समस्या

सानो क्षति भएका सहकारी सदस्यहरूले घाटापूर्ति गर्नुपर्ने समितिको सुझाव

सभापति थापाले भने- सहकारी ठगीमा मुछिएका २९ फरार भेटिएनन्

सहकारीबारेको प्रतिवेदन सरकारले कार्यान्वयन गर्छ : सभापति थापा

सहकारीको बचत हिनामिनामा रवि दोषी, चार सहकारीको ८१ करोड गोर्खा मिडियामा !

सर्वोच्चको प्रधानन्यायाधीशमा प्रकाशमानसिंंह राउत सिफारिस
संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंंह राउतलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।


बैठकमा सहभागी परिषद् सदस्य तथा उपसभामुख इन्दिरा रानामागरले वरिष्ठताका आधारमा सर्वोच्चको प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरिएको बताइन् ।

‘हामीले बैठकबाट प्रधानन्यायाधीशमा प्रकाशमानसिंंह राउतको नाम सिफारिस गरेका छौँ,’ उनले खबरहबसँग भनिन्, ‘सिनियारिटीको हिसाबबाट उहाँ सिफारिसमा पर्नुभएको हो ।’

६५ वर्षे उमेर हदका कारण सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १९ मा अवकाशमा जाँदैछन् । सर्वोच्चका न्यायाधीशहरूको वरिष्ठतामा न्यायाधीश राउत अगाडि थिए । त्यसपछि क्रमशः  सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडाल, नहकुल सुवेदीको नाम परिषद्मा पठाइएको थियो ।

परराष्ट्रमन्त्री डा. राणा क्यानाडा प्रस्थान

संवैधानिक परिषद्को बैठक सुरु, प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल

नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन

विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तार गर्न जरुरी : मन्त्री भण्डारी

हवाई सेवासम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पुगिसक्यो : मन्त्री पाण्डे

काठमाडौं उपत्यकाका आयोजनामा सहकार्य गर्न विश्व बैंकलाई मन्त्री सिंहको आग्रह

संघीय संसद्को चालु अधिवेशन सोमबार रातिदेखि अन्त्य
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को चालु अधिवेशनको अन्त्य गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिस अनुसार सोमबार राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेका हुन् ।


यसअघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।

संसद्‍मा उठ्यो मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउनुपर्ने माग

प्रधानमन्त्री भन्छन्- हामी छुद्र हुँदैनौँ, छिमेकी पनि छुद्र नबनुन्

प्रधानमन्त्री भन्छन्- नेपालको कसैसँग शत्रुता छैन, सबैसँग मित्रता छ

चाडपर्वमा मूल्यवृद्धि रोक्न सांसदको सुझाव

सहकारीको प्रतिवेदन सबै सांसदले पाउने सभामुखको आश्वासन

जुम्लाको स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

पाँचथरमा भएको विस्फोटक पदार्थ बम हो : प्रधानमन्त्री ओली

‘संविधानको मर्मविपरीत जनयुद्धलाई अपमानित गर्ने छुट कसैलाई छैन’

प्रधानमन्त्रीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

राष्ट्रिय सभा : १६ औं अधिवेशनमा १२ वटा विधेयक पारित

प्राकृतिक विपद् पीडितलाई राहत उपलब्ध गराउन माग

रविले दोषी हुँदै होइनौँ भनेर घोषणा गर्नु गैरजिम्मेवारपूर्ण कुरा: प्रवक्ता महत

राष्ट्रियसभा अध्यक्षसमक्ष नवनिर्वाचित समिति सभापतिको शपथ
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभा मातहतका दुई विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सिंहदरबारमा आज आयोजित समारोहमा अध्यक्ष दाहालसमक्ष विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले शपथ लिएका हुन्।


विषयगत समितिका सभापतिले निर्वाचित भएपछि अध्यक्षसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । उनीहरु आजै आ–अफने समितिमा भएको निर्वाचनबाट निर्वाचित भएका हुन् ।

कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

‘नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा’

प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यको सपथग्रहण

ट्रम्प पुगेको स्थानमा फेरि चल्यो गोली
अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी नोभेम्बर ५ को चुनावका रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरी हमलाको प्रयास भएको छ । फ्लोरिडाको वेस्ट पाम बीचमा रहेको उनको गल्फ कोर्समा गल्फ खेलिरहेको बेला गोली चलेको हो ।

सेक्रेट एजेन्टहरुले गोल्फ कोर्स नजिकै एक(४७ सहित एक व्यक्तिलाई देखेपछि गोली चलाएका थिए । तर यस घटनामा ट्रम्प लक्षित गोली प्रहार भने भएको थिएन ।


ट्रम्पको अभियानको मुख्यालय पनि सोही गल्फ कोर्सको परिसरमा रहेकाले ती व्यक्तिले ट्रम्पलाई नै निशाना बनाउन सो स्थलमा आएको मिडिया रिपोर्टमा उल्लेख छ ।

राइफल बोकेका रायन वेस्ली रोथ नाम गरेका एक व्यक्तिलाई पक्राउ गरिएको र यस विषयमा अनुसन्धान भइरहेको सिबिआईले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च

फ्रान्सद्वारा विदेशमन्त्री सेजोर्नलाई युरोपेली आयोगमा मनोनित

गल्फकोर्ष गोली काण्डका आरोपी राउथको ट्रम्प र रुसप्रतिको उत्तिकै घृणा

अफगानिस्तानले आठ हजारभन्दा बढी शिक्षक र कर्मचारी भर्ना गर्ने

पोलिश प्रधानमन्त्रीद्वारा आँधी प्रभावितका लागि २६ करोड डलर सहायता घोषणा

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ७ : ५९ बजे

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले

नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौँ : मन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको भविष्य सम्झेर

‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं – काठमाडौंवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौं – संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको