आजका समाचार : प्रहरी समायोजन टुंग्याउन प्रधानमन्त्रीको निर्देशनदेखि क्रिकेटमा कर्णालीको जितसम्म | Khabarhub Khabarhub

आजका समाचार : प्रहरी समायोजन टुंग्याउन प्रधानमन्त्रीको निर्देशनदेखि क्रिकेटमा कर्णालीको जितसम्म


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्रीको निर्देशन, राष्ट्रियसभा निर्वाचनमा सुरक्षा व्यवस्था मिलाउन आयोगको निर्देशन, प्रधानमन्त्री प्रचण्ड भोलि युगाण्डा जाने, त्रिभुवन विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन, प्रधानमन्त्री कपमा कर्णालीको पहिलो जित, इरान र पाकिस्तानबीच तनावलगायत समाचार रहनेछन् ।

प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन निर्देशन दिएका छन् ।

आज बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।


प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन बोलाएको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित थिए ।

बैठकमा प्रधानमन्त्री दाहालले सङ्घीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन नसकेको बताए । उनले त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको उल्लेख गरे ।

सम्बन्धित समाचार

प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

जनतालाई हैरानी दिने काम बन्द गर्नुहोस् :प्रधानमन्त्री दाहाल

सहकारीका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनसम्बन्धी अध्यादेश सिफारिस गर्ने सरकारको निर्णय

बुधबार बसेको मन्त्रिपरिषद बैठकले के गर्‍यो निर्णय ?

प्रधानमन्त्री प्रचण्ड भोलि युगाण्डा जाने

 आयोगको निर्देशन
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले गृह मन्त्रालयको समन्वयमा सुरक्षा निकायबाट आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको हो ।

निर्वाचन व्यवस्थापनलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदानस्थललगायत निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए ।

सम्बन्धित समाचार

राष्ट्रियसभा निर्वाचन : सुरक्षा व्यवस्था मिलाउन आयोगको निर्देशन

गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्तिलाई कांग्रेसको आग्रह

हाम्रो सिफारिस…

गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा संखुवासभाका एक जना पक्राउ

एडीबीसँग १६ करोड डलर ऋण र ६० लाख डलरको अनुदान सम्झौता

त्रिभुवन विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन

नक्कली मदिरा बेच्ने गिरोह सक्रिय, नौ जना पक्राउ

रारामा छ हजार बढी पर्यटक
नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको रारामा छ महिनामा छ हजार बढी पर्यटक पुगेका छन् ।

रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १ गतेदेखि पुस मसान्तसम्ममा आन्तरिक पर्यटक छ हजार पाँच सय ५७, सार्क तथा विदेशी मुलुकबाट एक सय ५६ गरी छ महिनामा छ हजार सात सय १३ पर्यटकले रारा अवलोकन भ्रमण गरेका छन् ।

थप…

रारामा छ हजार बढी पर्यटक

उपल्लो मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्यो

खेल

प्रधानमन्त्री कपमा कर्णालीको पहिलो जित
कर्णाली प्रदेशले लुम्बिनी प्रदेशमाथि शानदार जित हासिल गरेको छ ।

बुधबार भैरहवामा सम्पन्न जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गरेको हो । यसअघि दुई खेलमा लगातार हार बेहोरेको कर्णालीले पहिलोपटक हासिल गरेको हो ।

सम्बन्धित समाचार

सूर्य तामाङ चम्किदा बागमतीसँग आर्मी स्तब्ध

केपी ओली कप फुटबल फागुन ११ गतेदेखि सुरु हुने

अन्तर्राष्ट्रिय…

इरान र पाकिस्तानबीच तनाव

 हवाई क्षेत्र उल्लङ्घनको विवादका कारण इरान र पाकिस्तानबीच तनाव उत्पन्न भएको छ । इरानले पाकिस्तानी भूमिमा गरेको क्षेप्यास्त्र आक्रमणबाट दुई बालबालिकाको मृत्यु हुनुका साथै तीन बालिका घाइते भएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।

पाकिस्तानले इरानद्वारा आफ्नो हवाई क्षेत्रको उल्लङ्घनको कडा निन्दा गरेको मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ । मन्त्रालयले देशको सार्वभौमिकताको यो उल्लङ्घन पूर्ण रूपमा अस्वीकार्य रहेको ठहर गर्दै यसको गम्भीर परिणाम हुन सक्ने चेतावनी दिएको छ । पाकिस्तानको कडा विरोध तेहरानमा इरानी विदेश मन्त्रालयका सम्बन्धित वरिष्ठ अधिकारीसमक्ष दर्ता भइसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

थप…

क्षेप्यास्त्र आक्रमणपछि इरान र पाकिस्तानबीच तनाव

पाकिस्तान : चुनाव चिह्न विवादका कारण निर्वाचन मिति सर्नसक्ने

चीनको शहरी क्षेत्रको बेरोजगारी दर ५.२ प्रतिशत

युरोपमा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण बढ्दो 

हेङशुई ताल क्षेत्रमा जाडो छल्न ५० हजार चराको आगमन

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ७ : ५९ बजे

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि