मोरङको ग्रामथानमा रास्वपाको उम्मेदवारी, नवीन विश्वास मैदानमा « Khabarhub

मोरङको ग्रामथानमा रास्वपाको उम्मेदवारी, नवीन विश्वास मैदानमा


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

विराटनगर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक स्थानीय तह निर्वाचन लड्ने भएको छ।

२०७९ को निर्वाचन हुनुअघि ६ महिनाअघि खुलेको यस दलले संघीय संसद्‍मा २१ सीट जितेको थियो । त्यसबेला प्रदेशमा उम्मेदवारी नदिएको रास्वपाले पहिलो पटक स्थानीय तहको निर्वाचन लड्ने भएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदमा उठ्न तयार सुजता थापालाई मनोनयनमा जाने तयारी गरिरहेका बेला शनिबार मंसिर १ गते दिउँसो करिब १ बजे ४०/५० जनाको समूहले घरमै आएर धक्की दिएको भन्दै रास्वपाले विरोध जनाएको थियो ।

थापा र उनका श्रीमान् बल थापालाई करिब ४०-४५ जना युवाहरूको समूहले घरबाट लछारपछार गर्दै अपहरण शैलीमा अज्ञातस्थलतर्फ लिएर गएको दाबी रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले गरेका थिए । यस्तोमा देशका ४४ स्थानमा हुन लागेको उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने-नगर्ने टुंगो दिउँसो ३ बजे गर्ने बताएको रास्वपाबाट मोरङको ग्रामथानमा भने उम्मेदवारी दर्ता भइसकेको छ ।

ग्रामथान गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले नवीनकुमार विश्वासलाई उम्मेदवार बनाएको छ । त्यहाँ रास्वपाका कार्यकर्ताहरू र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विश्वासले मनोनयन दर्ता गराइसकेका छन् ।

विश्वासको मनोनयन दर्ता गराउने क्रममा रास्वपाकी कान्छी सांसद निशा डाँगी पनि पुगेकी थिइन् । उनी झापाको भद्रपुर नरपालिका निवासी समानुपातिक सांसद हुन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  २ : ५६ बजे

प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण

सामुदायिक वन उपभोक्ता समूहका पूर्वपदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

जाजरकोट- जाजरकोटस्थित चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरूविरुद्ध

नेपालगञ्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’ गोदाममा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै

किएभ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको युद्ध अन्त्य गर्ने

बाजुरामा भूकम्पको धक्का

काठमाडौं- बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार साँझ ६