आजका समाचार : माओवादी हराउन कांग्रेस-एमालेको अनौठो तालमेल, कीर्तिपुरबाट पछि हट्यो रास्वपा, पाकिस्तान र बंगलादेश नजिकिँदा भारतलाई तनाव | Khabarhub Khabarhub

आजका समाचार : माओवादी हराउन कांग्रेस-एमालेको अनौठो तालमेल, कीर्तिपुरबाट पछि हट्यो रास्वपा, पाकिस्तान र बंगलादेश नजिकिँदा भारतलाई तनाव


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

ज्ञान र योगका माध्यमबाट समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान र योगका माध्यमबाट व्यक्ति तथा समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्ने बताएका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा स्थापना भएको ब्रह्मकुमारी ज्ञान सरोवर एकेडेमी तथा रिट्रिट सेन्टरको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले ब्रह्मकुमारीले चलाएको आध्यात्मिक जागरणको अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य एवं सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।

माओवादी गढमा सत्तारुढ दलको तालमेल : उम्मेदवार एमालेको, चुनाव चिह्न कांग्रेसको

आसन्न स्थानीय तहको उपनिर्वाचनमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले अनौठो चुनावी तालमेल गरेका छन् ।

सशस्त्र संघर्षको समयदेखि नै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको गढका रुपमा परिचित पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा कांग्रेस र एमालेले अचम्म लाग्दो चुनावी तालमेल गरेका हु्न् ।

उपनिर्वाचन : मोरङको ग्रामथान गाँउपालिका अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

विश्वप्रकाश भन्छन्- उपनिर्वाचनमा पनि कांग्रेस पहिलो पार्टी बन्छ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीको रुपमा प्रकट हुने दाबी गरेका छन् ।

आइतबार कीर्तिपुर नगरको प्रमुख पदका आफ्ना पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले देशभरको तथ्य हेर्दा उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने देखिएको बताए ।

श्रीलंकामा कम्युनिष्ट सरकार बनेपछि एमाले खुसी, महासचिव पोखरेलले दिए बधाई

श्रीलङ्कामा १४ नोभेम्बरमा सम्पन्न संसदीय निर्वाचनमा कम्युनिष्ट पार्टीले ठूलो विजय प्राप्त गरेकोमा नेपालको सत्तारुढ नेकपा एमालेले खुसी प्रकट गरेको छ ।

श्रीलङ्कामा कम्युनिस्ट पार्टीले निर्वाचनमा हासिल गरेको अपूर्व सफलताप्रति खुसी प्रकट गर्दै एमालेले बधाई दिएको हो । निर्वाचनमा २ सय २५ स्थानमध्ये १ सय ५९ स्थान जितेर नेसनल पिपुल्स पावर (एनपिपी) पार्टीले दुईतिहाइ बहुमत हासिल गरेको छ ।

माओवादी-समाजवादी तालमेल, कीर्तिपुरको मेयरमा संयुक्त उम्मेदवारी

यही मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा दुई प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका छन् ।

यी दुई दलले काठमाडौं जिल्लाका दुई स्थानीय तहमा तालमेलसहित आइतबार उम्मेदवारी दिएका हुन् ।

रवि र साझेदार छविविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

सहकारी संस्थाको बचत रकम हिनामिनामा मुछिएर गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

कीर्तिपुरमा रास्वपाको साथ स्वतन्त्रलाई, यी हुन् अरु २६ स्थानमा प्रतिस्पर्धी (सूचीसहित)

रास्वपाले भन्यो- हामी बीआरआईको विपक्षमा छैनौँ, तर सरकारले छलफल गरोस्

रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो

रास्वपाले मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन थाल्ने

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा उनको आइतबार दिउँसो ८३ वर्षको उमेरमा निधन भएको हो ।

वरिष्ठ अधिवक्तासमेत रहेका ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए ।

कोशी प्रदेशको पुनः नामकरण माग गर्दै विराटनगरमा प्रदर्शन

पहिचान पक्षधरहरूले कोशी प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने मागसहित विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।

आइतबार विराटनगरमा प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संर्घष समितिको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।

कीर्तिपुरकी कार्यवाहक मेयरको कार्यकक्षमा वडाध्यक्षको तोडफोड

काठमाडौंको कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यको कार्यकक्षमा एकजना वडाध्यक्षले तोडफोड गरेका छन् ।

वडा नम्बर ३ का वडाध्यक्ष सुविन्द्र महर्जनले कार्यवाहक मेयरको कार्यकक्षमा तोडफोड गरेका हुन् ।

भोलिदेखि जनकपुरधामका निजी विद्यालय अनिश्चितकालका लागि बन्द

निजी विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण निजी विद्यालयहरू भोलीदेखि बन्द गर्ने निर्णय गरेका छन् ।

निजी विद्यालयका संगठनहरुले संयुक्तरुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबारदेखि अनिश्चितकालका लागि संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

तनहुँको बन्दीपुरमा दुईवटा बस जुध्दा एकजनाको मृत्यु, २९ यात्रु घाइते

तनहुँको बन्दीपुरमा दुईवटा यात्रु बस एकापसमा जुध्दा कम्तीमा पनि एकजनाको ज्यान गएको छ ।

मुग्लिङ-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको बन्दिपुर नगरपालिका-५ नया पुलमा दुईवटा यात्रुबाहक बस ठक्कर खाँदा एकजना चालकको ज्यान गएको हो ।

चितवनको जलविरेमा बस दुर्घटना

चितवनको जलविरेमा बस दुर्घटना भएको छ । गएराति गौरबाट काठमडौंतर्फ आइरहेको ना ६ ख १५५४ नम्बरको बस अनियन्त्रत भई चितवनको जलविरेस्थित पुलमा ठोक्किएर दुर्घटना भएको हो ।

राति साढे २ बजे भएको दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । पुलको रेलिङमा ठोक्किएर रोकिएकाले बस त्रिशूलीमा खस्नबाट जोगिएको थियो ।

दुर्घटना न्यूनीकरणका लागि संवेदनशील र जिम्मेवार भएर लाग्न गृहमन्त्रीको निर्देशन

अर्थसंक्षेप : विकासोन्मुख देशमा ७.९ प्रतिशत महँगी, नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीको आकर्षण

अन्तर्राष्ट्रिय…

एउटा कार्गो जहाजसँग किन आत्तिँदैछ भारत ?

प्राकृतिक मामिलामा विषमताको महादेश भनी चिनिने एसियाको महत्वपूर्ण हिस्सा दक्षिण एसिया अस्थिर राजनीतिको केन्द्र मानिन्छ । यो क्षेत्रको राजनीतिक अस्थिरताले विश्वकै कूटनीति र सामरिक नीतिसमेतलाई निर्देश गर्ने गरेको छ ।

भारत र पाकिस्तानलाई लिएर विश्वका शक्ति राष्ट्रहरूले अपनाउने परराष्ट्र नीति होस् या बंगालको खाडीदेखि हिन्द महासागर हुँदै गल्फ अफ ओमानसम्म सामरिक उपस्थिति देखाउन महाशक्तिहरूको खिचातानीको दक्षिण एसियाको रणनीतिक महत्व पुष्टि गर्छ ।

ट्रम्प निर्वाचित भएपछि युद्ध अन्त्य हुने जेलेन्सकीको विश्वास

युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि आफ्नो देशमा जारी युद्ध अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। उनले ट्रम्प विजयी भएपछि फोनवार्ता भएको समेत जनाए। उनले यस विषयमा ट्रम्पसँग भएको टेलिफोन वार्तामा रुसका मागका बारे कुनै कुरा नभएको तथा युक्रेनको वर्तमान पोजिसन धरमराउने कुनै विषयमा कुरा नभएको जनाए।

सन् २०२२ को फेब्रुअरीदेखि सुरु भएको रुस र युक्रेनको युद्ध तत्काल रोकिनु पर्नेमा ट्रम्पले जोड दिँदै आएका छन्। उनले युक्रेनमा लगातार सैन्य सहयोग गरी रहँदा अमेरिकाको श्रोत समेत खर्च भएको बताएका थिए। उनले निर्वाचन अभियानको क्रममा सो कुरा जोडतोडले उठाएका थिए।

इजरायली हवाई आक्रमणबाट गाजामा २० जनाको मृत्यु

बङ्गलादेशको सेनालाई प्रदत्त न्यायिक अधिकार थप दुई महिनाका लागि बिस्तार

हाइटीमा सामूहिक हिंसाका कारण २० हजारभन्दा बढी विस्थापित

रुसद्वारा युक्रेनको पूर्वाधारमा अहिलेसम्मकै भीषण क्षेप्यास्त्र र ड्रोन आक्रमण

खेलकुद…

चौथो टी-२० मा इंग्ल्याण्डविरुद्ध वेस्ट इन्डिजको जित

ब्याट्सम्यान जमेको चौथो टी-२० खेलमा वेस्ट इन्डिजले इङ्गल्यान्डलाई ५ विकेटले हराएको छ। इंग्ल्याण्डले दिएको २१९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १ ओभर बाँकी रहँदा ५ विकेटको क्षतिमा २२१ रन जोडेको हो।

वेस्ट इन्डिजको जितका लागि प्रारम्भिक जोडी एभिन लेविस र साइ होपले ९ ओभरमा १३६ रनको साझेदारी गरेका थिए। १० औँ ओभरको पहिलो बलमा रेहन अहमदको बलमा लेविस आउट भएपछि सो साझेदारी टुटेको थियो। सो समयमा खेल वेस्ट इन्डिजको पक्षमा पुगिसकेको थियो। लेविसले ३१ बलमा ४ चौका र ७ छक्काको सहयोगमा ६८ रन प्रहार गरे।

नेसन्स कप : विपक्षीको पोस्टमा जर्मनीले गर्‍यो सात गोल

नेदरल्यान्ड्ससँग हंगेरी ४-० ले पराजित

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ८ : ०६ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत