आजका समाचार : लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका, राहुलले छाडेको ठाउँमा प्रियंका उठ्ने | Khabarhub Khabarhub

आजका समाचार : लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका, राहुलले छाडेको ठाउँमा प्रियंका उठ्ने


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

संसदीय समितिले थाल्यो छानबिन, बुझाइयो २० वटा समस्याग्रस्त सहकारीको फाइल
सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले मंगलबार दिउँसो सहकारी मन्त्रालय, सहकारी बोर्ड लगायत सम्बन्धित सरकारी निकायका अधिकारीहरूसँग छलफल गरेको छ ।

मंगलबारबाटै काम थालेको समितिले संसद् भवन बानेश्वरमा बसेको बैठकमा समस्याग्रस्त सहकारीको अवस्था, कानुनी समस्या र नियमनको व्यवस्था लगायत विषयमा सरोकारवाला सरकारी नियकासँग छलफल गरेको हो ।


बैठकमा २० वटा समस्याग्रस्त सहकारीका सन्दर्भमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्यसचिवले लिखित प्रतिवेदन बुझाएको समिति संयोजक सूर्य थापाले जानकारी दिएका छन् ।

बाँकी अनुसूचीमा रहेका २९ वटा समस्याग्रस्त सहकारीका विषयमा सहकारी विभागका तर्फबाट जानकारी लिइएको उनले बताएका छन् ।

ताप्लेजुङमा राहत र उद्धारका लागि गृहमन्त्रीको ध्यानाकर्षण

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन

औद्योगिक क्रान्तिमा परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा

सीके भन्छन्- सरकारमा जाने हतारो छैन, बजेट पास भएपछि निर्णय हुन्छ

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण भएको छैन

लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट पुस्तिका च्यातेका छन् । उनले प्रतिनिधिसभाको रोष्टममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् ।

उनले बजेटप्रति सुरुबाट नै विरोध जनाउँदै आएका थिए । मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका छन् ।


उनले भने, ‘सामान्यतयाः म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्‍याउने मन छ । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर यहाँ राख्छु मैले १’

उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा परेपछि नै आफूलाई रिस उठेको बताए ।

प्रतिनिधिसभामा बजेटका शीर्षकमाथि मन्त्रालयगत छलफल जारी रहने

संसद्‍मा प्रदीप पौडेलले भने : राष्ट्रिय अनुसन्धानलाई प्रधानमन्त्रीमातहत राख्न मिल्दैन

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन माग

अपांगता भएका व्यक्तिलाई बैंकिङ सेवासुविधा उपलब्ध गराउन माग

सुरक्षण मुद्रणसम्बन्धी विधेयक संशोधन प्रस्ताव स्वीकृत

अमरेशकुमार भन्छन्- बजेटमा पक्षपात भयो, पारित गर्ने दिन संसद् बहिष्कार गर्छु

८२५ शिक्षकले राजनीतिक दलको सदस्यता त्यागे : शिक्षामन्त्री श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको दाबी गरेकी छन् ।

मंगलबार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्द उनले अहिलेसम्म ८२५ शिक्षकहरूले दलीय आवद्धता त्यागेको दाबी गरेकी हुन् ।


उनले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरकी छन । उनले शिक्षामा दलिय राजनीतिकरण अन्त्य गर्ने कार्यको थालनी भएको बताइन्।

विपद् व्यवस्थापनका लागि मिलेर अगाडि बढौँ : मुख्यमन्त्री सिंह

बेनी-दरबाङ सडक कालोपत्र, स्थानीयलाई सहज

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन

कालिका मन्दिरबाट एक महिनामा १८ लाख संकलन

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध
गए रातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ ।

बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चापागाइँले जानकारी दिए ।


सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उनको भनाइ छ ।

सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन् ।

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त

मध्यपहाडी लोकमार्ग : समयअगावै पुल निर्माण

साँफे–मार्तडी सडक अवरुद्ध

अन्तराष्ट्रिय…

भारत र ओमनबीच स्वतन्त्र व्यापार सम्झौता हुँदै
भारत र ओमनबीच स्वतन्त्र व्यापार सम्झौता हुने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालकै पहिलो १ सय दिनभित्र दुई मुलुकबीच स्वतन्त्र व्यापार सम्झौता हुने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रधानमन्त्री मोदीले यस सम्झौतासँगै दुई मुलुकबीचको रणनीतिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा गरिएको बताए । अन्तिम सम्झौताअघि यसबारे पुनरावलोकन गर्न भारतीय वाणिज्यमन्त्री पियूष गोयललाई जिम्मा दिइएको छ ।

प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालको अन्त्यतिर यस सम्झौताबारे छलफल सम्पन्न भएको छलफलमा संलग्न दुई जना अधिकारीले बताए । यस सम्झौताको प्रक्रिया अन्तिम चरणमा रहेको र दुबै पक्ष सहमत भए चाँडै यसबारे टुंगो लाग्ने छ ।

पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी

दक्षिणी रुसको तेल ट्यांकी भण्डारमा ड्रोन आक्रमण

अमेरिकामा भारी वर्षा र पहिरोमा परी १३ जनाको मृत्यु

राहुल गान्धीले छोडेको वायनाडबाट प्रियंका चुनाव लड्ने

तेस्रो पटक प्रधानमन्त्री बनेपछि आफ्नो निर्वाचन क्षेत्र बनारसमा मोदी

अपहरणमा परेकी बालिका तीन वर्षसम्म पनि नभेटिएपछि लण्डनमा प्रदर्शन

दक्षिणी इटालीमा दुई जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी बेपत्ता

उत्तरी इरानको एक अस्पतालमा आगलागी, नौ जनाको मृत्यु

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ८ : ०० बजे

त्रिभुवन विमानस्थल क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही हुने

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा

श्रीलंकामा दिसानायकेले राष्ट्रपतिको शपथ लिँदै गर्दा नेपाल छिरेका राजापाक्षे लुम्बिनी पुगे

काठमाडौं- कोलम्बोमा नवनिर्वाचित वामपन्थी रास्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिँदै

जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले भने- युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो

काठमाडौं– दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको दौडमा रहेकाडोनाल्ड ट्रम्पले शुक्रबार

त्रिशुलीमा फसेका थप एउटा टिप्पर र दुई स्काभेटर बाढीले बगायो

काठमाडौं – त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका

प्रधानमन्त्रीले राष्ट्रसंघमा उठाए जलवायु परिवर्तन, गरिबी र युद्धदेखि गौतम बुद्धसम्मका कुरा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामार्फत