आजका समाचार : देशभर संविधान दिवस, १६ राजदूत अनुमोदित र लेबनानमा पेजर र वाकीटकी प्रतिबन्ध | Khabarhub Khabarhub

 आजका समाचार : देशभर संविधान दिवस, १६ राजदूत अनुमोदित र लेबनानमा पेजर र वाकीटकी प्रतिबन्ध


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

टुँडिखेलमा संविधान दिवस 
संविधान र राष्ट्रिय दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बिहीबार एक कार्यक्रम आयोजना गरिएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस- २०८१ आयोजन मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको हो ।


समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्तिहरू सहभागी भए ।

समारोहमा उपराष्ट्रपति रामसहाय यादव र सरकारका उच्च अन्य अधिकारी पनि सहभागी भए । कार्यक्रममा नेपाली सेनाले विशेष प्रस्तुति दिएको थियो ।

दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’, सर्वसाधारणदेखि प्रधानमन्त्रीसम्म

तस्बिरहरू

दरबारमार्गको कन्सर्टमा कुटिए बालेनका समर्थक

१६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

संविधानको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक

रविको गुनासो – कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजिँदै छ

प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

संविधानले नेपाली समाजलाई एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस– २०८१ का अवसरमा आज शुभकामना दिँदै उनले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गरेका छन् ।


राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, ‘हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन्, यसका लागि राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ । अन्यथा, व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन ।’

सबैको भावनालाई संविधानले संरक्षण गरेको छ : प्रधानमन्त्री

मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा

संविधानको पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे

जनताको अवस्था बदल्न दृढताका साथ अघि बढौँ : प्रचण्ड

भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल

‘वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज हो’

माओवादी बैठक : अखिल क्रान्तिकारीको सम्मेलन १० दिनभित्र गर्ने निर्णय
नेकपा ९माओवादी केन्द्र०ले पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन १० दिनभित्र गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।


पार्टी अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड र महासचिव देव गुरुङले संगठन इन्चार्ज र अध्यक्षसँग छलफल गरेर १० दिनभित्र राष्ट्रिय सम्मेलन गर्ने गरि मिति तय गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

दुर्गा प्रसाईंलाई पक्राउ पुर्जी : ओलीको विरोधले होइन, ज्वाला संग्रौलाको चरित्र हत्या गरेकाले

अन्नपूर्ण न्यूरोलाई फोहर व्यवस्थापन गर्न ७ दिनको अल्टिमेटम

सुपथ मूल्य पसलका कुन सामानमा कति छुट ?

संविधान संशोधनका नाममा राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न पाइँदैन : रवि लामिछाने

संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छ : उपसभापति वाग्ले

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड

मुगुमा असोज ७ देखि सुपथ मूल्य पसल सञ्चालन हुने

संविधानको विरोधमा तमलोपाले जनकपुरधाममा गाड्यो कालो झण्डा
महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले संविधान दिवसको विरोधमा जनकपुरधाममा कालो झण्डा गाडेको छ ।

वर्तमान संविधानले सबै नेपालीको अधिकारलाई सम्बोधन गर्न नसकेको भन्दै तमलोपाले जनकपुरधामस्थित भानु चोकमा कालो झण्डा गाडेको हो ।


तमलोपाका केन्द्रीय सदस्य ईश्वर पण्डित नेतृत्वका तमलोपा कार्यकर्ताले नारावाजी गर्दै कालो झण्डा गाडेका हुन् ।

विरोधमा सहभागी मलोपा केन्द्रीय सदस्य विभा ठाकुरले मधेसी जनताको विरोधका बावजुद संविधान लादिएकाले वर्तमान संविधान अपूरो रहेको बताइन् ।

संविधानको विरोधमा सडकमै सुते राजेन्द्र महतो

मधेस केन्द्रित दलहरू वर्तमान संविधानको विपक्षमा छैनन् : प्रदीप ज्ञवाली

मधेश प्रदेशमा पहिलो पटक मनाइयो संविधान दिवस

प्रदेश सरकारलाई बलियो बनाएमा गणतन्त्र मजबुत हुन्छ : मुख्यमन्त्री सिंह

लेबनानमा वाकिटकी आक्रमणमा २० जनाको मृत्यु
लेबनानमा दोस्रो वेभको वायरलेस सञ्चार डिभाइस विस्फोटमा २० जना मारिएका छन् भने ४५० जना घाइते भएका छन्। बेरुत, बेक्का उपत्यका र दक्षिण लेबनानका विभिन्न स्थानमा हिजबुल्लाहले बोकेको वाक्की टक्की विस्फोट भएको छ।

मंगलबार भएको पेजर विस्फोटको क्रममा मारिनेकै अन्त्येष्टि भइरहेको समयमा पनि विस्फोट भएको थियो। इजरायलका रक्षा मन्त्री युसुफ गालान्टले युद्ध नयाँ चरणमा प्रवेश गरेको बताए पनि यो युद्ध सुरु भएको हो।


संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुरिटेजले यो नाटकीय घटनाले आश्चर्यमा पारेको बताए।

इजरायल र हमासको बिचमा ११ महिना लामो युद्धपछि अहिले लेबनानमा भएको यो विस्फोटले धेरैलाई आतङ्कित तुल्याएको छ।

लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध

फिजीका विद्रोही नेता स्पेइटलाई जेल सजाय माफी

सञ्चार उपकरण विस्फोटको दोस्रो लहरपछि लेबनानको हेजबुल्लाह अव्यवस्थित

राष्ट्रपतीय निर्वाचन : आप्रवासी र मजदुरमा प्रभाव बढाउँदै ह्यारिस

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ७ : ५९ बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले