आजका समाचार : फेरि झमेलामा दुर्गा प्रसाईं, बालुवाटारमा कांग्रेस-एमाले गन्थन, बढ्यो आणविक युद्धको त्रास | Khabarhub Khabarhub

आजका समाचार : फेरि झमेलामा दुर्गा प्रसाईं, बालुवाटारमा कांग्रेस-एमाले गन्थन, बढ्यो आणविक युद्धको त्रास


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

मन्त्रिपरिषद् बैठक स्थगित, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
मंगलबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । मन्त्रिपरिषद् स्थगित भएपछि अहिले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

सोमबार पनि छलफल गरेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार पनि बालुवाटारमा संवाद सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।


शीर्ष तहको यो छलफलमा अहिले कांग्रेसबाट सभापति देउवा, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा सहभागी छन्।

एमालेबाट प्रधानमन्त्री ओलीसहित अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवम् एमाले उपमहासचिव विष्णु रिमाल लगायत सहभागी छन् ।

पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश मन्त्रीले गुहारे प्रधानमन्त्री

विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने

प्रधानमन्त्रीसँग अष्ट्रेलियाका राजदूतको भेट

ऊर्जामन्त्री खड्का र विश्व खाद्य संगठनका प्रतिनिधिबीच भेट

नेपालका २६ कूटनीतिज्ञ तथा अधिकारी भारत भ्रमणमा जाँदै

कांग्रेसले उपनिर्वाचन जितेर जनताको विश्वास बढाउनु पर्छ : नेता महर

शारीरिक सुगठनमा विजयी खेलाडी प्रधानमन्त्रीबाट सम्मानित

प्रसाईंलाई अस्पतालपछि म्याद लिन सीआईबीबाट अदालततिर
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० द्वारा पक्राउ गरिएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध तीनवटा अभियोगमा मुद्दा चलाउन अदालत लगिँदैछ ।

सीआईबीको हिरासतमा रहेका उनलाई सुरुमा चिरायु अस्पतालमा स्वास्थ्य परीक्षण गरिसकेपछि म्याद लिन जिल्ला अदालत काठमाडौं लगिँदैछ ।


प्रसाईंलाई साइबर अपराध, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान अघि बढाएर मुद्दा चलाउने तयारी भएको छ ।

सीआईबी प्रवक्ता एवम् एसपी होविन्द्र बोगटी ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको भेटिएपछि प्रसाईंलाई पक्राउ गरिएको बताए ।

दुर्गा प्रसाईंसँग मिलेर प्रधानमन्त्रीबारे ‘फेक भिडियो’ बनाउने नौ युट्युब च्यानललाई कारबाही

प्रसाईं पक्राउ प्रकरण : भिडियो बनाउने दर्जन युट्युबर पनि अनुसन्धानमा तानिँदै

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसहितको अभियोगमा मुद्दा चलाइने

रविलाई डर : सरकारले ९० दिनसम्मै हिरासतमा थुन्न सक्छ

कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

उपनिर्वाचन  : ९ संस्थालाई पर्यवेक्षण गर्न अनुमति
निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा ९ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ ।

आयोगले यसका लागि कार्तिक २६ गतेदेखि ३० गतेसम्म आवेदन मागेको थियो । आयोगले तोकिएको अवधिभित्र निवेदन दिने ९ वटा संस्थाहरूलाई स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ को दफा १९७ बमोजिम स्थानीय तह उपनिर्वाचन, २०८१ को पर्यवेक्षण गर्न अनुमति दिने निर्णय गरेको प्रवक्ता नीता पोखरेलले जानकारी दिएकी छन् ।


अनुमति प्राप्‍त संस्थाहरूबाट खटाइने स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ को दफा १९६ बमोजिम योग्यता पुगेका पर्यवेक्षकहरूको सङ्ख्या यकिन गरी सबै स्थानीय तहको पर्यवेक्षण हुने र एक मतदान केन्द्रमा एक संस्थाबाट बढीमा २ जनासम्म पर्यवेक्षक रहने गरी राष्ट्रिय पर्यवेक्षक परिचयपत्र उपलब्ध गराइने आयोगले जानकारी दिएको छ ।

सुरक्षा निकायका अधिकारीलाई गृहमन्त्रीको निर्देशन- नवीन सोचका साथ काम गर्नू

चुरे दोहनका कारण जटिल समस्या उत्पन्न हुँदैछ : मन्त्री यादव

बाढीपहिरोबाट ऊर्जा र सिँचाइमा १३ अर्ब बढीको क्षति

सेवा प्रवाहका लागि उपकरण र जनशक्ति आवश्यक

कांग्रेसले सांसद बजगाईंलाई सोध्यो स्पष्टीकरण

उपनिर्वाचन : आयोगले शुरु गर्‍यो कल सेन्टर

एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँ : मन्त्री पौडेल

डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात घाइते
डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आइरहेको जिप परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा आज दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु१ज ४५७९ नम्बरको जिप सडकबाट ३० मिटर तल खसेको हो । दुर्घटनामा सात जना घाइते भएका छन् । तीमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई उपचारका लागि धनगढी लगिएको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।

विकट गुर्जागाउँ जोड्ने सडकको देउरालीसम्म ‘ट्रयाक’ खुल्यो

मध्यपहाडी लोकमार्गको खरङ्वा–यावरा खण्डमा कालोपत्र गरिँदै

डोटी सवारी दुर्घटना : क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध

विष्णुमती करिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो

धादिङको खयरघारीबाट ट्रक त्रिशूलीमा खस्यो, तीनजनाको उद्धार

मालढुङ्गा–बेनी सडक आजदेखि दैनिक ६ घण्टा बन्द

१७ क्विन्टल गाँजासहित एकजना पक्राउ

युक्रेनलाई मस्कोसम्मै मिसाइल हान्ने अनुमतिपछि पुटिन आक्रोशित
राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार एक संशोधित आणविक सिद्धान्तमा हस्ताक्षर गर्दै आणविक शक्तिद्वारा समर्थित कुनै पनि राष्ट्रले रूसमाथि गरेको परम्परागत आक्रमणलाई उनको देशमाथि संयुक्त आक्रमण मानिने घोषणा गरेका छन् ।

पुटिनको नयाँ आणविक प्रतिरोध नीतिको समर्थन सन् २०२२ फेब्रुअरी २४ मा उनले युक्रेनमा सैनिक पठाएको एक हजारौँ दिनमा आएको छ । यो अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनलाई अमेरिकी–आपूर्ति गरिएका लामो दूरीका क्षेप्यास्त्रहरूले रूसभित्रका लक्ष्यहरूमा आक्रमण गर्न दिने निर्णयपछि आएको हो ।


रुसमा कुनै पनि ठूलो हवाई आक्रमणले आणविक प्रतिक्रियालाई ट्रिगर गर्न सक्छ भन्ने सिद्धान्तमा हस्ताक्षर गर्दा मस्कोले युक्रेनमा सुस्त गतिमा आक्रमण गरिरहेको बेला पश्चिमलाई पछाडि हट्न बाध्य पार्न देशको आणविक हतियार प्रयोग गर्न पुटिनको तयारीलाई देखाउँछ ।

लेबनानमा दुई सय भन्दा बढी बालबालिकाको मृत्यु

चिनियाँ र पाकिस्तानी सेनाले आतंकवादविरोधी संयुक्त अभ्यास गर्ने

नजिकिँदै चीन-भारत : सीमामा शान्तिपछि सिधा हवाई उडानदेखि भिसा सुविधाबारे छलफल

युक्रेनमा फेरि रूसी हमला, सात जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा आठ जनाको मृत्यु, सात प्रहरी अपहरण

रुसको आक्रोश-अमेरिकाले युक्रेनलाई उक्सायो, कडा कदम चाल्छौँ

युद्धविराम वार्ताका लागि अमेरिकी विशेष दूत होचस्टेन लेबनानमा

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ७ : ५० बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत