युट्युबमा ५० लाखसम्म दर्शक बटुल्छन नेपाली सिरियल | Khabarhub Khabarhub

युट्युबमा ५० लाखसम्म दर्शक बटुल्छन नेपाली सिरियल


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विसं २०६० पछिको एक दशकमा टेलिभिजनमा टेलिसिरियलको दबदबा उच्च विन्दुमा थियो । सबैको घर–घरमा टेलिभिजनको पहुँच नभएकाले समय कुरेर सिरियल हेर्नेको छिमेकीको घरसम्म पुग्नेको संख्या बाक्लो थियो ।

‘मेसी बास्सै’, ‘तितो सत्य’, ‘जिरे खुर्सानी’ जस्ता सिरियल त्यसबेला धेरैको टेलिभिजन किन्ने बाहानासमेत थिए । ती सिरियलका मियो कलाकार अहिले ठूलो पर्दामा सरेका छन् । त्यसबेलाका धेरै चर्चित कार्यक्रम बन्द नै भए ।

टेलिभिजन अहिले धेरैको घरमा चल्तीमा छैन । प्रविधिमा भएको विकासको फड्कोले टेलिभिजन नै संकटमा छ ।

मुख्य कलाकारको बर्हिगमनपछि पनि हालसम्म निरन्तरता पाएका सिरियलहरु टेलिभिजन सेट अगाडि बसेर हेर्ने दर्शक पातलिए । भ्युजका हिसाबमा टेलिभिजनको पर्दा कमजोर साबित भए । विकल्पका रुपमा युट्युबमा प्रशारण हुन थाल्यो ।

नयाँ पुराना सबै सिरियल दर्शकसमक्ष पुग्न सामाजिक सञ्जालकै भरमा छन् । यतिसम्म कि कतिपय सिरियल युट्युबमै मात्र प्रशारण हुन्छन् । विज्ञापनदाताको मागले केही भने आफ्ना कार्यक्रम टेलिभिजनमा देखाउन बाध्य छन् ।

स्रोत भन्छ, ‘हुन त टिभीमा प्रशारण हुने भनेपछि अलि कार्यक्रमको ओज पनि बढ्छ । मुख्य कुरा चाहिँ विज्ञापनदाताले आफ्नो विज्ञापन टिभीमा बजाउन खोजेका कारण धेरैले टिभीको समय किनेका हुन् ।’

युट्युबमा नयाँ सिरिलको दबदबा

अहिले नयाँ पुराना गरेर एक दर्जन टेलिसिरियल चर्चामा छन् । पुराना लोकप्रिय सिरियलबाटै निस्केका कलाकारले ल्याएका कार्यक्रम हिट छन् ।

पछिल्लो समय कलाकार आशा खड्काका दुई सिरियलले बजार तताएका छन् । उनले निर्माण गरेको ‘कान्छी’ र ‘भुन्टी’ भ्युजका आधारमा सबैभन्दा हिट छन् ।

मेरी बास्सैका पुराना कलाकार राजु मास्टर (राजु पौडेल) र बल्छी धुर्बे (मरिचमान श्रेष्ठ) ले निर्माण गरको सिरियल जुठे दर्शकले रुचाएका कार्यक्रम हुन् । युट्युबमा यी सिरियल हरेक भाग १० लाख बढी दर्शकले हेर्छन् । मरिचमानको अर्को सिरियल ‘हल्का रमाइलो’ पनि दर्शकले रुचाएको कार्यक्रम हो ।

भद्रगोलबाट निस्किको टिमले बनाएको ‘सक्किगोनि’ पनि युट्युबमा दर्शकले अति रुचाएको सिरियल हो । यो कार्यक्रमका हरेक पात्र हिट छन् ।

यी दुई सिरियलमा आउनुभन्दा अघि यी कलाकार आबद्ध भएको सिरियलमा भने भ्युजको खडेरी नै लागेको छ भन्दा फरक पर्दैन । कथावस्तु र कलाकारकै कारण कारण नयाँ सिरियलका अगाडि पुराना कमजोर साबित भएका छन् ।

मेरी बास्सैका एक कलाकार नाम खुलाउने सर्तमा खबरहबसँग भन्छन्, ‘टिम निस्कियो, अहिले खासै प्रभावकारी बन्न सकेन । अब ९०० भाग पुग्न लाग्यो एक हजार पुर्‍याएर बन्द गराउने बुझेको छु ।’

निर्देशक प्रदीप : महजोडीको ‘ब्याकबोन’

राजेशपायलका किस्सा : १५ सय कोठाभाडा तिर्न सकस, ०६५ को खड्गो

पछिल्लो समय कलाकार आशा खड्काका दुई सिरियलले बजार तताएका छन् । उनले निर्माण गरेको ‘कान्छी’ र ‘भुन्टी’ भ्युजका आधारमा सबैभन्दा हिट छन् । भुन्टीको हरेक भाग ५० लाखभन्दा बढी दर्शकले हेर्छन् । त्यस्तै कान्छीको हरेक भाग हेर्ने दर्शकको संख्या २० लाखभन्दा बढी छ ।

त्यस्तै ‘बुहारी’, ‘सिता’ पनि बढी युट्युबमा बढी भ्युज पाउने सिरियल हुन् ।

कस्ता सिरियल छन् रोजाइमा ?

पहिला लोकप्रिय सिरियल फरक किसिमका थिए । मेरी बास्सै गाउँको कथामा आधारित थियो भने जिरे खुर्सानी र तितो सत्यले सहरका मध्यम वर्गीय परिवारको कथा बोकेका थिए ।

अहिले ठूलो पर्दाका चलचित्र समेत गाउँ, क्षेत्र र विशेष समुदायमा आधारित कथामा निर्माण छन् । अहिले चर्चामा रहेका सिरियलको अवस्था हेर्दा पनि दर्शकले गाउँकै मौलिक कथालाई रुचाएको पाइन्छ ।

गरिबी, साक्षर विहीन, पारिवारिक कलह र गाउँले परिवेशका आधारित कथाकै टेलिसिरियल दर्शकले रुचाइएको पाइन्छ ।

पहिलाका सिरियल व्यङ्ग्य र हाँसोले बढी स्थान पाउँथे भने अहिले नयाँ सिरियल भावुक बनाउने किसिमका छन् ।

यो पनि…

खलनायक राजेन्द्र खड्गी : नायिका बचाउने मै हो

कुन्ती मोक्तान : संगीतको सेवामा सपरिवार

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ५ : ०८ बजे

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने

प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्रीले दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

दोस्रो स्थानको राजस्थानको लगातार चौथो हार

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार सन्