आजका समाचार : एमाले प्रतिनिधि परिषद् बैठकदेखि लुम्बिनी सरकारमा संकटसम्म | Khabarhub Khabarhub

आजका समाचार : एमाले प्रतिनिधि परिषद् बैठकदेखि लुम्बिनी सरकारमा संकटसम्म


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

प्यालेस्टाइनको कब्जामा रहेका विद्यार्थीलाई फर्काउन तयारी : प्रधानमन्त्री 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरे । ‘

अबको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्नै हुन्छ : प्रधानमन्त्री

लुम्बिनी सरकारबाट बाहिरियो जसपा

गठनको दुई सातामै लुम्बिनीमा किचलो, जसपाले सरकार छाड्दा महरालाई तनाव

पार्टीहरू उत्तर र दक्षिणीमुखी भएकाले देशले निकास पाएन :अध्यक्ष भट्टराई

उपाध्यक्ष घिमिरे पार्टीको जिम्मेवारीबाट अलग

विदेशी लगानी भित्र्याउने वातावरण बनाउन कानूनी सुधार हुँदैछ : मन्त्री शर्मा

वर्तमान सत्ता गठबन्धनबारे के भन्छन् एमाले महाधिवेशन प्रतिनिधि ?

नेकपा एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्कको प्रथम बैठकमा सहभागी नेता-कार्यकर्ताहरूले वर्तमान सत्ता गठबन्धनलाई प्राकृतिक र देशको आवश्यकताले बनेको प्रतिक्रिया दिएका छन् ।

ललितपुरको गोदाबारीस्थित सनराइज हलमा चलिरहेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकले नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धनलाई प्राकृतिक भनेको हो। पार्टी उपाध्यक्ष अषटलक्ष्मी शाक्यले वर्तमान गठन्धनप्रति कोही पनि बेखुसी नभएको बताइन् ।

पार्टीलाई निर्णायक विन्दुमा पुर्‍याउन आवश्यक छ : उपाध्यक्ष पोखरेल

एमाले प्रतिनिधि परिषदबाट ६ वटा प्रतिवेदन पारित

विद्या भण्डारीलाई गणतन्त्र गौरव पदक, १५ बुँदे प्रस्ताव पारित गरिँदै

अस्वस्थ भएपछि प्रतिनिधि परिषद्‍ बैठकबाट बाहिरिए ओली

एमालेको प्रतिनिधि परिषद् बैठक : ६ समूहको रिपोर्टिङ सुरु

एमालेले गर्‍यो अनलाइन मोबाइल एप्लिकेसन सार्वजनिक

८४ को निर्वाचनमा मुख्य प्रतिस्पर्धी कांग्रेस हो : एमाले

एमाले प्रतिनिधि परिषद् बैठक : अनैतिक, भ्रष्ट र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड

हिरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने एमालेको निर्णय

 रिटको सुनवाई ‘हेर्दाहेर्दै’ मा
नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटको सुनुवाई सर्वोच्च अदालतमा आज ‘हेर्दाहेर्दै’ मा सकिएको छ । यस प्रकरणमा हाल थुनामा रहेका १० प्रतिवादीले दायर गरेको रिटको आजको सुनवाई हेर्दा हेर्दैमा सकिएको हो ।

आजको पेसी न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाई भएको थियो । यो रिट आजसहित १०औँपटक हेर्दाहेर्दैमा परेको छ ।


तत्कालीन गृहसचिव टेक नारायण पाण्डेसहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोप र पुर्पक्षका लागि थुनामा पठाउने आदेशका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालतसहितलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

रेशम चौधरीको रिट आज ‘हेर्न नभ्याइने’ मा

सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्ध नाउपाका लक्ष्मणकिशोर सर्वोच्चमा

विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कोशी प्रदेशसभाका सचिव पराजुलीले लिए सपथ
कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेशसभाको सचिवालय हलमा आज आयोजित समारोहमा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले नेपालको संविधानको धारा १९५ को उपधारा १ बमोजिम सचिव पराजुलीलाई शपथ गराएका हुन् ।


प्रदेशसभा सचिवका रुपमा उनको पाँच वर्षे पदावधि २०८१ वैशाख ८ गते पूरा भएकामा उनलाई प्रदेश प्रमुख परशुराम खापुङले सो पदमा पुनः नियुक्त गरेका थिए ।

प्रभु हेलिकप्टरका पाइलट निलम्बित

जाँचबुझ आयोगले गरेको कारबाही सिफारिस कार्यान्वयन

राजनीतिक दलमा लागेका शिक्षकलाई कारबाही अगाडि बढाइयो

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले सोध्यो स्पष्टीकरण

इन्जिन मर्मतका लागि इजरायलमा रहेको निगमको न्यारोबडी जहाज सोमबार नेपाल ल्याइने

डोल्पा जुफाल विमानस्थल पुनः सञ्चालन

आर्थीक…

९ महिनामा सबैभन्दा बढी गलैँचा निर्यात
चालु आर्थिक वर्ष (आव) को ९ महिनामा नेपालबाट सबैभन्दा धेरै गलैँचा निर्यात भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकले चालु आवको ९ महिनामा सबैभन्दा धेरै अर्थात् ७ अर्ब १ करोड ७९ लाख ९४ हजार मूल्य बराबरको गलैँचा निर्यात भएको हो ।

समीक्षा अवधिमा ६ अर्ब २ करोड ३१ लाख ४० हजारको अलैँची, ५ अर्ब ५४ करोड ३४ लाख १९ हजार बराबरको फलाम र २ अर्ब ९० करोड ६९ लाख २० हजार धागो नेपालबाट निर्यात भएको छ । यस्तै, रेजर वा ब्लेड १ अर्ब ५३ करोड २७ लाख ७३ लाख, ब्लीच ५ अर्ब ७ करोड २३ लाख, चिया २ अर्ब ३४ करोड ४ लाख, सल वा मर्फलर २ अर्ब २२ करोड ५७ लाख र कपडाको झोला १ अर्ब ८० करोड २५ लाखको बराबरको निर्यात भएको छ ।


जर्सी १ अर्ब ४१ करोड ७३ लाख, महिलाको ट्राउजर १ अर्ब २० करोड १७ लाख र महिलाको कपासको लुगा १ अर्ब १४ करोड १५ लाख बराबरको निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।

१४१ मुलुकसँग नेपालको व्यापार घाटा, यी हुन धेरै व्यापार घाटा हुने १० मुलुक

सेयर बजारमा दोहोरो अंकको वृद्धि

वैदेशिक व्यापार घट्यो, साढे ११ खर्ब बढीको आयात हुँदा निर्यात सवा खर्ब कम

अन्तर्राष्ट्रिय… 

इजरायलसँगको युद्धबीच हमास प्रमुखले भेटे टर्किस राष्ट्रपतिलाई
गाजामा इजरालयको आक्रमण जारी रहेका बेला विद्रोही समूह हमासका प्रमुखले टर्कीका राष्ट्रपतिसँग वार्ता गरेका छन्।

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले उक्त भेटका क्रममा प्यालेस्टाइनका नागरिकलाई एकताबद्ध हुन अपिल गरेका छन्।


राजधानी इस्तान्बुलमा हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हानियासँग टर्किस राष्ट्रपतिले कयौँ घण्टा कुरा गरेका हुन्।

कोकिन तस्करीमा संलग्न चार अमेरिकी पक्राउ

अमेरिकाले इजरायललाई दिएको सैन्य सहयोगमा हमासले जनायो विरोध

रूससँग लडिरहेको युक्रेनलाई अमेरिकाले पौने नील दिने

पश्चिम भारतमा सडक दुर्घटना, ९ जनाको मृत्यु

रुसका ८ क्षेत्रमा युक्रेनको ड्रोन आक्रमण

रफाहमा इजराइली आक्रमण, बालबालिकासहित १३ जनाको मृत्यु

कतारका अमिरले नेपालको राजकीय भ्रमण गर्ने

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुई जनाको मृत्यु

अन्टार्कटिकामा पत्ता लागे ४६ वटा सबग्लेसियल ताल

जापानी दुई सैनिक हेलिकप्टर दुर्घटना, एक जनाको मृत्यु, सात बेपत्ता

युक्रेनलाई ६१ अर्ब डलर राहत दिने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ७ : ५६ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि