आजका समाचार : कैलाश सिरोहियाको गिरफ्तारीदेखि मन्त्रीहरूको सम्पत्ति विवरणसम्म | Khabarhub Khabarhub

आजका समाचार : कैलाश सिरोहियाको गिरफ्तारीदेखि मन्त्रीहरूको सम्पत्ति विवरणसम्म


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

कांग्रेसको नाराबाजीबीच संसद्‍मा नीति तथा कार्यक्रम टेबल
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजी आगामी आर्थिक वर्षका लागि गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको नीति तथा कार्यक्रम संसद्‍मा टेबल भएको छ ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकको सुरुमै कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले सम्बोधन गरेका थिए ।


उनले समय लिएर बोलेलगत्तै सभामुख देवराज घिमिरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नीति तथा कार्यक्रम टेबल गर्न समय दिएका थिए ।

मर्यादापालकको सुरक्षाबीच प्रचण्डले रोस्टर्मममा पुगेर नीति तथा कार्यक्रम टेबल गरिसकेका छन् । सभामुख घिमिरले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पनि अघि बढाएका छन् ।

कांग्रेसलाई पेलेरै अघि बढ्यो सत्ता पक्ष, विरोधबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित

कानुनमन्त्रीको जवाफ : रवि लामिछानेले सहकारी प्रकरणमा कमजोरी गरेको तथ्य भेटिएको छैन

कांग्रेसको नाराबाजीबीच राष्ट्रियसभा बैठक सञ्चालन

सरकारलाई आरजुको चेतावनी- मेरोबारेका सबै फाइल खोलेर देखाउनू

कांग्रेसको नाराबाजीबीच राष्ट्रियसभाबाट पनि धन्यवाद प्रस्ताव पारित

सरकारलाई कांग्रेसको चुनौती : धनराज र गगनको नामै तोकेर छानबिन समिति बनाए हुन्छ

संसद्‍को दृश्य : सत्तापक्ष राष्ट्रपतिलाई धन्यवाद दिने, प्रतिपक्ष नाराबाजी गर्ने (तस्बिरहरू)

योगेशको टिप्पणी- संसदीय छानबिन समिति माग गरेर कांग्रेस फस्यो

लगानी सहजीकरणसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेस

प्रधानमन्त्री दाहालले कति सम्पत्ति देखाए ?
प्रधानमन्त्री पुष्पकमल दाहालले एक घर, १५ कठ्ठा जमिन, ५ तोला सुन र २५ लाख रुपैयाँ नगद रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको ६ दिनपछि दाहालले पछिल्लो सम्पत्ति विवरण सार्वजनिक जानकारीमा ल्याएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा प्रविष्ट विवरणअनुसार प्रधानमन्त्री दाहालसँग चितवनस्थित भरतपुर महानगरपालिका–१४ मा स्व। पत्नी सीता दाहालको नाममा रहेको १४ कट्ठा जमिन छ । पार्किङ सहितको यो जमिन पैतृक भएको दाहालले जनाएका छन् ।

यसैगरी भरतपुर महानगरपालिका–१२ मा सीता दाहालकै नाममा १ कट्ठा जमिन रहेको र सो अंशबाट प्राप्त गरेको दाहालले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । चल सम्पत्तितर्फ आफूसँग ५ तोला सुन रहेको र सो को स्रोत पनि पैतृक नै रहेको दाहालले जनाएका छन् ।

काठमाडौंमा छैन नारायणकाजीको घर, चढ्छन् प्रचण्डले दिएको गाडी !

वनमन्त्रीको सम्पत्ति : एउटा बन्दुक र डेढसय तोला सुन

खेलकुदमन्त्री श्रेष्ठको सम्पत्ति : १५ तोला सुन र काठमाडौंमा जग्गा

शिक्षामन्त्री श्रेष्ठको सम्पत्ति बैंकमा मात्रै झण्डै ८ करोड

उद्योगमन्त्री भण्डारीको सम्पत्ति : ६ तोला सुन, १० लाख ऋण

उपप्रधानमन्त्री महासेठको सम्पत्ति : ४३ तोला सुन, दुई वटा घर र २ करोड नगद

महिलामन्त्री चौधरीसँग काठमाडौंमा २ करोडको घडेरी, १ करोड ऋण

सम्पत्ति विवरणमा रक्षामन्त्रीको केरमेट स् ३५ किलो सुन लेखेर २५ तोलामा झारे

खानेपानी मन्त्री राईको सम्पत्ति : १० तोला सुन र १०० तोला चाँदी

रक्षामन्त्री उप्रेतीसँग ३५ कट्ठा जमिन, २५ तोला सुन

सहरी विकास मन्त्री धनबहादुरको सम्पत्ति कति छ?

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्यालयबाटै पक्राउ
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको छ ।

जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।


सिरोहियालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको हो ।

उनलाई पक्राउका लागि पुगेको टोलीले कार्यकक्षमै छिरेर पुर्जी थमाएको छ । पुर्जी दिइसकेपछि उनलाई अब कान्तिपुरको कार्यालयबाट निकालिँदै छ ।

कान्तिपुरका अध्यक्ष सिरोहियालाई प्रहरीले लग्यो, थापाथलीमा नाराबाजी

कान्तिपुरको कार्यालयमा वरिष्ठ अधिवक्ता शम्भु थापा, सिरोहियालाई धनुषा लगिँदै

संसद्‍‍मा उठ्यो सिरोहियालाई पक्राउ पुर्जीको कुरा

कैलाश सिरोहियाले भने :  सत्ता र शक्तिको दुरुपयोग भयो, अनुसन्धानमा सघाउँछु

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न धनुषा अदालतको अनुमति

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्यालयबाटै पक्राउ

सिरोहियालाई कांग्रेसको साथ, एकसाथ कान्तिपुर कार्यालय पुगे २० बढी सांसद

प्रधानमन्त्रीसँग बंगलादेशका वातावरणमन्त्रीको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बंगलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री साबेर हुसेन चौधरीले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच विद्युत व्यापार, जलवायु परिवर्तन एवं द्विपक्षीय आपसी चासोका विविध विषयमा छलफल भएको छ ।


सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल–बंगलादेशबीच हुने विद्युत व्यापार गर्नका लागि आवश्यक पर्ने प्रक्रिया पूरा हुने अवस्थामा रहेको र छिट्टै दुई देशबीच व्यापार सुरु हुने विश्वास व्यक्त गरे ।

जसपा फुटविरुद्ध उपेन्द्रले दिएको रिट हेर्दाहेर्दैमा

पदबमोजिम निजामती सेवामा तलबभत्ता समायोजन हुनुपर्ने

गिरीबन्धु टी-स्टेटमा भएको भ्रष्टाचार छानबिन गर्न माग गर्दै प्रदर्शन 

ओलीको आग्रह-कांग्रेसले आफूलाई परिवर्तन गर्दै संसद्को गतिरोध अन्त्य गर्नुपर्छ

अन्तराष्ट्रिय…

चीनको कोइला खानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु
उत्तरपूर्वी चिनको हेइलोङजियाङ प्रान्तस्थित कोइलामा खानी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको उक्त कोईलाखानी कम्पनी स्रोतले जनाएको छ ।

कम्पनी स्रोतका अनुसार हेइलोङगजियाङ लङमे समूह अन्तर्गतको हेगाङ खानी कम्पनीको जिङआन कोइला खानीमा सोमबार राति दुर्घटना भएको थियो ।


सो दुर्घटना हुने क्रममा नौ जना फसेको र उनीहरूमध्ये चार जनालाई उद्धार गरिएको स्रोतले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानले तरल कार्बनडाइअक्साइडको चुहावटको कारणले दुर्घटना भएको देखाएको छ । दुर्घटनाको कारण तथा यथेष्ट विवरणका बारेमा थप अनुसन्धान भइरहेको छ ।

चालु आर्थिक वर्षमा बंगलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान

इरानी राष्ट्रपति रायसीको अन्त्येष्टिको तयारी

इजरायल–हामास वार्ता पुनः सुरु गर्न संयुक्त राष्ट्र संघका राजदूतको आह्वान

लण्डन–सिङ्गापुर उडान टर्ब्युलन्सका कारण एक जनाको मृत्यु, ३० जना घाइते

विकिलिक्सका संस्थापक असान्जलाई अदालतको राहत

इजरायलले रफाहमा तिब्र सैन्य कारबाही गर्ने

 

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ८ : ०२ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि