आजका समाचार : बाँसबारीकाे जग्गा सरकारलाई फिर्तादेखि महराको रिहासम्म | Khabarhub Khabarhub

आजका समाचार : बाँसबारीकाे जग्गा सरकारलाई फिर्तादेखि महराको रिहासम्म


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा छोराकाे जिम्मामा छुटे महरा, बाँसबारीकाे १० रोपनी जग्गा सरकारको नाममा, सरकारले बनायो नयाँ मिटरब्याज जाँचबुझ आयोग, सर्वोच्चको फैसला कार्यान्वयन नगरे आन्दोलन गर्ने बिगेसोकाे चेतावनी, एमाले समाजवादी मोर्चामा सहभागी नहुने, संसद अलपत्र : सभामुख स्वीट्जरल्याण्ड उडे, उपसभामुख बेखबर, केजरिवाल पक्राउविरुद्ध भारतको सर्वोच्च अदालतमा रिटलगायतका समाचारले प्रमुख स्थान पाए ।  

छोराकाे जिम्मामा छुटे महरा

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी नेता कृष्णबहादुर महारा रिहा भएका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हाजिरी जमानीमा छोडेको हो ।

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार महरालाई स्वास्थ्यमा समस्या देखिएका कारण हाजिरी जवानीमा छोडिएको हो । उनले खबरहबसँग भने, ‘उनको छोराको जिम्मा लगाएर हामीले भर्खरै रिहा गरेका छौं ।’

बाँसबारीकाे १० रोपनी जग्गा सरकारको नाममा

बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको जग्गा सरकारको नाममा ल्याइएको छ ।

शुक्रबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत छविराम नेपालीले अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको जानकारी दिए ।

सरकारले बनायो नयाँ मिटरब्याज जाँचबुझ आयोग

नेपाल सरकारले नयाँ मिटरब्याज जाँचबुझ आयोग गठन गरेको छ ।

आयोगमा नेतृत्वमा पूर्व न्यायाधीश तेजबहादुर कार्की र सदस्यहरूमा पूर्व एआईजी पुष्कर कार्की र सञ्जीव मिश्र सदस्य छन् ।

सर्वोच्चको फैसला कार्यान्वयन नगरे आन्दोलन गर्ने बिगेसोकाे चेतावनी

ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(बिगेसो)ले ब्रिटिस गोर्खा सैनिकहरूको पक्षमा सर्वोच्च अदालतले गरेको फैसला राज्यले कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिगेसोले ब्रिटिस गोर्खा सैनिकहरूको पक्षमा मात्रै नभएर देशको राष्ट्रिय स्वाधीनताको रक्षाको पक्षमा सर्वोच्चद्वारा गरेको फैसलालाई एक वर्ष बितिसक्दा पनि कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो ।

स्वास्थ्य क्षेत्रको गुणस्तरमा कुनै सम्झौता हुन हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको गुणस्तरमा कुनै किसिमको सम्झौता हुन नहुने बताएका छन् ।

चिकित्सा शिक्षा आयोगको १३औँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चिकित्सा आयोगले गुणस्तरीय जनशक्ति निर्माणमा उल्लेखनीय कार्य गर्नुपर्ने बताए ।

एमाले समाजवादी मोर्चामा सहभागी नहुने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चामा सहभागी नहुने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको भेटपछि ओलीले समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन् । उनले अहिलेको समसामयिक विषयमा प्रधानमन्त्रीसंग राम्रै कुरा भएको संक्षिप्त प्रतिक्रिया दिए ।

संसद अलपत्र : सभामुख स्वीट्जरल्याण्ड उडे, उपसभामुख बेखबर

सरकार र विपक्षी दुबैले संसद बैठक नियमित चल्नुपर्ने बताइरहेका बेला सभामुख देवराज घिमिरे १० दिनसम्म बैठक रोकेर स्वीट्जरल्याण्ड उडेका छन् । सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक चलाउन सक्ने भए पनि सभामुखको विदेश भ्रमणबारे उपसभामुख बेखबर छिन् ।

सभामुख घिमिरे १० दिनसम्म प्रतिनिधिसभा बैठक नै स्थगित गरेर विहीबार स्वीट्जरल्याण्ड उडेका हुन् । प्रायः सबै दलका दलका सचेतकसमेत लिएर सभामुख अन्तरव्यवस्थापिका संघ आईपीयू को १४८ औँ महासभामा भाग लिन बिहीबार स्वीट्जरल्याण्ड प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा राष्ट्रियसभाका सांसद समेत छन् । उनी चैत १० देखि १४ सम्म जेनेभामा हुने कार्यक्रमका लागि गएको सभामुखको सचिवालयको भनाइ छ ।

‘ई लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षणबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

यातायात व्यवस्था विभागको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण(टेक्निकल अडिट) बारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारी गराइएको छ ।

प्रधानमन्त्री कार्यालयको संयोजकत्वमा सूचना प्रविधि विभागले गठन गरेको प्राविधिक परीक्षण समितिले आज प्रधानमन्त्री प्रचण्डलाई भेटी ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण प्रतिवेदन बुझाउँदै विभागको प्राविधिक अवस्थाबारे जानकारी गराएको हो ।

अर्थमन्त्री पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच छलफल

अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन जना उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाबारे छलफल भएको छ । अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच भर्चुअलमाध्यमबाट बैठक भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

बैठकमा एसियाली विकास बैंक (एडिबी) का नेपाल निर्देशक आर्नो कोस्वा र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का प्रतिनिधिसमेत सहभागी हुनुहुन्थ्यो । त्यसैगरी अर्थसविच कृष्णहरि पुष्कर, राजस्व सचिव डा रामप्रसाद घिमिरे, सहसचिवहरु उत्तरकुमार खत्री, रितेशकुमार शाक्य, श्रीकृष्ण नेपाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहभागी थिए।

गृहमन्त्रीमाथि छानबिन समितिको आवश्यकता छैन : प्रवक्ता शर्मा

सरकारले संसदमा प्रतिपक्षीको माग अनुसार गृहमन्त्रीमाथि छानबिन समितिको आवश्यकता नखिएको स्पष्ट पारेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले गृहमन्त्रीको विषयमा संसदीय छानबिन समिति बनाउने आवश्यकता सरकारले नदेखेको बताएकी हुन् ।

खेल नीतिलाई परिमार्जन गर्ने तयारी भइरहेको छ : मन्त्री श्रेष्ठ

खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेल नीतिलाई परिमार्जन गर्ने तयारी भइरहेको बताएका छन् ।

शुक्रबार ललितपुरमा नेपाल ओलम्पीक कमिटीले आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रममा मन्त्री श्रेष्ठले खेल नीतिमा देखिएका त्रुटि हटाउँदै समयसापेक्ष बनाउन परिमार्जन गर्ने तयारी भइरहेको बताएका हुन् ।

नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई मन्त्री भण्डारीको आग्रह

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले लगानीमैत्री वातावरण बनाउन उच्च प्राथमिकता दिएको बताएका छन् ।

न्यूज बिजनेस एज प्रालिद्वारा आज आयोजित आठौँ संस्करणको ‘न्यूबिज बिजनेस कनक्लेभ एण्ड अवार्ड’ वितरण कार्यक्रममा उनले लगानीमैत्री वातावरण बनाउन द्रुतगतिमा आवश्यक कानुन संशोधनको तयारीमा सरकार जुटेको छ भने ।

लोसपाले निष्कासित गरेको खबरपछि राजेन्द्रले भने, ‘भूतपूर्व प्रेमीको के मतलब गर्नु’

राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पाटीले निष्कासित गरेको सूचना पाएपछि आफूले नै पार्टी छाडेर हिँडेको कारण पार्टीबाट निष्कासित भएको भन्नु लाजमर्दो विषय भएको बताएका छन् ।

लोसपा अध्यक्ष महन्त ठाकुरले पार्टी बैठक सकिएपछि पार्टीभन्दा बाहिर गतिविधि गर्न थालेको भन्दै उनी राजेन्द्र स्वतः निष्कासित हुन पुगेको बताएका थिए ।

महिला न्यायाधीशको उपस्थितिले समान न्याय प्रवर्द्धन हुन्छ : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकामा महिला न्यायाधीशको उपस्थितिले समान न्यायको प्रवर्द्धन हुने बताएका छन् ।

महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलनको आज शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सम्मेलनले न्यायापालिकाका महिला न्यायाधीशको बढ्दो सहभागिताले दूरगामी प्रभाव पार्ने बताए।

चितवनको दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला गरिने

आगामी वैशाख १५ गतेभित्र चितवनको दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ ।

शुक्रबार चितवनमा नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला सञ्चालन तथा व्यवस्थापनका लागि भरतपुर महानगरपालिका र नेपाल ट्रष्टबीच सम्झौता भएको हो ।

अन्तर्राष्ट्रिय…

केजरिवाल पक्राउविरुद्ध भारतको सर्वोच्च अदालतमा रिट

बिहीबार पक्राउ परेका भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल सर्वोच्च अदालत गएका छन्। पक्राउ गरेकोविरुद्ध भारतको सर्वोच्च अदालतमा रिट दर्ता भएको हो। उक्त रिटमाथि शुक्रबार नै सुनुवाइ हुने भारतीय सञ्चार माध्यमले लेखेका छन्।

केजरिवालसँगै यो मुद्दामा पूर्व उपमुख्यमन्त्री मनिष सिसोदियासँगै आम आदमी पार्टीका नेता मुछिएका छन्।

भारतीय प्रधानमन्त्री मोदी भुटान प्रस्थान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुई दिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक र उनका समकक्षी छिरिङ तोब्गेसँग भेटवार्ता गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

खेलकुद…

न्यू डायमण्डलाई हराउँदै एपिएफ तेस्रो

नेपाल एपिएफ क्लबले आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ ।

तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा न्यू डायमण्ड महिला भलिबल टिमलाई३–१ को सेटमा पराजित गर्दै एपिएफले तेस्रो स्थान हासिल गरेको हो ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ८ : १३ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला