आजका समाचार : गृहमन्त्रीको चुनौतिदेखि मन्त्रिपरिषद् विस्तारसम्म | Khabarhub Khabarhub

आजका समाचार : गृहमन्त्रीको चुनौतिदेखि मन्त्रिपरिषद् विस्तारसम्म


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

जीबी राईलाई जहाँबाट भए पनि समाएर ल्याउँछौं : गृहमन्त्री
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई जहाँ बसेको भए पनि समाएर ल्याउने बताएका छन्।

उनले देशमा होस् कि विदेशमा जहाँ भए पनि राईलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका हुन्। सहकारी ठगीमा संलग्नताको आरोप लागेर प्रमुख प्रतिपक्षले संसद्मा राजीनामा मागिरहेको बेला शनिबार एउटा कार्यक्रममा लामिछानेले राईलाई पक्राउ गर्ने प्रतिवद्धता जनाएका हुन्। उनले राईसँग आफ्नो कुनै संलग्नता नरहेको प्रस्टोक्ति दिएका थिए।

राईसँग टेलिभिजनमा जोडिएको तर अन्य कारोबारमा भने आफ्नो संलग्नता नरहेको बताए। लामिछानेले सहकारीमा राखेको सम्पत्तिको स्रोत पनि खोजिने बताए।

आफूमाथि लागेको आरोप पुष्टि गर्न कांग्रेसलाई गृहमन्त्रीको चुनौति

राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छ : महामन्त्री शर्मा

दूधकोशी, बूढीगण्डकी र नलगाड प्राथमिकतामा छ : मन्त्री बस्नेत

भूमि आयोग खारेजप्रति आयोगका पदाधिकारीको आपत्ति

सामाजिक मित्रतामाथि ध्यान दिएर होली मनाउन ओलीको आग्रह

अर्थमन्त्रीद्वारा लगानी सम्मेलनमा आउन विश्व बैंकका उपाध्यक्षलाई निम्तो

उपप्रधानमन्त्री श्रेष्ठ भोलि चीन भ्रमणमा जाँदै

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेस प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन भएको हो ।

नवनियुक्त मन्त्रीहरूमा राजकुमार लेखी गृह, सञ्चार तथा कानुन मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रमोदकुमार जयसवालले शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गरेका छन् । साथै केशव रायले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् ।

करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु

एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशनको तयारी पुरा

स्टन्डबाजी गरेर भ्रम सिर्जना नगर्न सरकारलाई कांग्रेसको आग्रह

सहिदका सपना पूरा गर्न अविचलित भएर लाग्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

अदानचुलीमा सवारी दुर्घटना स् दुई जनाको मृत्यु, पाँच घाइते

मस्कोमा आतंकवादी हमलामा मारिएका नागरिकको निधनप्रति दुःख व्यक्त
नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार सांगीतिक कार्यक्रममा आतंतवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत रुसका जनता र सरकारका साथै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।


‘नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतंतवादको निन्दा र भत्र्सना गर्दछ, आतंतवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

‘विद्यालय शिक्षा विधेयक’ मा सबैभन्दा बढी संशोधन

महाकालीमा व्यावसायिक जलयात्रा

सत्ताइस प्रतिशतमा मात्रै गुणस्तरीय पानीको पहुँच

बलेवा विमानस्थलमा हवाईसेवा सञ्चालनको माग

चट्याङ लागेर एकको मृत्यु, सात जना घाइते

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खेलकुद…

हेल्प नेपालले जित्यो एनभिए भलिबल पुरुष च्याम्पियनसिप
हेल्प नेपाल स्पोर्ट्स क्लबले एनभिए भलिबल पुरुष च्याम्पियनसिप २०८० को उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३(२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । हेल्प नेपालको टिममा पाकिस्तानका खेलाडी समावेश रहेका थिए ।


यो जितसँगै हेल्प नेपालले पाँच लाख नगद पुरस्कार पाएको छ भने उपविजेता बनेको त्रिभुवन आर्मीले २ लाख नगद पुरस्कार पाएको छ ।

त्यस्तै नेपाल पुलिस क्लब तेस्रो भएर एक लाख २५ हजार पाएको छ ।

दिल्लीमाथि पञ्जाब किंग्सको शानदार जित

एम्बाप्पे भन्छन्-ओलम्पिक खेल्ने सपना छ

अन्तर्राष्ट्रिय…

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या ९३ पुग्यो
मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

शुक्रबार राति मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा मृत्यु हुनेको संख्या ९३ पुगेको रूसको अनुसन्धान समिति (आइसीआर) ले अपडेट दिएको हो ।


घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने आइसीआरले जनाएको छ । आन्तरिक मामिला मन्त्रालय र सङ्घीय सुरक्षा सेवाको परिचालन एकाईहरूसँग आफ्ना अनुसन्धानकर्ताले मिलेर काम गरिरहेको आईसीआरले जनाएको छ ।

मृतकको शवको जाँच भइरहेको छ भने अपराध स्थलबाट हतियार र गोलाबारुदसहितका सामग्री प्रमाणस्वरूप जफत गरिएको छ ।

रूसी कन्सर्ट हलमा भएको आक्रमणको विश्वभरबाट निन्दा

संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा गाजा भ्रमण

मस्कोमा आतंककारी आक्रमणमा ६० जनाको मृत्यु

 

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ७ : ५८ बजे

जनकपुरको अन्तर्राष्ट्रिय रंगशाला १७ वर्षदेखि अलपत्र, जग्गा सम्झौता भंगपछि स्थानीय निरास

जनकपुरधाम– जनकपुरमा निर्माणाधीन रहेको श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला चितवनको

लगानी सम्मेलनमा किन गएनन् एमाले अध्यक्ष ओली?

काठमाडौं- आइतबारदेखि सुरू भएको तेस्रो लगानी सम्मेलन उद्घाटन सत्रमा प्रमुख

बझाङ उपनिर्वाचन : छबिसपाथिभेराको वडा १ बाट मत गन्न थालियो

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु भएको छ । मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान 

काठमाडौं – प्रतिकुल मौसम कारण बिहानैदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं -वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको