आजका समाचार : राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीदेखि डिन कार्यालयमा स्ववियुको तालाबन्दीसम्म | Khabarhub Khabarhub

आजका समाचार : राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीदेखि डिन कार्यालयमा स्ववियुको तालाबन्दीसम्म


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा, प्रधानमन्त्रीले मागे विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्न बौद्धिक समुदायको साथ, एमाले अध्यक्ष केपी ओली अस्वस्थ, गैरआवासीय नेपाली संघको निर्वाचन विवादबारे छानविन गर्न समिति गठन, महाराजगञ्ज चिकित्सा क्याम्पस डिन कार्यालयमा स्ववियुको तालाबन्दी, सुनिल पौडेल र विकल पौडेल पक्राउ, रुसमा सैनिक विमान दुर्घटनालगायतका समाचार रहनेछन् ।

निर्वाचनको तयारी पूरा

बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ ।

यसै क्रममा कोशी प्रदेशमा मतदानस्थल लगायत सम्पूर्ण प्रक्रिया र तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालय, विराटनगरले जनाएको छ । निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय मतदानस्थलमा दुई वटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता हेमबहादुर बुढाथोकीले जानकारी दिए ।


उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि अलग–अलग मतदान केन्द्र निर्धारण गरिएको बताए । त्यसैगरी, मतदान सकिएपछि मतगणना गरिने उनले बताए । कोशी प्रदेशमा एक महिला र एक अन्य गरि २ पदका लागि निर्वाचन हुँदैछ ।

थप…

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

निर्वाचनलाई निष्पक्ष बनाउन आयोगको आग्रह

दुवै सदनको अधिवेशन २२ माघदेखि आह्वान

विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताएका छन् ।

शिक्षा क्षेत्रमा लामो समय योगदान दिएको विज्ञसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले विश्वविद्यालयलाई राजनीतिक भागबन्डाको थलो बन्न नदिन खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न लागिएको स्पष्ट पारे ।

विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्न बौद्धिक समुदायको साथ चाहियो : प्रधानमन्त्री

एमाले अध्यक्ष केपी ओली अस्वस्थ

गैरआवासीय नेपाली संघको निर्वाचन विवादबारे छानविन गर्न समिति गठन

मधेसमाथिको अन्याय अन्त्य हुनुपर्छ : महन्थ ठाकुर

राज्यको स्रोत साधन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री

सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई

हाम्रो सिफारिसमा…

बीपी प्रतिष्ठानमा कर्मचारी नियुक्ति र बढुवा नगर्न उच्च अदालतको आदेश

महाराजगञ्ज चिकित्सा क्याम्पस डिन कार्यालयमा स्ववियुको तालाबन्दी

हुम्लाको तापक्रम माइनस १०

गैर हाजिर रहेका २४ प्रहरीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन

सुनिल पौडेल र विकल पौडेल पक्राउ
गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको बयानमा बोलाउँदा नआएपछि नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।

गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको जनाएको छ ।

ललितपुर नापी कार्यालयका सर्वेक्षकसहित तीन पक्राउ

३१ लाख मूल्य बराबरको अवैध प्याज बरामद

खेलकुद…

यू–१९ विश्वकप 
आईसीसी यू–१९ विश्वकप क्रिकेटमा पाकिस्तानले एकै ओभरमा दुई विकेट गुमाएको छ । दक्षिण अफ्रिकाको इस्ट लण्डनमा जारी खेलमा पाकिस्तानले नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पाकिस्तानले पछ्याइरहेको छ ।

जवाफी ब्याटिङ गरिरहेको पाकिस्तानले २२ औँ ओभरमा दुई विकेट गुमाएको हो । खेलको २१ ओभर २ बलमा ओपनर ब्याटर श्यामल हुसेन ३७ रन बनाएर आउट भए भने त्यसको दुई बल पछि अर्का ओपनर शहाजिब खान पनि ३७ रन नै बनाएर आउट भए । दुबै विकेट आकाश चन्दले लिए ।

अन्तर्राष्ट्रिय…

रुसमा सैनिक विमान दुर्घटना

रुसमा सैनिक विमान दुर्घटनामा परेको छ । युक्रेनसँगको सीमानजिकैको बेलगोरोद क्षेत्रमा इल्युशिन आईएल ७६ विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । दुर्घटनामा परी हालसम्म ६५ जनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

रुसको रिया नोभेस्ती समाचार संस्थाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा युक्रेनमा जारी युद्धका क्रममा बन्धक बनाइएका युक्रेनी सैनिकहरु पनि छन् । क्षेत्रीय गभर्नर भियाचिस्लाभ ग्लादकोभले घटनाबारे आफू जानकार रहेको बताएपनि थप विवरण दिएका छैनन् ।


त्यसैगरी रुसी प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि घटनाबारे जानकारी प्राप्त भएको बताएका छन् । उनले पनि यसबारे थप विवरण दिएका छैनन् ।

जमानतका लागि इमरान खानले उच्च अदालतमा दिए निवेदन

जापानको व्यापार घाटा ६३ अर्ब डलर

न्यू ह्याम्पसायर प्राइमरी : रिपब्लिकन पार्टीको आन्तरिक प्रतिस्पर्धामा ट्रम्प विजयी

सलह नियन्त्रणका लागि गरिएको सहयोगका लागि भारतको प्रशंसा

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : ५८ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– बिहीबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल

लोप हुँदै साउने सङ्क्रान्तिमा लुतो फाल्ने संस्कृति

ढोरपाटन– यहाँका छन्त्याल तथा मगर समुदायले हरेक वर्ष साउने सङ्क्रान्ति

साम्बाले छाडिन् फ्रान्सेली क्लब, अस्ट्रेलियन क्लबमा अनुबन्ध

काठमाडौं– फ्रान्सको महिला फुटबल क्लब इए गेङगाङ्प छोड्दै गरेको घोषणा

आजबाट घरकर्जा र शेयर धितो कर्जाको सीमा बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई कार्यान्वयन गर्नेगरी बुधबार क,

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ