राष्ट्रिय परिचयपत्रमा अन्तरआबद्धता सरकारको क्रान्तिकारी काम : प्रधानमन्त्री « Khabarhub

राष्ट्रिय परिचयपत्रमा अन्तरआबद्धता सरकारको क्रान्तिकारी काम : प्रधानमन्त्री


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय परिचयपत्रमा अन्तरआबद्धता सरकारको क्रान्तिकारी काम भएको दाबी गरेका छन्‌ ।

प्रतिनिधि सभामा सांसद्‌हरूले सोधेका प्रश्नको जवाफमा प्रधानमन्त्रीले सबै सेवाहरू एकै ठाउँ (राष्ट्रिय परिचयपत्र)मा केन्द्रीकृत गरेर जनताले बैंकिङ, घरजग्गा, शेयरसँग सम्बन्धित सबै कुरा एउटै बिन्दुबाट पाउने व्यवस्था गरिएको बताए ।

‘भर्खरै राष्ट्रिय परिचयपत्रमा सबै अन्तरआबद्धता कायम गर्नेगरी वन डोर सिस्टमबाट जाने जो कुरा गरिएको छ- यो हामीले गरेको क्रान्तिकारी काम हो,’ दाहालले भने, ‘यसले अब सबै सेवाहरू एकै ठाउँमा केन्द्रीकृत गरेर जनताले बैंकिङ, घरजग्गा, शेयरसँग सम्बन्धित सबै कुरा एउटै बिन्दुबाट पाउने व्यवस्था गरिएको छ ।’

दाहालले थपे, ‘अहिले हामीले आइटी दशक र कृषि दशकको जे कुरा गरेका छौं- त्यो आफैंमा उद्धेश्यमूलक ढङ्गले देशको अर्थतन्त्र सुधारका लागि गरिएका दीर्घकालीन रणनैतिक कदमहरू हुन्‌ ।’

यो पनि-

ड्राइभिङ लाइसेन्स लिएकाले साउन १ देखि राष्ट्रिय परिचयपत्र देखाए हुने

प्रधानमन्त्रीलाई पन्तको प्रश्न- ‘आफूले गरेको कामबाट आफैँ सन्तुष्ट हुनुहुन्छ ?’

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  २ : ३० बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको