आजका समाचार : रेशमको मुद्दामा मिसिल झिकाउन आदेशदेखि पूर्वाञ्चल विश्वविद्यालयकाे दीक्षान्त सम्पन्नसम्म  | Khabarhub Khabarhub

आजका समाचार : रेशमको मुद्दामा मिसिल झिकाउन आदेशदेखि पूर्वाञ्चल विश्वविद्यालयकाे दीक्षान्त सम्पन्नसम्म 


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश, कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त, उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने, नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्ष, अर्थ र उर्जामन्त्रीलाई भेटेर मुख्यमन्त्री कँडेलले राखे कर्णालीका छ बुँदे माग, गृहमन्त्रीको निर्देशन – ‘प्राकृतिक प्रकोपका घटनामा केन्द्रको आदेश कुरेर नबस्नू’, पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षितलगायतका समाचारले प्रमुख स्थान पाए। 

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्चले आदेश दिएको छ ।

रेशमले दायर गरेको सो मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले सो आदेश जारी गरेको हो ।

कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ ।

शुक्रबार मन्त्रालयले सूचना प्रकाशन गरी २०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो ।

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने

निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको दिन चलाउन पाइने सवारी साधन बारे जानकारी दिएको छ ।

इलाम-२ को प्रतिनिधिसभा र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १(क) मा सम्पन्न हुने उपनिर्वाचनमा स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि आयोगले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको छ ।

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

अर्थ र उर्जामन्त्रीलाई भेटेर मुख्यमन्त्री कँडेलले राखे कर्णालीका छ बुँदे माग

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री बर्षामान पुन र उर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग भेटवार्ता गरेका छन् । मुख्यमन्त्री कँडेलले अर्थमन्त्री पुन र उर्जामन्त्री बस्नेतसँग भेटेर छ बुँदे माग राखेका हुन् ।

उनले कर्णाली प्रदेशका महत्त्वपूर्ण र रणनीतिक आयोजनाहरू कर्णाली करिडोर, भेरी करिडोर, कोहलपुर (सुर्खेत चार लेन सडक, सुर्खेत विमानस्थल विस्तार, भुकम्प प्रभावित जाजरकोट र रूकुममा पुनर्निर्माण तथा सुर्खेत उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानबाट रोक्न निकास खोला नियन्त्रण लगायतका आयोजनाहरूलाई विशेष प्राथमिकतामा राखी आगामी वर्षको लागी आवश्यक संरचनासहितको बजेट विनियोजन गर्न माग गर्दै २ मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

गृहमन्त्रीको निर्देशन – ‘प्राकृतिक प्रकोपका घटनामा केन्द्रको आदेश कुरेर नबस्नू’

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको आदेश कुरेर नबस्न निर्देशन दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको आदेश/निर्देश कुर्दा उद्धार लगायत काममा ढिलाइ हुने र क्षति पनि धेरै हुन सक्ने भएकाले केन्द्रको निर्देशक कुरेर नबस्न भनेका हुन् ।

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्ययक्ष माधवकुमार नेपाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रमक हुँदै गएका छन् ।

अध्यक्ष नेपालले त्यही झल्को समाजवादीको भ्रातृसंगठन युवा संघ नेपालले गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रमलाई सम्बोधनका क्रममा देखाए ।

रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’को विकल्प नभएको बताएकी छन् ।

नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँद्वारा आज आयोजित ‘डिजिटल एक्स्पो’को शुभारम्भ गर्दै उनले गुणस्तरीय इन्टरनेट सेवाको पहुँच देशव्यापी बनाउन सरकार क्रियाशील रहेको जानकारी दिइन् ।

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टी बलियो भने मात्र सबै बलियो हुने बताएका छन् ।

शुक्रबार नेपाल किसान महासङ्घले नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता डा. महतले यसो भनेका हुन् ।

‘अर्थतन्त्र मिश्रित अवस्थामा छ’ : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र मिश्रित अवस्थामा रहेको बताएका छन्‌ ।

केन्द्रीय बैंकको ६९ औं वार्षिकोत्सवमा वक्तव्य जारी गर्दै अधिकारीले उपलब्ध तरलता र कर्जाको घट्दो ब्याजदरका कारण आर्थिक गतिविधि बढाउने आधार सिर्जना भएको उल्लेख गरेका छन्‌ ।

आठ महिनामा सम्पत्ति शुद्धीकरणका ३८ सय ६९ उजुरी

चालू आर्थिक वर्षका आठ महिनामा सम्पत्ति शुद्धीकरण (कालोधन चोख्याउने) का ३८ सय ६९ वटा उजुरी परेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यी उजुरी २०८० साउनदेखि फागुन मसान्तसम्म परेको हो ।

सम्पत्ति शुद्धीकरण निवारण तथा वित्तीय जानकारी वित्तीय जानकारी इकाइका अनुसार प्राप्त भएका शङ्कास्पद कारोबार/गतिविधि प्रतिवेदनमध्ये ९७५ वटाको विश्लेषण भएको छ ।

डीआईजी चन्दलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

गृहमन्त्रालयले डीआईजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेश प्रमुखमा सरुवा गरेको गरेको छ ।

मन्त्रालयले यसअघि बागमती प्रदेश प्रहरी प्रमुख रहेकी चन्दलाई गण्डकी प्रदेश प्रमुख बनाएको हो ।

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने सात हजार आठ सय ५६ विद्यार्थी दीक्षित भएका छन् ।

शुक्रबार आयोजित दीक्षान्त समारोहमा कला सङ्कायमा स्नातक तहमा ८२ र स्नातकोत्तर तहतर्फ ७६ जनालाई दीक्षान्त उपाधि प्रदान गरियो । कानुन सङ्कायमा स्नातकतर्फ दुई सय ६४ र स्नातकोत्तर एक सय सात, शिक्षाशास्त्र सङ्कायतर्फ स्नातक तहमा छ सय ३६ र स्नातकोत्तरतर्फ एक सय ६७, व्यवस्थापन सङ्कायमा स्नातक तहतर्फ एक हजार पाँच सय ४२, स्नातकोत्तरतर्फ सात सय ६० र एमफिल तहका तीन जनालाई उपाधि प्रदान गरियो ।

आजदेखि कक्षा १२ को परीक्षा सुरु

आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरु भएकाे छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए।

उनले सबै विद्यार्थीलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे। उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन्।

बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक गरेका छन् ।

मेयर बालेनले आफ्नो कविता संग्रह अश्र सार्वजनिक भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन् ।

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

डेढ केजी अवैध सुन किनबेच गर्दागर्दै समातियो नेपाली र भारतीय गिरोह

अवैध सुनको कारोबार भइरहेको सूचना पाएपछि सक्रिय भएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपाली र भारतीय ग‍िरोहका ७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले शुक्रबार काठमाडौंको न्यूरोडसहितका क्षेत्रबाट १७६८.२९ ग्राम अवैध सुन बरामद गरेको छ । नेपाली र भारतीय गिरोहबाट प्रहरीले १ करोड ४३ लाख ६० हजार रूपैयाँ पनि बरामद गरेको छ । बरामद गरिएको सुन ९ वटा टुक्रामा रहेको छ ।

फेरि विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं

संघीय राजधानी सहर काठमाडौं फेरि एक पटक संसारकै खराब वायु भएको स्थानमा दरिएको छ ।

एयर क्वालिटी इन्डेक्सले वेबसाइटमा शुक्रबार सार्वजनिक सूचीअनुसार विश्वका प्रमुख प्रदूषित १५ सहरको सूचीमा काठमाडौं पहिलो बनेको हो ।

अन्तर्राष्ट्रिय

अमेरिकाले भन्यो : युक्रेन युद्धमा चीनले नसघाएको भए रुस टिक्ने थिएन

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले युक्रेन युद्धमा रुसलाई चीनले दिएको समर्थनलाई लिएर राष्ट्रपित सी चिनफिङलाई प्रश्न गरेका छन् ।

युक्रेन युद्धमा रूसलाई दिएको समर्थनबारे औंला उठाएका ब्लिङ्कनले यदि चीन पछि हट्ने हो भने रुस समस्या पर्ने पनि बताए ।

कोरोनाबाट ज्यान गुमाएका तीन जनाको १ हजार दिनपछि अन्त्येष्टि

भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरमा सन् २०२० मा कोरोना भाइरसका कारण ज्यान गुमाएका तीनजनाको १०० हजार दिनपछि अन्तिम संस्कार गरिएको छ ।

यी तीन शव राजधानीको बाबा साहेब भीमराव अम्बेडकर अस्पतालका बेवारिसे थिए । ती शव सडेर कंकाल भइसकेको अवस्थामा बिहीबार दाहसंस्कार गरिएको हो ।

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

गाजामा इजरायलको सैन्य अभियानको विरोधमा अमेरिकाको विश्वविद्यालयमा प्रदर्शन हुन थालेपछि प्रहरीले पक्राउ गरेको हो।

खेलकुद…

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा प्रतियोगितामा सलहेश युवा क्लव सिराहलाई हराउँदै चर्च ब्जाइज युनाइटेड काठमाडौंले त्रिभुवन आर्मीसँग उपाधि भिडन्त पक्का गरेको छ ।

शुक्रबार भएको सेमिफाइनल खेलमा सलहेशलाई २-१ गोलअन्तरले हराउँदै चर्च ब्वाइज फाइनलमा पुगेको हो । खेलको पहिलो हाल्फको ३१ औँ मिनेटमा सलहेशका आसिस चापागाईंले अग्रता दिलाएका थिए ।

तर खेलको ४३ औँ मिनेटमा पेनाल्टीमार्फत चर्च ब्जाइजका नविन लामाले खेललाई बराबरीमा ल्याए ।

वेस्ट इन्डिज ‘ए’सँग पाँच खेलको टी-२० शृंखला शनिबारदेखि, ४ खेलाडी थपिए

पाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२० शृंखला शनिबारबाट सुरु हुँदै छ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो । टी–२० शृंखला खेल्नका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीको घोषणा गरिसकेको छ ।

 

 

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ७ : ५३ बजे

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् ।

एलओडी फेरि विश्वका उत्कृष्ट ५० क्लबभित्र

काठमाडौं- ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) फेरि विश्वकै उत्कृष्ट क्लबमध्ये

संसदीय दलमा रविको ब्रिफिङ : मलाई घेरेर कांग्रेसले सत्ता गठबन्धन फुटाउन खोज्यो

काठमाडौं- सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय

खानीखोलामा श्रमाधान–कल सेन्टर सञ्चालन

काभ्रेपलाञ्चोक– जिल्लाको दुर्गम खानीखोला गाउँपालिकामा श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित

रास्वपाको निष्कर्ष : कांग्रेसले कसैको इशारामा राजनीतिक अस्थिरता निम्त्याउन खोज्यो

काठमाडौं-सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख प्रतिपक्षी दल