दिनभरका समाचार : कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियानदेखि ६५ वटा विस्फोटक पदार्थ निष्क्रियसम्म  | Khabarhub Khabarhub

दिनभरका समाचार : कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियानदेखि ६५ वटा विस्फोटक पदार्थ निष्क्रियसम्म 


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट,  माओवादी घटकबीच एकता अपरिहार्य, रास्वपा सभापति रवि र उपसभापति डिपी भारत प्रस्थान, नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि,  ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय, डब्लुडब्लूईका संस्थापकले दिए राजीनामालगायतका समाचार रहनेछन् ।

माओवादी घटकबीच एकता अपरिहार्य 
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।

माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आज सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल गरे ।

कोशीको घातले गठबन्धनमा फेरबदल हुँदैन : माओवादी

प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट

पत्रकारिता क्षेत्रको सुधारमा सहयोग गर्न सरकार तयार : उपप्रधानमन्त्री खड्का

श्रमको मूल्य र महत्व पहिचानको अभाव : सभामुख घिमिरे

एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्रीबीच भेट
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेका छन् ।

ललिततपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्धलाई राम्रो बनाउनुपर्दछ भन्ने विषयमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिए ।

उनका अनुसार पार्टी अध्यक्ष ओलीले विगतमा चिनियाँ कम्युनिष्ट पार्टीसँग एमाले सरकारमा हुँदा भएका सहमति कार्यान्वयन गर्न आग्रह गरे । उपमन्त्री सुन हायानले पनि दई देशबीच उच्च राजनीतिक तहमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको एमाले विदेश विभाग प्रमुख भट्टराईले बताए ।

रास्वपा सभापति रवि र उपसभापति डिपी भारत प्रस्थान

वायुसेवा निगम उकालोतर्फ लागेको छ : मन्त्री किराँती

आर्थिक पूर्वाधार निर्माण अबको बाटो : अर्थमन्त्री महत

गगनकुमार थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुवात गरेको बताएका छन् ।

महामन्त्री थापाले आज बिहान भद्रपुरस्थित मेची पुल नजिकै आयोजना गरिएको यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरूप यात्रा आरम्भ गरेको बताए ।

जनतामा छाएको निराशा चिर्न संवाद यात्रा : गगन थापा

नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि

गठबन्धन अविश्वासको खाल्डोमा छ, एमालेले आफ्ना काम चुपचाप गर्छ : ईश्वर पोख्रेल

कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्छौँ : वर्षमान पुन

 ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय
नेपाली सेनाले ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको छ ।

सेनाको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा परिसरको हेलिप्याड नजिक यही माघ ११ गते भेटिएका ती विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


बेवारिसे अवस्थामा भेटिएका ती विस्फोटक पदार्थ विगतका द्वन्द्वकालमा प्रयोग भएको हुनसक्ने सेनाको अनुमान छ ।

सङ्खुवासभा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब परीक्षक घनश्याम श्रेष्ठले सरसफाइका क्रममा भेटिएको ती विस्फोटक पदार्थ नेपाली सेनाको सहयोगमा निष्क्रिय तुल्याएको जानकारी दिए ।

प्रधानन्यायाधीश श्रेष्ठ भारत प्रस्थान

मुलुक बन्छ भन्ने आशा जगाउनुपर्छ :  स्वर्णिम वाग्ले

नेपाल–भारतबीचको सम्बन्ध सुमधुर ढङ्गबाट अघि बढिरहेको छ : मन्त्री साउद

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह

निजामती कर्मचारीलाई विवाह र पर्यटन बिदा
कर्णाली प्रदेश सरकारले कर्मचारीलाई विवाह र पर्यटन बिदा थप गरेको छ ।

प्रदेश सरकारले ल्याएको ‘कर्णाली प्रदेश निजामती सेवा नियमावली, २०८०’मा राष्ट्रियरूपमा दिँदै आएको हाजिरी र बिदा भइपरि आउने बिदा, पर्व बिदा, घर बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, असाधारण बिदा र बेतलवी बिदामा तीन बिदा थप गरेको हो ।


नियमावलीले कर्णालीका कर्मचारीलाई विवाह र पर्यटनका लागि सात(सात दिन बिदा दिने व्यवस्था गरेको हो । नियमावलीको परिच्छेद १४ मा भनिएको छ, कर्मचारीले विवाहमा सात दिन बिदा पाउने र विवाह बस्दाको पूरा तलब पाउने तर कार्यालयमा हाजिर भएको १५ दिनभित्र विवाह दर्ताको प्रमाणपत्र भने पेस गर्नुपर्ने छ ।

त्यस्तै प्रदेशको कुनै पनि कर्मचारीले देशका विभिन्न भू-भागको भ्रमण गर्न सात दिन बिदा पाउने छन् । पर्यटन बिदा स्वीकृत गर्ने अधिकारीले पर्यटकीयस्थलको भौगोलिक अवस्थितिका आधारमा अवधि तोकी भ्रमण आदेश स्वीकृत गर्नुपर्नेछ ।

धरहरासँगै निर्माण भएको भवनमा निःशुल्क पार्किङ
धरहरासँगै निर्माण भएको पार्किङ भवनमा निःशुल्क पार्किङ सुरु हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले निःशुल्क पार्किङ सेवा दिने भएको हो ।


न्युरोडको कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिबाट निःशुल्क पार्किङ सेवा दिने भएको महानगरपालिकाले जनाएको छ ।

नगर प्रहरी वरिष्ठ उपरीक्षक राजु नाथ पाण्डेका अनुसार न्युरोडको पार्किङ निषेध भएपछि यो सेवा दिइएको हो ।

अन्तर्राष्ट्रिय…

डब्लुडब्लूईका संस्थापकले दिए राजीनामा
डब्लुडब्लूईका संस्थापक भिन्स म्याकमोहनले यौन उत्पीडनको आरोप पछि राजीनामा दिएका छन ।

म्याकमोहनपाथी यौन उत्पीडन, बेचबिखन र शारीरिक दुर्व्यवहारको त्रासदायक आरोप लागे पछि ब्लुडब्लूईको मूल कम्पनी टिकिओको कार्यकारी अध्यक्षको पदबाट राजीनामा दिएका हुन ।


कुश्ती बेहेमोथ म्याकमोहनको मुख्यालयमा काम गर्ने पूर्व टिकिओ कर्मचारी जेनेल ग्रान्टले दायर गरेको मुद्दा पछि यो घटना बाहिर आएको हो । तर, म्याकमोहनले आरोपहरू अस्वीकार गरेका छन्, उनी सो आरोपको प्रतिरक्षाका लागि अदालत जान तयार छन्।

ग्राउण्डेड भएको विमान पुनः उडानमा

बिहारको रोचक राजनीति: नितिश कुमार एनडीएमा जालान्?

मंगोलियामा ग्यास ट्यांकर विस्फोट, चार जनाको मृत्यु

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ८ : ०१ बजे

जलविद्युत कम्पनीबाट कानुन बनाएर जरिवानासहित रोयल्टी असुल गर्नुपर्ने

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले कानुन बनाएर जलविद्युत कम्पनीबाट रोयल्टीबापतको ब्याज

क्यानसँगको सम्झौता तोडेका सन्दीप भन्छन्- कहिलेकाहीँ निर्णय छुट्टिन होइन, अघि बढ्न लिइन्छ

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट

रवीन्द्र मिश्रलाई मिसिलसहित उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई

संसदीय समितिमा धाइरहेका छन् शिक्षामन्त्री, उपसमितिले नटुङ्ग्याएका विषयमा नेताहरूले सहमति जुटाउने

काठमाडौं– एक महिना आन्दोलन गरेपछि सरकारसँग वार्तामा बसेका शिक्षकहरू गाउँ

१४ अंककले घट्यो नेप्से 

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ अंकले घटेको छ