आजका समाचार : देशभर वर्षा, उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा | Khabarhub Khabarhub

आजका समाचार : देशभर वर्षा, उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई आज सम्बोधन गर्दै उहाँले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताएका हुन् । सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिए।

पहिरोले संघीय राजधानी जोड्ने तीन ठूला सडक ठप्प

दुई दिनदेखिको बर्षाका कारण जनजीवन प्रभावित हुने क्रम बढेको छ ।

खासगरी संघीय राजधानी काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने तीन ठूला सडक पहिरोका कारण ठप्प भएका छन्।

उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा

शुक्रबार बसेको न्यायपरिषद्ले उच्च अदालतका विभिन्न १४ जना न्यायाधीशहरूको सरुवा गरेको छ ।

उच्च अदालतमा दुईजना मुख्य न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डेला सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिसमेत गरेको न्यायपरिषद् बैठकले १४ न्यायाधीशको सरुवा पनि गरेको हो ।

कांग्रेस सभापति देउवाद्वारा शिक्षा विभागमा नयाँ सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा विभागमा १० सदस्य मनोनयन गरेका छन् ।

केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेको कांग्रेसको शिक्षा विभागमा कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सभापति देउवाले १० सदस्य मनोनयन गरेको कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिएका हुन् ।

चाडपर्व सुरक्षा कार्ययोजना : काठमाडौंमा तीन हजार सात सय प्रहरी खटिने

नेपाल प्रहरीले चाडपर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याइ जनजीवनलाई सहज र सरल बनाउन विशेष सुरक्षा योजना अघि सारेको छ । ‘नागरिक स्वयम्को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षित राजधानी’ नाराका साथ काठमाडौँ प्रहरीले सुरक्षा व्यवस्था अझ राम्रो बनाउन काठमाडौँलाई विभिन्न १४ इलाकामा विभाजन गरेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रत्येक युनिटमा १०/१० जनाको टोली बनाइ परिचालन गरिने काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले दसैँ, तिहार, छठलगायत चाडपर्वका लागि काठमाडौंभित्र कुल तीन हजार सात सय ६५ जनशक्ति परिचालन गरिने जानकारी दिए ।

चाडपर्व मनाउन जानेको यात्रा सहज र सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण

नेकपा एमालेले चाडपर्वको समयमा घर जाने नागरिकका लागि सहज यात्रा गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

एमालेको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर सडकहरूको मर्मत गर्नुपर्ने, यातायातका साधनको अभाव हुन नदिन, यात्रुहरूको सुरक्षाको व्यवस्था लगायतका विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

पर्यटन क्षेत्रले अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याएको छ : कार्यवाहक प्रधानमन्त्री सिंह

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार ४५औं विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्‍याइरहेको योगदानको प्रशंसा गरे । तर, उनले सन्तोषजनक अवस्था भने नरहेको भन्दै आगामी दिनमा पर्यटन क्षेत्रबाट हुने योगदान थप वृद्धि गर्न सरकारले आवश्यक सहजीकरण गर्ने पनि बताए।

मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अहिले मानवता इतिहासकै कठिन मोडमा रहेकाले मानवहितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताएकी छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन हाल अमेरिकाको न्युयोर्कमा रहेकी मन्त्री डा.राणाले बिहीबार सम्पन्न एशियाली कोअपरेसन डायलग (एसिडी) मा संलग्न देशहरूका मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उक्त धारणा राखेकी हुन् ।

उत्पादन र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा छ : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

‘समृद्धिका लागि सम्पदा संरक्षण’ नाराका साथ ललितपुर रत्न तथा आभूषण सङ्घ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा आजदेखि सुरु भएको ‘पाटन हेरिटेज जेम एण्ड ज्वेलरी एक्स्पो–२०२४’ को उद्घाटन गर्दै मन्त्री भण्डारीले यति बेला नीतिगत सुधार जटिलतालाई समाधान गर्नेतर्फ सरकार लागिपरेको बताए । उनले सरकारी तवरबाट लगानीकर्तामैत्री र परियोजनामैत्री वातावरण बनाउने क्रमबद्ध कार्य योजना तय भएको बताए ।

अब उखु र दूध किसानको पनि दशैँ आउँछ : मन्त्री अधिकारी

सरकारले दुग्ध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको विशेष पहलमा दुग्ध तथा उखु किसानका लागि झन्डै दुई अरब रुपैयाँ निकास भएको हो ।

दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि शुक्रबर मात्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको छ भने आठ जिल्लाका उखु किसानले पाउनु पर्ने १ अरब ४५ करोड बढी रकम कृषि मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको छ । त्यसका लागि महालेखा नियन्त्रक कार्यालयको अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँड गरी शुक्रबार नै सम्बन्धी जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पठाएको छ ।

सरकार सय दिनको दायित्व पूरा गर्न काम गरिरहेको छ : सञ्चारमन्त्री गुरुङ

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले आफ्नो सय दिनको दायित्व पूरा गर्न कामहरू अगाडि बढाएको बताएका छन् ।

सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेर १०० दिनमा गर्नुपर्ने काम दायित्व पूरा गर्न सबै मन्त्रालयहरूलाई पनि निर्देशन दिएको प्रवक्ता सुब्बाको दाबी छ।

अन्तर्राष्ट्रिय…

चिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !

शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री

पाकिस्तानमा साम्प्रदायिक द्वन्द्वमा ३७ जनाको मृत्यु

हिजबुल्लाहमाथि पूर्ण शक्तिका साथ आक्रमण गर्न नेतान्याहुको निर्देशन

खेलकुद…

न्यूजील्याण्डविरुद्ध दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलंका, तीन खेलाडीले बनाए शतक

भारत र बंगलादेशबीचको दोस्रो टेस्ट वर्षाले प्रभावित

एन्फा महिला लिग : एपीएफसँग बागमती क्लब फराकिलो अन्तरले पराजित

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ८ : २६ बजे

भारतको ४७ करोड अनुदानमा बन्ने विकास परियोजनाका समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं- भारत सरकारको अनुदान सहायताअन्तर्गत नेपालका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी

भारत र यूएईबीचको व्यापार लक्ष्य निर्धारित समय अगावै पूरा हुने

काठमाडौं – भारत र संयुक्त अरब इमिरेट्स (यूएई) बीचकोव्यापार लक्ष्य

कालो बजारी नियन्त्रण गर्न एमालेको माग

काठमाडौं – नेकपा (एमाले)ले चाडपर्वमा हुनसक्ने कालो बजारी नियन्त्रण गर्न

मोदी र जेलेन्स्कीबीच एक महिनामा दोस्रोपटक भेटवार्ता

काठमाडौं – झण्डै एक महिनाको अवधिमा भारतीय प्रधानमन्त्रीनरेन्द्र मोदीले युक्रेनका

एमाले नेतृ सुनिता बराल भन्छिन्- प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो

काठमाडौं- नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर आफ्नो