आजका समाचार :प्रचण्ड, देउवा र ओलीबीच भेटदेखि बागमतीमा सरकार विस्तारसम्म | Khabarhub Khabarhub

आजका समाचार :प्रचण्ड, देउवा र ओलीबीच भेटदेखि बागमतीमा सरकार विस्तारसम्म


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

सम्पूर्ण वामपन्थी र देशभक्त एक ठाउँमा उभिन्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण वामपन्थी र देशभक्त एक ठाउँमा उभिनुपर्ने बताएका छन्। २४औँ जेल ब्रेक स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ र मौलिक तरिकाले नेपाली समाजवादी क्रान्ति अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष दाहालले भने, ‘माओवादी आन्दोलनलाई छिटोभन्दा छिटो एक ठाउँमा केन्द्रित गर्ने र सम्पूर्ण राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाइन्छ, यो आत्मविश्वास अहिले पनि नेतृत्वलाई छ ।’

देश र जनतालाई केन्द्रमा राखेर आफू अगाडि बढेको स्पष्ट पार्दै उनले दायाँ कदम चाल्दा होस् या बायाँ कदम चाल्दा होस्, क्रान्ति, जनता र राष्ट्रप्रतिको निष्ठामा कमी आउन दिन हुन्न र हामीले लिएको संकल्प त्यही हो, आज पनि त्यही छ भने।

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेट

सरकारले महोत्तरीको समग्र विकासमा पहल गर्छ : प्रधानमन्त्री

कृत्रिम बौद्धिकता अवसरसँगै चुनौती पनि : उपाध्यक्ष पाण्डे

बागमती प्रदेश सरकार विस्तार, एमाले पनि सहभागी
बागमती प्रदेश सरकार विस्तारको गरिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार मन्त्रिपरिषद् विस्तार, पुनर्गठन र कार्यविभाजन गरेका हुन्।

प्रदेश प्रमुख शर्मासमक्ष प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा नेकपा (एमाले)का संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्री पदको शपथ लिएका हुन्।


प्रदेश सभाको दोश्रो कार्यकालमा दोश्रो पटक मन्त्री बनेका थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्।

नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले दोश्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्।

 

विकास निर्माणमा सबै एकजुट हुनुपर्छ : राष्ट्रपति

रानाथारु समुदायको व्यावसायिक उत्थान जरुरी : मन्त्री भण्डारी

मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्छ :उपमहासचिव पोखरेल

एकीकृत समाजवादीको महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने

इलाम उपनिर्वाचन : घण्टी हस्तान्तरण गरेर उम्मेदवार सार्वजनिक
इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ ।

इलाममा एक कार्यक्रम गर्दै लिम्बूलाई रास्वपाले औपचारिक रूपमा उम्मेदवार बनाएको हो ।


रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेले उप निर्वाचनका लागि उम्मेदवार घोषणा गर्दै लिम्बूलाई चुनाव चिह्न घण्टी हस्तान्तरण गरेका छन् ।

रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले भने, ‘सभापति रवि लामिछानेले मिलन लिम्बूलाई घण्टी हस्तान्तरण गरेर औपचारिक रूपमा उम्मेदवार घोषणा गर्नुभयो। भूगोल बुझेका उम्मेदवार भएकाले हाम्रो जित सुरक्षित छ ।

दबाब र प्रभावबिना काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री प्रकरणमा छानबिन समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै

सभामुख घिमिरे र विभिन्न दलहरूबीच छलफल

काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँ : गृहमन्त्री लामिछाने

गण्डकीमा स्वास्थ्य तालिमको सातवर्षे रणनीति कार्यान्वयनमा

जनताले स्वामित्व लिन सक्ने खालका कार्यक्रम बजेटमा समेट्नू-अर्थमन्त्री

अल्लो उद्योगमा ३५ जना बढी महिलालाई रोजगार
तिलकुमारी पुनले घोराही उपमहानगरपालिका–१३ मा अल्लो व्यवसाय सञ्चालन गरेकी छन् ।

‘विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग’मार्फत उनले व्यवसाय गर्दै आएकी हुन् । चालीस वर्षीया पुनको घरमा बुवा, आमा, दाई र आफूसहित दुई दिदीबहिनी छन्। आफ्नै खुट्टामा उभिएर स्वरोजगार बन्दै जाँदा बिहे गर्नुपर्छ भन्ने सोचसमेत नआएको उनले बताइन् ।

अरुण नदीमा फेरी बन्द भएपछि यातायात अवरुद्ध

कालीगण्डकी करिडोर : बेगखोलाको पुल लक्ष्यअघि नै निर्माण

प्रभावकारी बन्दै ‘दिगो सडक’ कार्यक्रम

काठमाडौं महानगरका ५० पेट्रोल पम्पलाई निःशुल्क शौचालय सरसफाइका सामान दिइने

आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए को लगातार दोस्रो हार
आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको टी-२० सिरिज एक खेल अघि नै जितेको छ । शनिबार सम्पन्न सिरिजको दोस्रो खेलमा ४० रनले नेपाल ए माथि जित हासिल गर्दै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिज २-० ले जितेको हो ।

आयरल्याण्ड वोल्भ्सले दिएको २२५ रनको विशाल लक्ष्य पछाएको नेपाल ए ले १७.५ ओभरमा अल आउट हदै १८४ रन बनाएको थियो ।

नेपालका लागि सर्बाधिक रन देव खनालले बनाए । देव २५ बलमा ४७ रन बनाएर आउट भए । त्यस्तै बसिर अहमदले २७ रन बनाए भने कप्तान विनोद भण्डारीले २६, लोकेश बमले २५, आरिफ सेखले १४, पवन सराफले १० रन बनाए ।

टस जितेर पहिला बलिङ गर्दै नेपाल

पहिलो खेलमा पराजित नेपाल आज आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै

नेदरल्याण्ड्समा तीन बन्धक रिहा
केन्द्रीय सहर एडेको एक रात्रिकालीन क्लबमा घन्टौँसम्म बन्धक बनाइएका तीन व्यक्तिलाई रिहा गरिएको प्रहरीले बताएको छ । यद्यपि प्रहरीले ‘स्थिति अझै पनि समाप्त नभएको’ बताएको छ ।

गेल्डरल्यान्ड प्रहरीले सामाजिक सञ्जाल एक्समा बन्धकहरूको रिहाईको घोषणा गर्यो । क्लबमा थप बन्धक छन वा छैनन् भन्नेबारेमा प्रहरीले केही बताएको छैन । हतियारले सुसज्जित प्रहरी र विशेष गिरफ्तारी दल, केही मास्क लगाएका क्लबको बाहिर जम्मा भएका थिए ।

घटनास्थलको भिडियोमा तीन व्यक्तिलाई उनीहरूको रिहाईपछि हावामा हात उठाउँदै बाहिर निस्किएको देखाइएको छ । प्रहरीले एक्समा भनेको छ, ‘अहिलेसम्म आतंकवादी मनसायको कुनै संकेत प्राप्त भएको छैन ।’

उत्तर कोरियालाई लक्षित गरी ल्याइएको प्रस्तावमाथि रूसद्वारा भिटो प्रयोग

मेक्सिकोको दक्षिणी तटमा आठ आप्रवासी मृत फेला

पेरुका राष्ट्रपति बोलुआर्टेको घरमा छापा मारियो

युरोप ‘युद्धपूर्वको युगमा’ प्रवेश गरेको पोल्यान्डका प्रधानमन्त्री टस्कको भनाइ

मस्को हमलामा परेका मध्ये १४३ जना अझै बेपत्ता, खोजबिन जारी

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ७ : ५६ बजे

सभामुखले प्रधानमन्त्री प्रचण्ड र ओलीसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल जारी

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा– जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन