आजका समाचार : भ्रष्टाचारको मुद्दामा हदम्याद नलाग्ने, ओलीविरुद्ध नाराबाजी गर्ने धरौटीमा छुटे, प्रहरीमा ३० वर्षे सेवावधि नहट्ने | Khabarhub Khabarhub

आजका समाचार : भ्रष्टाचारको मुद्दामा हदम्याद नलाग्ने, ओलीविरुद्ध नाराबाजी गर्ने धरौटीमा छुटे, प्रहरीमा ३० वर्षे सेवावधि नहट्ने


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

ग्रीन हाइड्रोजन उत्पादन र रिफ्युल सेन्टर उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- अनुकरणीय काम भयाे

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय (केयू)मा रहेको ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ सेन्टरको उद्घाटन गरेका छन् ।

विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहका अवसरमा प्रधानमन्त्रीले आज हाइड्रोजनबाट सञ्चालन हुने बा१झ ११११ नम्बरको कारको समेत उद्घाटन गरे । उनी सोही कार चढेर दीक्षान्त समारोहस्थल गएका थिए ।

योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्रीसहित संघीय सांसदहरूलाई योगअभ्यास (तस्बिरहरू)

टुँडिखेलमा ओली-देउवाविरूद्ध नारा लगाउने युवा ९ हजार धरौटीमा छुटे

यही सोमबार काठमाडौंको टुँडिखेलमा आयोजित गौरा पर्वका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने तीन युवा धरौटीमा छुटेका छन् ।

ओली र देउवाविरुद्ध नाराबाजीमा संलग्न युवाहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेर सरकारी वकिलको कार्यालयमार्फत अभद्र व्यवहारसम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालयमा लगेको थियो ।

समानुपातिक व्यवस्थासहितको संविधानलाई थप सुदृढ गरौँ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक व्यवस्था सहितको संविधानलाई थप सुदृढ गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तक विमोचन गर्दै सभापति देउवाले अहिलेको संविधान समावेशी भएको भन्दै समावेशी समानुपातिक व्यवस्था सहितको संविधानलाई थप सुदृढ गर्नुपर्ने बताएका हुन् ।

हदम्यादबारे गृहमन्त्रीले भने- भ्रष्टाचारमा जहिलेसुकै मुद्दा चल्न सक्छ

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद हटाउन सरकार तयार रहेको बताएका छन् । उनकै प्रस्तावमा राज्य व्यवस्था समितिले हदम्यादको प्रावधान हटाएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशान समितिको बैठकमा बोल्दै उनले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद हटाएर पहिलाकै व्यवस्था राख्न सरकार तयार रहेको बताएका हुन् ।

भ्रष्टाचार विधेयकबाट हटाइयो पाँच वर्षे हदम्याद

भ्रष्टाचारको हदम्याद हटेपछि रविको प्रतिक्रिया- जनस्तरबाट भएको खबरदारीले काम गर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले प्रश्न उठाएपछि हदम्यादको प्रस्ताव हट्न सफल भएको बताएका छन्।

शुक्रबार राज्य व्यवस्था समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मुलुकको हितमा नरहेका बिषय अघि बढाउन खोज्दा जनस्तरबाट विरोध भएपछि हदम्यादको प्रस्ताव हट्न सफल भएको बताए ।

कांग्रेसमा शिक्षा नीति निर्माणको माग गर्दै सानेपामा पत्र दर्ता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले युग सुहाउँदो शिक्षा नीतिका लागि आधिकारिक धारणा बनाउन माग गर्दै सानेपामा जारी केन्द्रीय समिति बैठकमा पार्टी सभापति र पदाधिकारीका नाममा पत्र दर्ता गराएका छन्।

महरले ‘शिक्षा नीति’ निर्माणको प्रस्ताव पेस गरिदिन र पारितका लागि आवश्यक पहल गरिदिन आग्रह गर्दै उनले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्र दर्ता गराएको बताएका हुन् ।

मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार, जगदम्बा-श्री योगेन्द्र यादवलाई

मदन पुरस्कार २०८० चर्चित पत्रकार एवम् लेखक मोहन मैनालीलाई उनको पुस्तक ‘मुकाम रणमैदान’का लागि प्रदान गरिने भएको छ।

शुक्रबार बसेको मदन पुरस्कार गुठीको साधारण सभा बैठकले मदन पुरस्कार २०८० बाट ‘मुकाम रणमैदान’का लागि मोहन मैनालीई सम्मान गर्ने निर्णय गरेको हो।

त्यसैगरी जगदम्बा-श्री २०८० बाट प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई सम्मान गरिने निर्णय मदन पुरस्कार गुठीले गरेको छ। दुवै पुरस्कारको राशि चार लाख रुपैयाँ छ।

गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार ‘नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धान क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो योगदान गरेकोमा’ मा यादवलाई जगदम्बा-श्री प्रदान गर्ने निर्णय भएको हो ।

लागू औषध दुर्व्यसनविरुद्ध युवा जाग्नुपर्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लागू औषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थीहरू जाग्न आवश्यक रहेको बताएका छन् ।

दोलखामा रहेको गाईखुरा युवा क्लबले शुक्रबार आयोजना गरेको लागू औषध दुर्व्यसनीविरुद्ध सचेतना कार्यक्रममा अध्यक्ष नेपालले लागू औषध दुर्व्यसन तथा कुलतबाट जोगाउनका लागि युवा एवं विद्यार्थीको भूमिका अहम रहने बताए।

मेयर बालेन्द्रको दाबी- काठमाडौंका नगरप्रहरीको अन्तर्राष्ट्रिय तहमै प्रशंसा भइरहेको छ

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सडक अतिक्रमण रोक्न नगर प्रहरीका कामको अन्तराष्ट्रिय क्षेत्रबाटै प्रसंसा भएको दाबी गरेका छन् ।

३२ औँ महानगर प्रहरी दिवसका अवसरमा काठमाडौं महानगरले शुक्रबार गरेको कार्यक्रममा शाहले सडक अतिक्रमणलाई रोक्दै फुटपाथ व्यवस्थापनमा महानगर प्रहरीको कामको विभिन्न देशका नगरले प्रसंशा गरेको बताए ।

अर्थसंक्षेप : भ्रष्टाचार विधेयकबाट हटाइयो पाँच वर्षे हदम्याद, २४ खर्ब ७२ अर्बको सार्वजनिक ऋण

प्रहरीमा ३० वर्षे सेवावधि नहट्ने, सर्वोच्चले खारेज गर्‍यो अन्तरिम आदेश

नेपाली प्रहरीको ३० वर्षे सेवावधि विवादमा सर्वोच्च अदालतले यसअघि जारी अन्तरिम आदेशलाई खारेज गरेको छ।

न्यायाधीशद्वय सारंगा सुवेदी र विनोद शर्माको इजलासले शुक्रबार सरकारको भ्याटेक निवेदनमा माग बमोजिम हुने आदेश जारी गरेको हो ।

जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता

जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

जउवा संघको नयाँ नेतृत्वका लागि भदौ २९ गते हुने निर्वाचनका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साह, निवर्तमान उपाध्यक्ष सुरेन्द्र भण्डारी र वर्तमान वरिष्ठ उपाध्यक्ष मनिषरमण साहले उम्मेदवारी दर्ता गराएका हुन् ।

अन्तर्राष्ट्रि…

पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु

अमूल बन्यो संसारकै सबैभन्दा शक्तिशाली डेरी ब्राण्ड

पाकिस्तानको खैबर पख्तुनख्वामा अतिवादी लडाकु समूहको बिगबिगी

भारत र जापानले रक्षा सहकार्य बढाउँदै लैजाने

अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पलाई दुई नव आगन्तुकको साथ

खेलकुद…

पलेशा गोबर्धन क्वाटरफाइनलमा पराजित

जारी पेरिस पारा ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन क्वाटरफाइनलमा पराजित भएकी छन् ।

शुक्रबार भएको खेलमा के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको यस प्रतिष्पर्धामा पलेशा क्वाटरफाइनलमा ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेससँग १०-८ ले पराजित भएकी थिइन् ।

सुरुवाती तीन खेलमा एम्बाब्पे फ्लप, रियल मड्रिडले गुमायो ४ अंक

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ८ : ०५ बजे

जग्गा, आवास व्यवस्था पुनरावलोन गर्न कार्यदल गठन

काठमडौं – सहरी विकास मन्त्रालयले जग्गा, आवास विकासमा देखिएका समस्या

दशैंमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने

काठमाडौं – बडा दशैंमा पर्यटकको सेवालाई मध्यनजर गरी पर्यटन विभाग

विधिपूर्वक गरियो कात्यायनी देवीको पूजा

काठमाडौं – आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा

इजरायली हवाई आक्रमणमा लेबनानमा चार जनाको मृत्यु

बेरुत – इजरायली हवाई आक्रमणमा बुधबार मध्य लेबनानमा विस्थापित नागरिकहरूको

ओली र देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं