एमाले सचिवालय बैठकपछि प्रधानमन्त्रीले भेटे पूर्वराष्ट्रपति, दुई घण्टा छलफल
नेकपा एमालेमा नेतृत्वको विकल्पको खोजी सुरु भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली बूढानीलकण्ठ पुगेका छन् ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न ओली बिहीबार अपरान्ह बूढानीलकण्ठस्थित भंगाल पुगेका हुन् ।
बिहीबार दिउँसो सचिवालय बैठकमा पुस २१ गतेदेखि बस्ने केन्द्रीय समितिमा पेश गर्न लेखिएको राजनीतिक प्रतिवेदन पारित गरेपछि ओली भंगाल पुगेका हुन् ।
नेकपा एमालेकी पूर्वउपाध्यक्ष रहेकी भण्डारीसँग ओलीले करिब २ घण्टा लामो वार्ता गरेको उनको सचिवालयले जनाएको छ ।
दुई घण्टासम्म भएको भेटमा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको ओलीको सचिवालयले उल्लेख गरेको छ ।
पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किने कोसिस गरिरहेकी छन् । दुई कार्यकाल राष्ट्रपति बनिसकेकी उनी एमालेको नवौँ महाधिवेशनमा उपाध्यक्ष बनेकी थिइन् । त्यसपछि उनलाई वर्तमान प्रधानमन्त्री ओलीले नै राष्ट्रपति बनाएका थिए ।
ओलीको अध्यादेशबाट नियुक्तहरू अवकाशतिर, सर्वोच्चले भ्याउँदैन मुद्दा हेर्न
सर्वोच्च अदालतकै कार्यक्षमतामा प्रश्न उठाउने गरी संवैधानिक आयोगकहरूमा भएको नियुक्तिविरुद्धको रिट यही बुधबार पेसीमा चढेर पनि हेर्न नभ्याइनेमा पर्यो । नियुक्ति पाएकाहरूले अवकाशसमेत पाउन थालिसक्दा पनि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णयको छिनोफानो गर्न सर्वोच्चलाई साह्रै सकस परेको छ ।
बुधबार संवैधानिक इजलासमा पेसी चढेपछि यो प्रकरणलाई किनारा लगाउने अपेक्षा थियो । तर, सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको संवैधानिक इजालसले पनि निर्णय नदिएर यो मुद्दालाई अझै धकेलिदियो ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगहरूका रिक्त पदमा अध्यादेशका भरमा गरिएका नियुक्ति खारेज माग गर्दै परेको रिटमाथि अझैसम्म सुनुवाइ भएर किनारा लाग्न सकेको छैन ।
प्रधानमन्त्री ओलीले अध्ययादेशको सहारामा सिफारिस गरेका नियुक्तिहरू खारेजको माग गर्दै रिट दायर भएको झण्डै चार वर्ष पुग्नैलाग्दा पनि सर्वोच्च अदालतले कुनै निर्णय नै गर्न सकेको छैन ।
सुशासनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : गृहमन्त्री
कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्री अधिकारीको आग्रह
कर्ण थापाको टिप्पणी : विधानअनुसारको बहसलाई बन्देज लगाउनु उचित होइन
भीम रावलको आरोपबारे एमालेले भन्यो : प्रचण्ड-बाबुराम र रविले दिने गालीकै निरन्तरता
प्रमुख सत्तारुढ नेकपा एमालेले पार्टीबाट निकालिएका पू्वउपाध्यक्ष डा. भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्दै लगाएका आरोपलाई गालीको संज्ञा दिएको छ ।
बिहीबार बसेको पार्टी केन्द्रीय सचिवालयको ४३ औँ बैठकपछि आयोजित पत्रकार सम्मेलनका क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले रावलले लगाएका आरोपलाई गालीगलौजको संज्ञा दिएका हुन् ।
‘भीम रावलजीबारे हामीले छलफल गरेनौँ । तर उहाँले ३१ पृष्ठ लामो लिखित दस्तावेजमा उल्लेख गरेका कुरा विगतकै गालीगलौजका निरन्तरता हुन्’, उनले भने, ‘२०७७ साल कात्तिकमा तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तै भाषामा प्रधानमन्त्री केपी ओलीबारे १९ पृष्ठसहितको आरोप लगाएका थिए । अहिले भीम रावलले तिनै कुरालाई कपी पेस्टसहितको आरोप लगाएका हाम्रो निष्कर्ष हो ।’
उनले गालीगलौजले देश नबन्ने पनि बताए । ज्ञवालीले शान्ति प्रक्रियामा आएपछि माओवादी अध्यक्ष प्रचण्ड र अर्का नेता डा. बाबुराम भट्टराईले यसैगरी पुराना भनिने दलहरूलाई गालीगलौज गर्ने गरेको स्मरण गराए ।
भीम रावललाई निकालेको सातापछि एमाले सचिवालयको अर्को बैठक
ओलीको राजनीतिक प्रतिवेदन : कांग्रेससँग सत्ता सहयात्राको औचित्य पुष्टि गर्ने प्रयास
सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव
दुई ठूला दलको सरकारबाट पनि सुधारको सङ्केत देखिएन : यादव
माओवादीको निष्कर्ष : नेपाल शक्तिराष्ट्रबीच शीतयुद्धको केन्द्र बन्दैछ
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले नेपाल शीत युद्धको इपिसेन्टर बन्ने दिशामा अघि बढेको निष्कर्ष निकालेको छ ।
बिहीबारदेखि काठमाडौंमा सुरु स्थायी समिति बैठकबारे पत्रकारहरूलाई जानकारी गराउँदै माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भूराजनीतिक जटिलताबारे यस्तो निष्कर्ष निकालिको बताएका हुन् ।
आगामी पुस २१ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले लामो ब्रिफिङ गरेका थिए ।
‘अन्तराष्ट्रिय परिस्थिति अन्यत्नै द्वन्द्वग्रस्त भइरहेको, शक्ति राष्ट्रबीचमा प्रतिद्वन्द्विता झन्झन् तीव्र हुँदै गएको छ । यो परिस्थितिमा राष्ट्रिय एकताको सबैभन्दा बढी खाँचो परेको छ’, सापकोटाले अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै पत्रकारलाई सुनाए, ‘देश विपद्को भूमरीमा पर्दैछ । हाम्रो देश शीतयुद्धको इपिसेन्टरतिर जाँदैछ । त्यसकारण यो देशको रक्षा गर्ने दायित्व सबै नेपालीको हो ।’
माओवादी स्थायी समिति बैठक : पूर्वउपराष्ट्रपति पुन पनि सहभागी
प्रचण्डले भने- शेरा दरबारमा मेरो कुनै संलग्नता छैन, भेटिएमा कारबाही होस्
प्रचण्डलाई गृहमन्त्रीको जवाफ- व्यक्तिको नाममा गएको शेरा दरबार फिर्ता ल्याउँछौँ
शेरा दरबारबारे गम्भीर अध्ययन भइरहे छ : गृहमन्त्री
माओवादी अध्यक्ष दाहाल राज्य व्यवस्था समिति बैठकमा सहभागी
‘विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ’
स्थानीय तहका कर्मचारीको समस्या समाधान गरिनेछ : मुख्यमन्त्री सिंह
मधेस प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस
प्रदेशले संशोधन गरेको कानूनले महानगरको आय घटयो : बालेन शाह
स्वर्णलक्ष्मी सहकारीमा ठगी : रविसहितलाई ४४ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय
स्वर्णलक्ष्मी सहकारीबाट रकम अपचलन प्रकरणमा अनुसन्धान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउन राय दिँदै प्रतिवेदन बुझाएको छ ।
पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति लामिछानेमाथि काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट पनि रकम अपचलन गरेको जाहेरी परेको थियो ।
सो उजुरीमाथि अनुसन्धान गरेको प्रहरी परिसरले बिहीबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाउँदै लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउन राय दिएको हो ।
कास्की जिल्ला अदालतमा लामिछाने लगायतविरुद्ध बहस चलिरहँदा अब काठमाडौँमा पनि मुद्दा प्रक्रिया अघि बढ्ने भएको हो ।
प्रहरी प्रतिवेदनमा स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गर्नुपर्ने उल्लेख छ। सो सहकारीको रकम हिनामिना भएको ठहर गर्दै लामिछानेसहित ४४ जनासँग एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावी गर्न प्रहरीको राय छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरण : जाहेरवालाले पहिलो दिन बहस सके, शुक्रबार पनि जारी रहने
गौशालाको होटलमा युवती मृत, सँगै कोठामा बसेका युवक फरार
प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध विषयमा कुराकानी भएको थियो ।
भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं उद्योगपति विनोद चौधरीसमेत सहभागी थिए । विक्रमासिङ्घे प्रधानमन्त्री ओलीका एक पुराना मित्र पनि हुन् ।
यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलङ्काका पूर्वप्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घे आज स्वदेश फर्किँदै छन् ।
झाराटारा गरेर पार्टी चल्दैन : उपप्रधानमन्त्री सिंह
किसानले बेचे ११ करोडको धान
बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब ११ करोड रुपैयाँ बढीको धान बिक्री गरेका छन् ।
गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयले पुस १६ गतेसम्म यहाँका किसानलाई ११ करोड ८२ लाख भुक्तानी गरी ३१ हजार ६ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरिसकेको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।
‘धान बिक्री गर्न ६ सय ७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकोमा अहिलेसम्म पाँच सय ६७ किसानसँग धान खरिद गरिसकेका छौँ’, कार्यालय प्रमुख लामिछानेले भने, ‘स्थानीय तहको सिफारिसका आधारमा एक किसानसँग ८० क्विन्टलसम्म धान खरिद गर्ने गरेका छौँ ।’
धान खरिद गर्नुअघि किसानले स्थानीय तहको सिफारिस दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको कार्यालय प्रमुख लामिछाने बताए ।
एकै वर्षमा ३४ लाखको अलैँची उत्पादन
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै
अर्थसंक्षेप : एक वर्षमा ११ लाख ४७ हजार पर्यटक भित्रिए, निराशाजनक नेप्से कारोबार
अमेरिकामा भीडमाथि कार कुदेपछि १५ जनाको मृत्यु
अमेरिकाको दक्षिणी सहर न्यु ओरलियन्समा भएको दुर्घटनामा मर्नेको सङ्ख्या १५ पुगेको छ।
ओरलियन्सको फ्रेन्च क्वार्टरको लोकप्रिय गल्लीमा नयाँ वर्ष बनाइरहेको समयमा भीड माथि कार कुदेको थियो। सो स्थान बार क्लब तथा नाइट लाइफका लागि चर्चित ठाउँ हो।
गल्लीमा सङ्गीत गुन्जिरहेको समयमा एक्कासी मानिसको शरीरबाट कार कुद्न थालेपछि मानिसको रुवाबासी र भागाभाग भएको थियो।
सो घटना गराउने व्यक्ति टेक्ससका ४२ वर्षीय समसुदिन जबार रहेको जनाइएको छ। प्रहरीको गोलीबाट मारिनु अघि उनले चलाएका कारण कारण थिचिएर १५ जनाको ज्यान जानुका साथै ३५ जना घाइते भएका हुन्।
गाजामा इजरायली हमला, पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
ट्युनिसियामा डुङ्गा पल्टिँदा २७ आप्रवासीको मृत्यु, ८३ को उद्धार
पाकिस्तान : लाहोर विश्वको सबैभन्दा प्रदूषित सहर
बङ्गलादेशद्वारा राजद्रोहको आरोपमा हिन्दु भिक्षुको जमानत अस्वीकार
प्रतिक्रिया