आजका समाचार : पाथिभरा केबलकार बनाउने पक्षमा एमाले, रविका विश्वासपात्र अमेरिकामा पक्राउ र विप्लव कृषितिर, थाले भेडापालन | Khabarhub Khabarhub

आजका समाचार : पाथिभरा केबलकार बनाउने पक्षमा एमाले, रविका विश्वासपात्र अमेरिकामा पक्राउ र विप्लव कृषितिर, थाले भेडापालन


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

पाथिभरा केबलकारको पक्षमा एमाले, सहज वातावरण बनाएर निर्माण गर्नुपर्ने निष्कर्ष

प्रमुख सत्तारुढ नेकपा (एमाले)ले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित प्रसिद्ध पाथिभरा मन्दिरसम्म पुग्न बनाउन लागिएको केबलकार निर्माणलाई सहज रुपमा अघि बढाउनुपर्ने निर्णय गरेको छ ।

आइतबार बसेको एमाले सचिवालयको बैठकले यस्तो निर्णय गरेको जानकारी महासचिव शंकर पोखरेलले दिएका छन् ।

एमाले जनसंगठनको संरचनामा हेरफेर, दुईवटा विभागमा सचिव मनोनयन

अध्यादेश यथाशक्य चाँडो संसद्‍बाट पारित हुन्छ : महासचिव पोखरेल

च्यासलमा एमाले सचिवालय बैठक, अध्यदेशसहितका विषयमा निर्णय लिँदै

युवाको चौतर्फी विकासमा सरकारले सहयोग गर्छ : प्रधानमन्त्री 

कांग्रेस सभापतिबारे देउवासँग तुलना गर्दै खड्काले भने- उहाँ र मेरो राजनीतिक यात्रा उस्तै छ

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आसन्न १५ औँ महाधिवेशनमा सभापति पदमा उठ्ने संकेत गरेका छन् ।

रुपन्देहीमा हुन लागेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा खड्काले सभापतिमा आफ्नो उम्मेदवारी हुन सक्ने संकेत गरेका हुन् ।

महाधिवेशनको मिति टुंगो नभएको अवस्थामा भावी नेतृत्वका लागि अहिलेबाटै नेताहरूको दौडधूप चलिरहेका बेला खड्काको यस्तो भनाइ आएको हो ।

‘मैथली र लिम्बू भाषालाई कामकाजको भाषा बनाउने विषयमा सरकार गम्भीर छ’

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभामा विशेष सम्बोधन गर्ने

ओली नेतृत्वको सरकार आयु लम्ब्याउन जालझेल गर्दैछ : उपेन्द्र यादव

राजनीतिक स्थायित्वका लागि गठबन्धनको सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

कांग्रेस सभापतिमा प्रकाशमानको दाबी, भन्छन्- त्योभन्दा तलको पदमा बस्दिनँ

सर्वोच्च अदालतका सबै पेशी स्थगित, कुनै मुद्दाको सुनुवाइ नहुने

गृहमन्त्रीले भने- पाथीभरा केबलकारको समस्या समाधान गर्न सरकार तयार छ, वार्तामा आउनुस्

गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरमा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरूलाई वार्तामा आउन आह्वान गरेका छन् ।

आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नो केवलकार समूहले उठाएका विषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गरेका हुन् ।

उनले केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको जानकारी दिए । गृहमन्त्री लेखकले जनतालाई अनुभूत हुने गरी देशमा शान्ति सुव्यवस्था कायम गर्न गम्भीर रहेको उल्लेख गरे ।

राष्ट्रियसभा : सहकारीपीडितका समस्या चाँडो समाधान गर्न माग

सीके राउतको प्रस्ताव- सशस्त्र प्रहरी संघ र नेपाल प्रहरी प्रदेशमा राखौँ

स्थानीय तहमै आगलागी नियन्त्रण समिति गठन गर्न राष्ट्रियसभा सांसदको माग

गृहमन्त्रीले भने- भूकम्पपीडितलाई राहत वितरण र पुनः स्थापनामा तीव्रता दिइएको छ

सबै प्रकारका विभेदजन्य घटना र व्यवहार दण्डनीय हुन्छ : गृहमन्त्री लेखक

राष्ट्रियसभा सदस्यको समिति हेरफेर

राष्ट्रियसभाबाट नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित

कोशी प्रदेशसभा : विधेयक पेस

भेडापालनतिर विप्लव : कालिकोटमा खोले एक सय १८ भेडासहितको फार्म

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पछिल्लो समय कृषि क्रान्तिबाट समाजवाद ल्याउनुपर्ने अभियानमा छन् ।

उनी नेतृत्वको पार्टी गृहजिल्ला कपिलवस्तु हँदै कर्णालीमासमेत पुगेर खेतीपातीदेखि पशुपालनमा पनि जुटेको छत्त । पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले पूर्वदेखि पश्चिमसम्मै उत्पादनमा जोड दिँदै सामूहिक खेतीमा लागिरहेको छ ।

विप्लवले हालै कर्णाली पुगेर स्याउ र आलु खेती थालेका छन् । अन्य जिल्लामा तरकारी र धान रोप्दै समाजवादसम्म पग्ने बाटो उनले खन्न थालेका हुन् । यही क्रममा कालिकोट पुगेका विप्लवले शनिबार मात्रै त्रिवेणी साझेदारी भेडा फार्म उद्घाटन गरेका छन् ।

ओली नेतृत्वको सरकार आयु लम्ब्याउन जालझेल गर्दैछ : उपेन्द्र यादव

अपराध अनुसन्धान प्रविधिमैत्री हुनुपर्छ : मुख्यमन्त्री आचार्य

फलाम खानीको सम्भाव्यता अध्ययन गर्न मन्त्रालयलाई गाउँपालिकाको पत्र 

अमेरिकामा पक्राउ परेका केन्द्रीय सदस्य थापा रास्वपाको जिम्मेवारीबाट अलग

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का केन्द्रीय सदस्य मोहनजंग थापा अमेरिकन अध्यागमन विभागको हिरासतमा परेका छन् ।

उनी साताअघि नेपालबाट अमेरिका जाने क्रममा पक्राउ परेर अमेरिकी अध्यागमनको हिरासतमा पुगेका हुन् ।

यसबारे रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले पक्राउ परिसकेपछि थापाले यसअघिनै केही व्यक्तिगत कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भन्दै पार्टीको जिम्मेवारीबाट बाहिर रहने भनेर निवेदन दिएको बताए ।

रविका विश्वासपात्र मोहनजंग अमेरिकामा पक्राउ परे

३ करोड ३९ लाख रुपैयाँ ठगी तथा आपराधिक लाभ कसुरकी फरार महिला पक्राउ

ओझा बिमा प्राधिकरणको अध्यक्ष भएको ६ दिन नबित्दै भ्रष्टाचार मुद्दामा सिलवाललाई सफाइ

बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझाले नियुक्ति लिएको ६ दिनपछि तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

विशेष अदालतका न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवालविरुद्धको आरोप पुष्टि हुन नसक्ने फैसला आइतबार दिएको हो ।

किराँती बस्ती वाम्द्यालमा स्वालेवा स्तम्भ निर्माण

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

गुठीपीडितसँग झडप हुँदा सिंहदरबार वृत्तका डीएसपी घाइते

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले निकालेको प्रदर्शनका क्रममा आइतबार नयाँबानेश्वर क्षेत्रमा झडप भएको छ ।

नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रनजिक भएको प्रदर्शनलाई प्रहरीले रोक्ने क्रममा झडप हुँदा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।

छोरा गुमाएको ६ महिनापछि बुवाको रहस्यमय मृत्यु, धनगढीको जंगलमा भेटियो दुई जनाको शव 

काठमाडौं उपत्यकाको वायु प्रदूषण केही घट्यो

हरियाणमा कांग्रेस नेतृ हिमानी नरवालको हत्या, भाइ पनि पनि पहिले नै मारिएका थिए

हरियाणाको साम्पलामा कांग्रेस नेतृ हिमानी नरवालको हत्या भएको छ । उनको शव सुटकेसमा फेला परेको थियो।

हिमानीको हातमा मेहेन्दी, घाँटीमा स्कार्फ र नाकबाट रगत बगिरहेको प्रहरीले जनाएको छ । २२ वर्षीया हिमानी नरवालको घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

उनको शव शनिबार बिहान साम्पला बस स्ट्यान्ड नजिकै रोहतक(दिल्ली सडकको छेउमा सुटकेसमा फेला परेको थियो। हिमानी रोहतकमा सक्रिय कांग्रेस कार्यकर्ता थिइन् । उनी राहुल गान्धीको भारत जोडो यात्रामा पनि संलग्न थिइन् ।

म्यानमामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु

बोलिभियामा दुई बस ठोक्किँदा कम्तीमा ३७ जनाको मृत्यु

भारतको उत्तराखण्ड हिमपहिरोको तेस्रो दिन : ५० कामदारको सफल उद्धार, चार जनाको मृत्यु

आज लन्डनमा भेट गर्दै युक्रेन र युरोपेली नेता: के छन् एजेन्डा ?

हमासलाई युद्धविराम स्वीकार्न इजरायलको दबाब, घटायो गाजामा सहयोग

च्याम्पियन्स ट्रफी : समूह चरणको अन्तिम खेलमा आज भारत र न्युजिल्यान्डको भिडन्त

आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’का दुवै अपराजित टिमले दुईदुई खेल खेल्दा चारचार अंक जोडेको छन्। दुवै टिमको सेमिफाइनल यात्रा तय भइसकेको भए पनि यो खेलले समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लगाउने छ।

भारत र न्युजिल्यान्डको यो भिडन्त आइतबार दिउँसो २ बजेर ४५ मिनेट जाँदा यूएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।

एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाइ

आइपुगे विश्वकप विजेता बफोन (तस्बिरहरू)

अष्ट्रेलियाली म्याट रस बने नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ८ : ०५ बजे

राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

कठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक

किसानलाई उन्नत जातका राँगा वितरण 

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा

पिएम कप क्रिकेटमा आज दुई खेल : बागमती र गण्डकी, कर्णाली र कोशी भिड्दै

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार दुई

माथिल्लो ठूलोखोला ‘ए’ आयोजना धमाधम निर्माण  

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला  ‘ए’ जलविद्युत् आयोजनाको

शल्यक्रियापछि प्रशिक्षणमा फर्किए सञ्जु सामसन

काठमाडौं – शल्यक्रिया पछि सञ्जु सामसनले राजस्थान रोयल्सको टोलीसँग प्रशिक्षण