काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ ।
भूकम्पपीडितलाई तत्काल राहत पुर्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पपीडितहरूलाई तत्काल राहत पुर्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्दै भूकम्प पीडितलाई तत्काल राहत पुर्याउने बताएका हुन् ।
आइतबार नै जाजरकोट, रुकुम पश्चिम र सल्यानमा कार्यालय स्थापना गरेर भूकम्प पीडितका लागि काम सुरु गर्ने प्रधानमन्त्री ओलीले बताए । ‘आइतबार नै गृहमन्त्री आएर कार्यालय स्थापना गर्दै हुनुहुन्छ,’ उनले भने, ‘पीडितलाई स्थानीस्तरबाटै राहत उपलब्ध गराउने लक्ष्य सरकारको छ ।’
प्रधानमन्त्री ओलीले कर्णालीलाई मध्यपश्चिम प्रदेश भनेपछि…
प्रधानमन्त्री भन्छन्- कर्णाली गरिब प्रदेश हैन, भावी दिनमा यहीको तेल प्रयोगमा आउनेछ
भूकम्पपीडितलाई तत्काल राहत पुर्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
पूर्वराजालाई प्रधानमन्त्रीको चुनौती- अब राजतन्त्र फर्किँदैन, लोकप्रिय भए चुनाव लड्नुस्
डडेलधुराका भूकम्प पीडितलाई अनुदान हस्तान्तरण
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : सरकार भन्छ, भूमिसम्बन्धी अध्यादेश समयभित्रै सदनबाट पारित हुन्छ
मोरङ एमालेमा संस्थापनलाई झट्का, ढकालको प्यानलबाट अध्यक्षसहित पाँचै पदाधिकारी विजयी

नेकपा एमाले मोरङको दशौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसहितले धक्का व्यहोरेका छन् ।
शुक्रबार साँझ सार्वजनिक मतपरिणामअनुसार अध्यक्ष ओली पक्षीय प्यानललाई कोशी प्रदेश अध्यक्षमा पराजित नेता विनोद ढकाल पक्षले नराम्ररी पराजित गरेको छ। यो अधिवेशनमा ८ सय ८८ मत झरेको थियो।
पूर्वराजालाई नेपालको सुझाव- देश विकास गर्ने रहर भए चुनाव लडेर प्रधानमन्त्री बन्नू
सञ्चारमन्त्री भन्छन्- पूर्वराजाले आफ्नो हैसियत बिर्सिए, अरू देशमा भए जेलमा हुन्थे
शेखर भन्छन्- माईखोलामा धेरै पानी बग्यो, राजतन्त्र फर्किने विश्वास छैन
‘लोडसेडिङ कुलमानले हटाएको होइन, आजै पनि भारतबाट हजार मेगवाट आइरहेको छ’
ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको स्पष्टीकरणको जवाफ आएपछि पदबाट हटाउने वा नहटाउने निर्णय हुने बताएका छन् ।
शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले खड्काले यस्तो बताएका हुन् ।

कुलमानलाई हटाउन लागिएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले स्पष्टीकरणको जवाफ आएपछि निर्णय लिने जवाफ दिए ।
उनले नेपालमा भारतबाट बिजुली आयात गरिएका कारण लोडसेडिङ हट्न सफल भएको जिकिर गरे । ‘भारतकै बिजुलीले नेपालको लोडसेडिङ हटेको हो, कोही व्यक्तिले गरेर होइन’, उनले भने, ‘आजै पनि भारतबाट नेपालमा एक हजार मेगावाट बिजुली आयात भइरहेको छ।’
लोडसेडिङबारे ऊर्जामन्त्रीको भनाइमा प्राधिकरण कर्मचारीको विरोध
एमालेको राजनीतिमा फर्किन तयार पूर्वराष्ट्रपति भण्डारी

नेकपा एमालेको राजनीतिमा फर्किने कोसिस गरिरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै देखिइन्।
कार्यक्रम थियो, ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण समारोह । राष्ट्रियसभा गृह भृकुटीमण्डपमा आयोजित पुस्तक विमोचन समारोहको मञ्चमा भण्डारीसँगै प्रधामन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति भण्डारी र एमाले महासचिव शंकर पोखरेल पनि देखिए ।
यो पुस्तक आइतबार मात्रै एमाले प्रचार विभागको सचिवमा मनोनित भएका पत्रकार गणेश पाण्डेले सम्पादन गरेका हुन् । एमालेको जनसंगठनका रुपमा रहेको प्रेस चौतारीको भावी अध्यक्षको दौडमा रहेका पाण्डे एमाले प्रचार विभागमा गएसँगै अन्य प्रतिस्पर्धीलाई सहज भएको हिसाब हुन थालेको छ ।
पाथिभरा केबलकारको पक्षमा एमाले, सहज वातावरण बनाएर निर्माण गर्नुपर्ने निष्कर्ष

प्रमुख सत्तारुढ नेकपा (एमाले)ले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित प्रसिद्ध पाथिभरा मन्दिरसम्म पुग्न बनाउन लागिएको केबलकार निर्माणलाई सहज रुपमा अघि बढाउनुपर्ने निर्णय गरेको छ ।
आइतबार बसेको एमाले सचिवालयको बैठकले यस्तो निर्णय गरेको जानकारी महासचिव शंकर पोखरेलले दिएका छन् ।
कांग्रेस सभापतिबारे देउवासँग तुलना गर्दै खड्काले भने- उहाँ र मेरो राजनीतिक यात्रा उस्तै छ
बामदेव भन्छन्- एमालेसँग एकताको च्याप्टर क्लोज भइसकेको छैन, ओलीले बोलाए जान्छौँ
महासचिव पोखरेलले भने- गणतन्त्रको विकल्प राजतन्त्र होइन, जनताले फ्याँकेको कुरामा समय खेर नफालौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा भए पनि गणतन्त्रको विकल्प राजतन्त्र हुँदै नहुने बताएका छन् ।
उनले भनेका छन्- ‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान् । तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन । अढाई सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो । जन आन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान् समयलाई खेर नफालौँ ।’
‘जनताले फ्याँकेको राजतन्त्रका नाममा समय खेर नफालौँ’
भूमिसम्बन्धी रोकेपछि प्रतिनिधि सभाबाट स्वीकृत भए अन्य पाँचवटा अध्यादेश

संघीय संसद्को तल्लो सदन प्रतिनिधि सभाबाट सरकारले गत पुस १४ र २९ गते ल्याएका ल्याएका पाँचवटा अध्यादेश स्वीकृत भएका छन् ।
प्रतिपक्षी दलहरुको विरोध र असहमतिका बाबजुत बुधबार सरकारले पेश गरेका पाँचवटै अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका हुन् ।
प्रतिनिधिसभामा स्वीकृत भएका अध्यादेशमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ छ । जुन अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले गत पुस १४ गते जारी गरेका थिए ।
प्रतिनिधिसभा बैठक : हेमोफिलियाको औषधि एन्टि–हेमोफिलिक फ्याक्टरको व्यवस्था गर्न माग
कुलमान हटाउने कोसिस चलिरहँदा माओवादी, रास्वपा र राप्रपाले घेरे सरकारलाई

नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन कोसिस गरेको भन्दै प्रतिनिधि सभामार्फत् सरकारलाई घेरेका छन् ।
घिसिङलाई कार्यसम्पादन मूल्यांकनका नाममा ऊर्जामन्त्री दीपक खड्काले शून्य अंक दिएको विषय उनीहरूले संसद्मा उठाउँदै सरकारको आलोचना गरेका हुन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको कदमको विरोध गर्दै कुलमानको स्पष्टीकरण र शून्य अंकबारे घेर्ने प्रयास गरेका हुन् ।
कुलमानलाई महावीरको सुझाव- संखुवासभामा चुनाव लडेर दु:ख दिने मन्त्रीलाई गुल्ट्याइदिनुस्
संसदमा रास्वपाको प्रश्न : के प्रधानमन्त्री पनि हिटलर बन्दै हो ?
प्रदेश प्रमुखलाई आदिवासी जनजाति आयोगले बुझायो वार्षिक प्रतिवेदन
काब्रेका स्थानीय भन्छन्- भोट हालेकै नेताले गाउँ छुट्याएर पानी बाँडे
टीकापुर पुगेर प्रचण्डले रेशमलाई भने- तपाईं पनि माओवादीमै समाहित हुनूस्

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको नेतृत्व र लाखौँ जनताको रगत पसिनाबाट प्राप्त राजनीतिक अधिकारको रक्षा, प्रयोग र विकास गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताएका छन् ।
कैलालीको टीकापुरमा आजदेखि सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ, यसले उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरेको छ’, उनले भने, ‘अहिले आएर संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा हुँदैछ । भ्रष्ट र दलालहरु विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेका छन्, त्यस्तो सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो, यसमा हामी कतै बिचलित हुने छैनौं, दृढ प्रतिबद्धताका साथ अघि बढ्ने छौँ ।’
वर्षमानले भने- आफ्ना छोराछोरी राष्ट्रपति हुने व्यवस्था मासेर राजतन्त्र फर्काउने पक्षमा जनता छैनन्
नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे सर्वसम्मत चयन
कमल थापाले पार्टीमा अञ्जनालाई भित्र्याए, दिए सहमहामन्त्रीको जिम्मेवारी

पछिल्लो समय राप्रपाको महिला संगठनको अध्यक्ष पदबाट राजीनामा दिएर राजावादी अभियानमा क्रियाशील अञ्जना शाह रावल राप्रपा नेपालमा प्रवेश गरेकी छिन् । आज राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी कार्यालय सिफलमा आयोजित कार्यक्रममा रावललाई स्वागत गरे ।
थापाले सबै राजावादी , हिन्दुवादी र सङ्घीयता विरोधी एक ठाउँमा आएर भ्रष्ट व्यवस्था र शासकको विकल्प खोज्न सडकमा आउनु पर्नेमा जोड दिए । दलहरूकै असक्षमता र असफलताको कारण अब संघीय, धर्मनिरपेक्ष , गणतन्त्रको आयु सकिएको र धराशायी भएको उनको टिप्पणी थियो ।
प्रदेश सभा अगाडि स्थानीय तह करार सेवाका कर्मचारीको विरोध प्रदर्शन
रौतहटका थप १० वटा निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
पोल्ट्रीजन्य वस्तुको अवैध आयात रोक्न मुख्यमन्त्री सिंहको निर्देशन

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमा नाकाबाट हुने पोल्ट्रीजन्य वस्तुको अवैध आयातमा रोक लगाउन प्रदेशका सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
उनले विभिन्न नाकाबाट अवैध रूपमा भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न मधेस प्रहरी प्रमुख लालमणि आचार्य र सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नमस्ता बाहिनी नम्बर नं २ मुख्यालयका प्रमुख कालीदास धौवजीलाई आज निर्देशन दिएका हुन् ।
पोषण सुधारका लागि कुखुरा वितरण
प्रदेश सरकारद्वारा समपूरक तथा विशेष अनुदानका आयोजना स्वीकृत
अमेरिकामा पक्राउ परेका केन्द्रीय सदस्य थापा रास्वपाको जिम्मेवारीबाट अलग

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का केन्द्रीय सदस्य मोहनजंग थापा अमेरिकन अध्यागमन विभागको हिरासतमा परेका छन् ।
उनी साताअघि नेपालबाट अमेरिका जाने क्रममा पक्राउ परेर अमेरिकी अध्यागमनको हिरासतमा पुगेका हुन् ।
यसबारे रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले पक्राउ परिसकेपछि थापाले यसअघिनै केही व्यक्तिगत कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भन्दै पार्टीको जिम्मेवारीबाट बाहिर रहने भनेर निवेदन दिएको बताए ।
रविका विश्वासपात्र मोहनजंग अमेरिकामा पक्राउ परे
ओझा बिमा प्राधिकरणको अध्यक्ष भएको ६ दिन नबित्दै भ्रष्टाचार मुद्दामा सिलवाललाई सफाइ
दीपक मनाङेको सजाय २० प्रतिशत घट्यो, अब एक वर्ष जेल बसे पुग्ने
आठ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश, तीन जनासँग मागियो धरौटी
लागूऔषध कारोबार मुद्दामा पाल्हीनन्दनका अध्यक्ष गुप्ता दोषी ठहर, सजाय तोक्न बाँकी

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’ लागूऔषध कारोबारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।
जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले मंगलबार गुप्तासहित दुईजनालाई दोषी ठहर गरेको हो ।
अदालतका सूचना अधिकारी एवम् शाखा अधिकृत भेषराज खनालले पालिका अध्यक्ष गुप्तासहित दुईजनालाई दोषी ठहरेको जानकारी दिए ।
मुक्कुम्लुङ आन्दोलनकारीविरुद्ध वारेन्ट जारी
केबलकारविरोधी आन्दोलनमा लागेको आरोपमा सरु लिम्बूको बैंक खाता रोक्का
ब्राजिल हुँदै अमेरिका छिरेका थिए फर्काइएका नेपाली, दलालविरुद्ध मुद्दा चलाउन अनिच्छुक

नेपाल प्रहरीले अमेरिकाबाट निष्काशित भएर बुधबार नेपाल फर्काइएका ८ जना नेपालीहरूसँग सोधपुछ गरेको छ ।
अमेरिकी जहाजबाटै बुधबार बिहान नेपाल फर्काइएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरोमा लगेर ती नेपालीमाथि सोधपुछ गरिएको हो ।
अमेरिका गएको प्रक्रियाबारे उनीहरूसँग बुझ्ने काम भएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन् ।
अमेरिकाबाट फर्काइएका ८ नेपालीलाई प्रहरीले नियन्त्रणमा लियो
१० नेपाली लिएर अमेरिकी चार्टर विमान काठमाडौंमा (तस्बिरहरू)
भेडापालनतिर विप्लव : कालिकोटमा खोले एक सय १८ भेडासहितको फार्म

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पछिल्लो समय कृषि क्रान्तिबाट समाजवाद ल्याउनुपर्ने अभियानमा छन् ।
उनी नेतृत्वको पार्टी गृहजिल्ला कपिलवस्तु हँदै कर्णालीमासमेत पुगेर खेतीपातीदेखि पशुपालनमा पनि जुटेको छत्त । पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले पूर्वदेखि पश्चिमसम्मै उत्पादनमा जोड दिँदै सामूहिक खेतीमा लागिरहेको छ ।
विप्लवले हालै कर्णाली पुगेर स्याउ र आलु खेती थालेका छन् । अन्य जिल्लामा तरकारी र धान रोप्दै समाजवादसम्म पग्ने बाटो उनले खन्न थालेका हुन् । यही क्रममा कालिकोट पुगेका विप्लवले शनिबार मात्रै त्रिवेणी साझेदारी भेडा फार्म उद्घाटन गरेका छन् ।
१० जना सुतिरहेको टहरामा टिपर पसेपछि…

शुक्रबार बिहानका राति काठमाडौंको साँखुस्थित सलम्बुटारको एउटा सामाजिक संस्थाले बनाएको टहरामा १० जना सुतिरहेका थिए । ३ बजेर ४० मिनेटको समयमा शंखरापुर नगरपालिका-६ मा पर्ने उक्त संस्थाले बनाएको टहरामा अनियन्त्रित भएर पसेको टिपरले तीन जनाको ज्यान लियो।
बा २ क ६५८० नम्बरको अनियन्त्रित टिपर शंखरापुर ६ मा युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्गता समाज संस्थाले बनाएको जस्ताको टहरामा ठोक्किन पुगेको हो ।
शुक्रबार बिहान साँखुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु
नारायणहिटी अगाडि राजावादीहरूको प्रदर्शन (तस्बिरहरू)

राजतन्त्र समर्थक समूहले नारायणहिटी दरबार संग्रहालय अगाडि आफ्नो प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।
केही दिनयता राजतन्त्र फर्काउन माग गर्दै आन्दोलित उनीहरूले शुक्रबार पनि नारायणहिटी संग्रहालय घेरेका हुन् ।
धर्मका नाममा पोखरालाई अशान्त बनाउँदै भण्डारी, कोटिहोमको भूमिपूजन थाल्न खोजेपछि चर्कियो विवाद

शुक्रबार बिहान कोटीहोमस्थल भनिएको वाराहीघाटको चौरमा भूमिपूजन तय भएको थियो । एकातिर पोखरा महानगरपालिकाबाट स्वीकृति नमिलेको, अर्कातिर अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा भूमिपूजन गर्न लागेको भन्दै पोखरा महानगरले रोक्न नगरप्रहरी खटायो ।
कोटिहोमबारे जानकारी दिन यसअघि फागुन पहिलो साता आयोजित पत्रकार सम्मेलनमा मानव सेवा फाउण्डेसनका संस्थापक एवम् आफूलाई विजयकृष्ण मूर्ति महाराज बताउने विजय भण्डारीले धर्मका नाममा आफू अधर्म गर्न पनि तयार रहेको घोषणा गरेका थिए ।
नगरप्रहरीले कोटिहोमको भूमिपूजा रोक्न खोज्दा पोखरामा झडप, केही घाइते
युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
बेलायती प्रधानमन्त्री केइर स्टेइमरले रुस-युक्रेन युद्धको अन्त्य गर्ने तथा युक्रेनलाई रुसबाट बचाउनका लागि चार सूत्रीय योजना सार्वजनिक गरेका छन्।
फ्रान्स, बेलायत र अन्य युरोपेलीले गठबन्धन बनाउने भएका हुन्। यसमा अमेरिकालाई समावेश गर्ने योजना बनाइएको छ ।युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीसहित १८ युरोपेली देशको नेतृत्व सहितको सम्मेलनपछि स्टेइमरले आफूहरू इतिहासको महत्त्वपूर्ण मोडमा आइ पुगेको बताए।

उनले युरोपेली देशको माझमा विगतमा कहिले पनि नदेखिएको अभूतपूर्व एकता देखिएको बताए। बैठकले युक्रेनमाथिको सैन्य सहयोग यथावतै राखेर रुस माथिको आर्थिक दबाब बढाउने सहमति गरेको छ।
युद्धको अन्त्य गर्ने सवालमा युक्रेनको भविष्यको सुरक्षाको ग्यारेन्टी तथा युक्रेनको सार्वभौम रक्षाको विषयलाई महत्त्व दिने सहमतिसमेत गरेका छन्। भविष्यमा हुने खतराबाट बचाउनका लागि युक्रेनको रक्षा संयन्त्रलाई बलियो बनाउने सहमति भएको छ। युरोपेली देशले सधैँका लागि शान्ति स्थापनाका लागि ‘इच्छुकहरूको गठबन्धन’ गर्ने सहमति गरेका हुन्।
एलन मस्कलाई धक्का- महत्वाकांक्षी स्पेसएक्स रकेट विस्फोट, दोस्रो पटक पृथ्वीमा खसे भग्नवाशेष

बिहीबार टेक्सासबाट लन्च गरिएको केही बेरमै अर्बपति व्यापारी एवम् अमेरिकामा ट्रम्प प्रशासनका सदस्यद एलन मस्कको कम्पनी स्पेसएक्सको एक रकेटमा विस्फोट भएको छ।
अन्तरिक्षमा पठाइएको उक्त रकेट विस्फोट भएपछि अमेरिकामा कयौँ विमानस्थलमा हवाई उडान नै रद्द गर्नुपरेको छ। उक्त अन्तरिक्ष यानका भग्नवाशेषलाई लिएर अमेरिकी प्रशासनले चेतावनी जारी गरेपछि एयरपोर्ट बन्द गरिएको थियो ।
स्पेसएक्सले चालक दलका सदस्यबिनाको अर्थात् मानवरहित स्पेसशिप अन्तरिक्षमा जाने क्रममा गायब भएको थियो । उक्त यानसँग अहिले सम्पर्कविच्छेदको अवस्था रहेको बताइएको छ।
इक्वेडरमा गोली हानाहान, २२ जनाको मृत्यु
अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने
अमेरिकी भन्सार कर ‘राम्रो व्यवहारलाई नराम्रोले बदला दिने’ चीनका विदेशमन्त्रीको आरोप
ट्रम्पबारे टिप्पणी गर्ने न्यूजील्याण्डका उच्चायुक्त बर्खास्त
अर्को साता साउदी अरेबियामा अमेरिका र युक्रेनको वार्ता
आयातमा कर बढाउने निर्णयबाट ‘ब्याक’ भए ट्रम्प
जेलेन्स्कीसँगको झगडापछि युक्रेनलाई सैन्य सहायता रोक्दै ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सैन्य सहायता स्थगित गरेका छन् । उनले किएभलाई रुससँग शान्ति वार्तामा सहमत हुन दबाब दिएका छन् र युरोपलाई आफ्नो रक्षा बढाउन आठ खर्ब युरोको योजना सार्वजनिक गर्न प्रेरित गरेका छन् ।
यो कदम युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र ट्रम्पबीचको आश्चर्यजनक सार्वजनिक झडपको केही दिनपछि आएको हो । ट्रम्पले युद्धलाई चाँडै अन्त्य गर्न खोजिरहेका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले अमेरिका–युक्रेन सहायता निलम्बन ‘शान्तिका लागि सबैभन्दा राम्रो योगदान’ हो भन्दै यसले किएभ शासनलाई शान्ति प्रक्रियामा धकेल्न सक्ने बताएका छन् ।
अमेरिकी हतियारहरूको आपूर्तिमा कुनै पनि अवरोधले युद्ध क्षेत्रमा युक्रेनको रुसी आक्रमणलाई पछाडि धकेल्ने सम्भावनालाई तुरुन्तै कमजोर बनाउनेछ ।
शान्ति सम्झौता भएन भने युक्रेनी नेता संकटमा : ट्रम्प
अमेरिकामा दादुराको प्रकोप बढ्दो
युक्रेन–रूस शान्ति वार्ताको आयोजना गर्ने बेलारुसका राष्ट्रपतिको प्रस्ताव

बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले बुधबार प्रकाशित एक अन्तर्वार्तामा अमेरिकी अधिकारीहरू समावेश हुनसक्ने रूस–युक्रेन शान्ति वार्ताको आयोजना गर्ने प्रस्ताव गरेका छन् ।
‘ट्रम्पलाई भन्नुहोस् कि म (रूसी राष्ट्रपति भ्लादिमिर) पुटिन र (युक्रेनी राष्ट्रपति भोलोदिमर) जेलेन्स्कीसँग यहाँ आउने अपेक्षा गर्छु”, लुकासेन्कोले अमेरिकी ब्लगर मारियो नौफलसँगको भिडियो अन्तर्वार्तामा प्रस्ताव राखेका थिए ।
युक्रेनसँग शान्ति वार्ताको सम्भावनाबारे क्रेमलिन सकारात्मक : क्रेमलिन
जापानले बिक्रीमा राख्यो विश्वको ‘सबैभन्दा सही’ समय दिने घडी
जापानमा ५० वर्षयताकै भीषण डढेलो, वर्षा र हिमपातले राहत दिने आशा
प्रतिक्रिया